भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

२५ जेठ, भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा… Continue reading भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

एजेन्सी२५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२… Continue reading अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

पोखरीमा डुबेर दुई बालकको मृत्यु

२४ जेठ, झापा अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए । आज बिहान… Continue reading पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका

२४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको पाइएको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर… Continue reading काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

एजेन्सी२५ जेठ, काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा… Continue reading चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी

President Donald Trump arrives on Air Force One at Morristown Municipal Airport in Morristown, N.J., Friday, June 6, 2025. (AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार… Continue reading मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

Worshippers take part in a prayer service marking the Muslim holiday of Eid al-Adha at the Islamic Center of Detroit Friday, June 6, 2025, in Detroit (AP Photo/Mike Householder)

एजेन्सी२४ जेठ, काठमाडौं । साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार ९जुन ६० सम्म मृत्यु भएका… Continue reading हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

२४ जेठ, गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी… Continue reading रिडी–तम्घास सडक कालोपत्र गरिँदै

अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

२४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको… Continue reading अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

२४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “जीवन… Continue reading प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

अमेरिकामा एकै घरका चार जना मृत फेला, नेपाली नागरिक रहेको पुष्टी

काठमाडौं । अमेरिकामा चार नेपाली मृत भेटिएको स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन्। घटनामा प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद समेत गरेको खबर सार्वजनिक भएको छ । बिहीबार राति भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एउटा घरमा दुई बालबालिका, एक महिला र एक पुरूष मृत भेटिएका हुन् । चारै जनामाथि गोली प्रहार गरिएको अवस्थामा मृत भेटिएको पाइएको छ ।… Continue reading अमेरिकामा एकै घरका चार जना मृत फेला, नेपाली नागरिक रहेको पुष्टी

बाम्का आगलागी : छिनमै सखाप भयो बजार

बुढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा शुक्रबार खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीबाट क्षति भएका जस्ताका टहरा । आगलागीबाट ३० बढी पसल र करोडौँको क्षति भएको छ । तस्बिर: प्रेम रौले / रासस

२४ जेठ, बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो ।… Continue reading बाम्का आगलागी : छिनमै सखाप भयो बजार

ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

२४ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि… Continue reading ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

२४ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेकानेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,… Continue reading बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

Worshippers take part in a prayer service marking the Muslim holiday of Eid al-Adha at the Islamic Center of Detroit Friday, June 6, 2025, in Detroit (AP Photo/Mike Householder)

२४ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वमा यस धर्मावलम्बीमा रौनक ल्याउने गर्छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् । महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास… Continue reading इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

A decorated Vande Bharat passenger train is pictured at the Srinagar railway station in Srinagar on June 6, 2025, ahead of the inauguration of the Kashmir rail link by Indian Prime Minister Narendra Modi. (Photo by TAUSEEF MUSTAFA / AFP)

एजेन्सी२४ जेठ, काठमाडौं । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर पुगेका छन् । उनले काश्मीरमा एक रणनीतिक रेलवेको उद्घाटन गरे । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले… Continue reading रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि

Muslim worshippers attend the sermon during the early morning prayers for Eid al-Adha, the feast of sacrifice, in the make-shift prayer room of the Nour mosque in the Abu Amin neighbourhood in northeastern Gaza City on June 6, 2025. (Photo by Bashar TALEB / AFP)

एजेन्सी२४ जेठ, काठमाडौं । चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको… Continue reading गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि

अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

GETTY IMAGES

एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ… Continue reading अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी

TOPSHOT - A boy looks on as he sits between Muslim worshippers prostrating as they perform the early morning prayers for Eid al-Adha, the feast of sacrifice, at the make-shift prayer room of a mosque in the Abu Amin neighbourhood in northeastern Gaza City on June 6, 2025. (Photo by Bashar TALEB / AFP)

एजेन्सी२३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र’ भन्दै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । यो आदेश मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाहको अवसरमा आएको छ, जसले गाजा सिटीका बासिन्दामा थप तनाव र अनिश्चितता सिर्जना… Continue reading इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

Muslims pray around the Kaaba, Islam's holiest shrine, at the Grand Mosque complex in Mecca early on June 6, 2025. (Photo by AFP)

एजेन्सी२३ जेठ, काठमाडौं । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने । छाया र… Continue reading साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

२३ जेठ, काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन… Continue reading उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

२३ जेठ, पोखरा । पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती… Continue reading पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

२३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले… Continue reading नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

२३ जेठ, काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता… Continue reading भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

२३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन… Continue reading विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

२३ जेठ, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ । बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । आगलागीका कारण लाखौँको क्षति भएको… Continue reading बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

२३ जेठ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका ३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर(३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल… Continue reading तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

२३ जेठ, धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए । उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस… Continue reading उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

२३ जेठ, राजविराज । डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका… Continue reading सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

रामेछापमा फौजी कीराको प्रकोप

२३ जेठ, मन्थली । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम… Continue reading रामेछापमा फौजी कीराको प्रकोप