काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो । दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी… Continue reading चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ
Author: Vishwanews.com
आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि बन्द हुन लागेको हो । विमानस्थलको धावनमार्गको पीच परिवर्तन गर्ने योजना अनुसार विमानस्थल ७ घण्टा बन्द हुन लागेको हो । १५ असारबाट २१ घण्टा खुलेको विमानस्थल फेरी बन्द गर्न लागिएको… Continue reading आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द
अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ । यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् । उनीहरुको स्थानीय… Continue reading अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
शुरु भयो तीजको रौनक, आज दरखाने दिन
काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो । आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ । त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने… Continue reading शुरु भयो तीजको रौनक, आज दरखाने दिन
देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । शनिबार बिहान मन्त्री भट्टराई देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । भेटमा मूख्यगरी नेपाल भ्रमण वर्षको सम्बन्धमा छलफल भएको पर्यटन मन्त्री भट्टराईले जानकारी गराएका छन् । मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र… Continue reading देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?
भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने
काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए । करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।… Continue reading भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने
नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पहाडी भेगका जिल्लामा पाल्ने उद्देश्यले पठाएका गाइ वस्तु सुर्खेतमा मृत अवस्थामा फेला परेका छन् । बिहीबार राती उपमहानगरपालिकले दैलेखतर्फ पठाएका गाई गोरु सुर्खेतमै मृत अवस्थामा भेटिएपछि गाइवस्तुको हत्याको आशंका गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरतर्फ दैलेख सदरमुकाम जाने सडक छेउको भीरबाट गाइवस्तु ट्रक चालकले भीरमा खसालिदिएको आशंका प्रशासनले गरेको… Continue reading नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका
नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ । नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ । जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा… Continue reading नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
देशभर फैलदै डेंगु
काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए । मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो… Continue reading देशभर फैलदै डेंगु
बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल
काठमाडौं । श्री एयरलाइन्सले छैठौं जहाज काठमाडौं ल्याइपुर्याएको छ । क्यानडामा बनेको बम्बाडियर जहाज भारतको अहमदावाद हुँदै काठमाडौं आएको हो । बिहीबार काठमाडौं अवतरण गरेको जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम रहेपनि प्रतिकूल मौसमका कारण पटनातर्फ लगिएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार ८० सीट क्षमता रहेको यस जहाजले तीन वटा… Continue reading बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल
कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ । ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ । कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको… Continue reading कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्
काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् । विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ । नेपालले… Continue reading विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्
कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?
काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ । बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे । जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ । संघदेखि प्रदेश… Continue reading कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?
बेलायती संसद निलम्बन, विपक्षीको विरोध
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएसँगै अब बेलायतको संसद निलम्बन हुने भएको छ । केही दिन मै औपचारिक रुपमा संसद विघटन प्रक्रिया शुरु हुने बेलायती संचारमाध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनका अनुसार संसद् निलम्बन भएपछि १४ अक्टोबरमा महारानीबाट देशका नाममा सम्बोधनको कार्यक्रम तय भएको छ ।… Continue reading बेलायती संसद निलम्बन, विपक्षीको विरोध
ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग
तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ । त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् । तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ,… Continue reading ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग
संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने
काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् । नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले… Continue reading संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने
खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग
काठमाडौं । खोकनास्थित सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रको संरक्षण गर्दै काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण हुने भएको छ । काठमाडौंका लागि प्रस्थानविन्दु ललितपुरको खोकना हो । तर, खोकनास्थित सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ डिजाइनमा द्रुतमार्ग बन्ने भएको छ । यसअघिको डिजाइनमा मन्दिर र खोकनाको उर्वर जमिन मासिने भन्दै स्थानीयले विरोध जनाएका थिए । नया विस्तृत… Continue reading खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो
काठमाडौं । नेपाल र क्यारेवियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडिएको छ । यो देश भूगोलका हिसावले विश्वकै सानोमध्ये एक हो । नेपाल र सेन्ट लुसियाबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएसँगै अब नेपालको कुटनीतिक सम्बन्ध १६७ देशसँग जोडिनु पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले… Continue reading नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो
नेपाल एयरलाइन्सको जापान उडान शुरु
काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक नेपालबाट जापानमा सिधा उडान शुरु गरेको छ । बिहीबार बिहान २ः३० बजे निगमको जहाज जापानका लागि उड्दैछ । उडानको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल वायुसेवा निगमको भनाई छ । करीव १ सय २५ भन्दा बढी यात्रु बोकेर निगमको जहाज जापानका लागि उड्ने निगमले जानकारी दिएको छ । निगमका अनुसार… Continue reading नेपाल एयरलाइन्सको जापान उडान शुरु
कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले मेयर उपमेयरलाई भेट्न आउने आगन्तुकलाई हाफ पायन्ट लगाएर नआउन सूचित गरेको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै मर्यादित र शिष्ट पोशाकमा मात्र आउन र हाफ पायन्ट लगाएर नआउने आग्रह गरेको छ । नगरपालिकाले भड्किलो पोशाकमा आगन्तुक आउन थालेपछि यस्तो सूचना जारी गर्नु परेको बताएको छ । तर, सामाजिक संजालमा भने… Continue reading कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने
नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ । कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी… Continue reading नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?
कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बुधबारका लागि आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजेका लागि केन्द्रिय समिति बैठक बोलाइएको छ । बैठकले भातृ संस्थाहरुलाई सक्रिय बनाउने सन्दर्भमा ठोस निर्णय हुने बताइएको छ । धेरैजसो भातृसंगठनको नियमित कार्यकाल समाप्त भइसकेको छ । त्यसकारण भातृ संगठन सक्रिय छैनन् । यस अवस्थामा… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?
देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह
काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो । जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले हरेक वर्ष यसै समयमा नाडा अटो शो आयोजना गर्दै आएको छ… Continue reading देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह
भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का सिलसिलामा हरेक देशमा नेपाल डेस्क तथा स्थलको व्यवस्था गर्न मूल आयोजक समितिले गैरआवासीय नेपाली संघलाई आग्रह गरेको छ । मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले गैरआवासीय नेपाली संघलाई उक्त जिम्मेवारी तोकेको हो । ‘अब हरेक मुलुकमा नेपाल डेस्क स्थापनाको पहल हामी परराष्ट्र मन्त्रालयमार्फत गर्छौ,’… Continue reading भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने
पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै
काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या आरती प्रत्यक्ष प्रसारण हुनेछ । यहाँ संयौं भक्तजनको उपस्थितिम साँझ ६ बजेपछि ८ बजेसम्म सन्ध्याआरती… Continue reading पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै
अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने
फ्रान्स । संसारमा सबैभन्दा बढी वर्षा हुने जंगल लामो समयदेखि आगलागीको चपेटामा परेको छ । आगलागी नियन्त्रणका हरेक उपाय फेल खाइरहेका छन् । यस्तो अवस्थामा विश्वका ७ ठूलो अर्थतन्त्र भएका मुलुकले आगलागी नियन्त्रणमा २.२ करोड डलर खर्च गर्ने घोषणा गरेका छन् । यसैसाता फ्रान्समा सम्पन्न जी ७ मुलुकहरुको बैठकले उक्त घोषणा गरेको हो । अमेजनलाई… Continue reading अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने
७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट
काठमाडौं । आन्तरिक उडानमा जेष्ठ नागरिकले ५० प्रतिशत छूट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त घोषणा गरेका हुन् । सोमबार मन्त्री भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै तीन महिनापछि जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरे । आन्तरिक उडानमा ७० प्रतिशत भन्दा माथि उमेर पुगेका… Continue reading ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट
सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो । सोमबार जिल्ला अदालत,… Continue reading सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी
जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै
फ्रान्स । जी-७ सम्मेलनका दौरान फ्रान्स पुगेका विश्वका दुई शक्तिशाली नेता नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ । संचारमाध्यमहरुका अनुसार यस भेटवार्तामा मूख्यगरी कश्मीर मामलालाई लिएर कुराकानी हुने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जम्मु कश्मीर मुद्दापछि पहिलोपटक औपचारिक भेट हुन लागेको हो । भारत र… Continue reading जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै
मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल
स्पेन । स्पेनिस लालिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले प्रभावशाली खेल प्रदर्शन गरेको छ । लीगमा पहिलो खेल हारेको बार्सिलोनाले दोस्रो खेलमा भने रियल बेट्टिसविरुद्ध ५ -२ गोलको जीत निकालेको हो । यो खेलमा प्रभावशाली तीन खेलाडी मेसी, सुवारेज र डेम्बेले मैदानमा उत्रिएका थिएनन् । मूख्य खेडालीले सिजनको शुरुमै चोट बोकेपछि बार्सिलोना दवावमा थियो । तर, यसै… Continue reading मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल