प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

१३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्… Continue reading प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

डोली लैजादै दमौली (तनहुँ), १३ असोज : बडादसैंको सातौ दिन सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजादै नेपाली सेना । तस्बिर : कृष्ण न्यौपाने, रासस

१३ असोज, काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको… Continue reading आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

एकैदिन एक लाख ११ हजार बाहिरिए

दसैँको फूलपाती दिन सोमबार काठमाडौँबाट गृहजिल्ला फर्कन गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चढन आएका यात्रु र आफ्नो गन्तव्य जाने क्रममा रहेको सवारीसाधन । तस्बिर : हरिराम भेटुवाल / रासस

१३ असोज, काठमाडौँ, बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए ।… Continue reading एकैदिन एक लाख ११ हजार बाहिरिए

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन,… Continue reading सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

धौलागिरि हिमाल आरोहण सुरु

१३ असोज, म्याग्दी । यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सेभेन समिट टे«क्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा… Continue reading धौलागिरि हिमाल आरोहण सुरु

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

file

१३ असोज, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको… Continue reading मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

RSS

१३ असोज, गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर… Continue reading गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

१३ असोज, म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु। पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु। ४० हजार तिरेर भेडाच्याङग्रा… Continue reading यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

आज घर घरमा फूलपाती भित्र्याइँदै

Pic : Hamropatro

१३ असोज, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,… Continue reading आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

१३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । उनले भने,… Continue reading काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

तस्बिर : हरिराम भेटुवाल / रासस

१३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका… Continue reading आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

बडादसैँको सप्तमीका दिन सोमबार बागलुङ नगरपालिका-१ स्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन। बडादसैँको नवरात्रभर यहाँ विशेष पूजा हुने गर्छ । तस्बिर : राम थापा/रासस

१३ असोज, काठमाडौं । वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको… Continue reading आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

१३ असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं। को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको… Continue reading अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

१२ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकार राजनीतिक प्रतिशोधको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकको निर्णयबारे… Continue reading ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

प्रतिकात्मक तस्वीर

१२ असोज, साउथपोर्ट । अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताए । उनका अनुसार शङ्कास्पद… Continue reading अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

Relatives of people who were killed in a stampede during a rally for a popular Indian actor and politician, mourn as they take the bodies from a hospital, in Karur, in the southern state of Tamil Nadu, Sunday, Sept. 28, 2025. (AP Photo)

१२ असोज, तमिलनाडु । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भिड… Continue reading भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

१२ असोज, काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै… Continue reading सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

१२ असोज, काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा… Continue reading सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

१२ असोज, काठमाडौैं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले गत भदौ… Continue reading ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

१२ असोज, काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज… Continue reading ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं… Continue reading दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

दसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस

१२ असोज, काठमाडौं । असोज ६ गते घटस्थापनाकादेखि शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन÷अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ । नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप… Continue reading घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलद्वारा आयोजना गरिएको चाडपर्व लक्षित सुरक्षा सचेतना र्‍यालीमा प्लेकार्डसहित सहभागी ट्राफिक प्रहरी। तस्बिरः विमलबहादुर बिष्ट/रासस

१२ असोज, काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि… Continue reading चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

१२ असोज, म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि… Continue reading धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

१२ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’… Continue reading कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

१२ असोज, काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल… Continue reading ‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

रूकुम बाँफिकोटबाट दाङको तुलसीपुरतर्फ आउदै गर्दा गएराति सल्यान कपुरकोट-३ चोरखोलामा दुर्घटना भएको लु २ ख ६५०२ नम्बरको गाडी। यात्रुवाहक हाइस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तस्बिरः दीपक बोहरा/रासस

१२ असोज, दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए… Continue reading कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

१२ असोज, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर… Continue reading नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

७ तस्वीरमा दशैं माहोल

गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा घर लिप्दै स्थानीयबासी । दसैँ सुरु भएसँगै जिल्लाबासीलाई घर लिपपोत गर्न भ्याइनभ्याई भएको छ । तस्बिरः हुमाकान्त पोखरेल÷रासस

११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । काठमाडौँ… Continue reading ७ तस्वीरमा दशैं माहोल

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

११ असोज, पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ, तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको… Continue reading माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान