प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् । आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ… Continue reading प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक

रोम । कोरानो भाइरसबाट सबैभन्दा बढी प्रभावित इटलीमा अवस्था दर्दनाक बन्दै गएको छ । शनिबार आएको आंकडाले संसारलाई झस्काउँछ । किनकी यहाँ एकै दिन ७९३ जनाले ज्यान गुमाउनु परेको छ । चीनमा कोरोनाको त्रास कम भएसँगै इटली यतिबेला कोरोनाको इपिसेन्टर मानिएको छ । शनिबार कोरोनाले अहिलेसम्म कै सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ । संचारमाध्यमहरुक… Continue reading इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक

बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) नेपालमा आएको छैन । तर, नेपाली नागरिक भने यसको संक्रमणबाट अछुतो छैनन् । बेलायतमा कोराना कै कारण एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनी संखुवासभा पुख्र्यौली भएका व्यक्ति हुन् ।… Continue reading बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् । नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित… Continue reading सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन । उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र… Continue reading चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए । यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो । प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल… Continue reading कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

File

काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ । आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ । काठमाडौं छाड्नेको… Continue reading कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० जनाले बढेको छ । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपनि नेपालमा भने सिमाना रोक्ने विषयमा कुनै तयारी गरिएको छैन । अहिले औपचारिक रुपमा ४ वटा मात्र सिमा नाकाबाट नेपाल प्रवेश खुला रहेको भएपनि सबै तर्फ खुला सिमाना भएका कारण मानिसहरु निर्वाध… Continue reading भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित

इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

रोम । यूरोपको इपिसेन्टर बनेको इटालीमा कोरोना भाइरस (कोभिड–१९)ले ठूलो मानवीय क्षति निम्त्याएको छ । यस भाइरसको संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको विश्व स्वास्थ संगठनले पुष्टी गरेको छ । यो संख्या मृत्युको कीर्तिमानी संख्या हो । संसारमा कुनै पनि मुलुकमा अहिलेसम्म यति ठूलो संख्यामा मानिस मरेका थिएनन् । शुक्रबार भएको हताहतीसँगै इटलीमा कोरोना… Continue reading इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ । संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् । चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो… Continue reading चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् । यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । यस सम्बन्धमा… Continue reading ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोना (कोभिड–१९)ले चीनमा भन्दा इटलीमा धेरै मानिसको ज्यान लिएको छ । बिहीबार इटलीले चीनलाई उछिनेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ इटलीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । बिहीबार मात्र इटलीमा थप ४ सय २७ को ज्यान गएको… Continue reading कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन… Continue reading तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

नयाँ दिल्ली । भारतमा  निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई आज सबेरै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न पुष्टी ६ जनामध्ये एक जनाले जेलमै आत्महत्या गरेका थिए । एक जना घटना हुने समय नाबालक रहेका कारण सुधार गृहमा पठाइएको थियो । अन्य चार जनालाई भने आज बिहान साढे ५ः३० बजे दिल्लीमा मृत्युदण्ड दिइयो ।… Continue reading निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

आजबाट सहुलियत पसल संचालन

काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत… Continue reading आजबाट सहुलियत पसल संचालन

यातायातका साधनलाई रुट परमिट खुला

A new Greyhound bus, which features leather seats, extra legroom, Wi-Fi, power outlets, three-point seat belts, on-board restroom and wheelchair lift.

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ । यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो । यससँगै… Continue reading यातायातका साधनलाई रुट परमिट खुला

आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् । घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी… Continue reading आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए । उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् । प्रधानमन्त्री मोदीले आइतबार बिहान… Continue reading भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ । कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ । यी… Continue reading नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन । सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम… Continue reading नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार एक बिरामीले आत्महत्या गरेका हुन् । उनी अस्पतालको भवनको ७ औं तलाबाट हाम फालेका थिए । प्रहरीका अनुसार उनी अष्ट्रेलियाबाट हालै फर्किएका थिए । ३५ वर्षिय ति व्यक्ति सिड्नीबाट फर्किएका हुन् । विमानस्थलमै टाउको  दुखेको अनुभव भएपछि… Continue reading कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् । अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् । नेता, कार्यक्रता… Continue reading प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा कीर्तिमानी संख्यामा मानिसको ज्यान गएको छ । बुधबार यहाँ एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोना फैलिएयता एकै दिन धेरै मानिसको ज्यान बुधबार गएको हो । संचारमाध्यमहरुका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ जनाको ज्यान गएको छ । बाँकी अन्य क्षेत्रका संक्रमितको… Continue reading इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

सामान्य बन्दै चीनको जनजीवन

बुहान । कोरोना भाइरसको संक्रमणबाट माथि उठेसँगै चीन अब सामान्य जनजीवनमा फर्कन थालिसकेको छ । कोरोना भाइरस महामारीको केन्द्रविन्दु वुहानमा बिरामीको संख्या घटेको छ । स्कूल, कलेज तथा उद्योगहरु नियमित संचालनमा आउन थालेका छन् । यससँगै चीनले बुहानमा खटाएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । मंगलबारबाट स्वास्थ्यकर्मीलाई बिदा दिन थालिएको… Continue reading सामान्य बन्दै चीनको जनजीवन

यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन यात्रुलाई रोकेको छ । यससँगै अब ती मुलुकमा रहेका नेपाली नागरिकसमेत आफ्नो मातृभूमि फर्कन पाउने छैनन् । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भन्दै युरोप, खाडी राष्ट्र इरान, मलेसिया तथा दक्षिण कोरिया र जापानबाट मानिसहरुलाई नेपाल आउन रोकिएको छ । यूरोपका सबै मुलुकका नागरिक अब नेपाल आउन… Continue reading यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो । सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ । जोखिमको आशंका निकै… Continue reading एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत… Continue reading अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ । यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले… Continue reading कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेपछि आज पहिलो पटक नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागि हुने बताइएको छ । २१ फागुनमा मिगौला प्रत्यारोपण पछि प्रधानमन्त्री १२ दिनपछि डिस्चार्ज भएका थिए । त्यसपछि… Continue reading आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने