काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लीगमा मछिन्द्र क्लबले सुखद विजयी सुरुवात गरेको छ। शनिबारबाट शुरु भएको लीगको उद्घाटन खेलमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबमाथि २–० गोल अन्तरको जीत निकालेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । मछिन्द्रले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्को गोल थप्यो । क्लवका… Continue reading शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात
Author: Vishwanews.com
चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि
काठमाडौं । काठमाडौंको चोभारमा झाडि भित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शवको पहिचान भएको छैन । करीव ६० वर्ष उमेरको लाग्ने एक पुरुषको शव फेला परेको हो । आत्महत्या थियो या हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । शनिबार नै रुपन्देहीमा एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा… Continue reading चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि
रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन थालेका छन् । सोही क्रममा देउवा शनिबार पौडेल निवास बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । तर, उनको सो प्रयास सफल नभएको पौडेल स्रोतले जानकारी दिएको छ । दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक पौडेल… Continue reading रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा
धनुषा विस्फोट : तीन जना पक्राउ
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा… Continue reading धनुषा विस्फोट : तीन जना पक्राउ
सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
नवलपरासी । पूर्वी नवलपरासीस्थित कावासोतीमा शनिबार राती भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । सेनाका जवान चढेको बस दूर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । बस सुर्खेतबाट काठमाडौं आइरहेको थियो । नेपाली सेनामा भर्ना भएका नयाँ जवानहरु तालिमका लागि काठमाडौं आउने क्रममा बस दूर्घटनामा परेको… Continue reading सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
अब भक्तपुरमै जीपलाइनको मज्जा
भक्तपुर । अब भक्तपुरमै जीपलाइनको रमाइलो अनुभव गर्न पाइने भएको छ । शाहसिक पर्यटकीय प्रडक्ट मानिने यो खेल आगामी तीन महिनाभित्र शुरु गर्ने गरी शिलान्यास भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा जीपलाइन बन्ने भएको हो । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति र ताण्डव इन्भेष्टमेन्ट प्रालिले जीपलाइन बनाउन शुरु गरेका छन् ।… Continue reading अब भक्तपुरमै जीपलाइनको मज्जा
धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु
जनकपुर । धनुषामा भएको बम विस्फोटमा तीन जनाको ज्यान गएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा एक प्रहरी अधिकृतसहित तीन जनाको निधन भएको हो । घटनामा ती जना गम्भीर घाइते छन् । स्थानिय कुचाइ टोलस्थित राजेश साहको घर बाहिर राखिएको बम विस्फोट भएको थियो । विस्फोटमा राजेश साह र… Continue reading धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु
क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध
काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ । चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध… Continue reading क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध
नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो । दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी… Continue reading नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले शुक्रबार मुद्दा दायर गरेको… Continue reading तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो
काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले… Continue reading इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो
काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।… Continue reading काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड
लण्डन । शनिबार मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा हुँदैछ । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् । मिस नेपाल श्रेष्ठ हेड टु हेड च्यालेन्जका आधारमा दोस्रो चरण पार गर्दै टप टेनमा समेत पुग्न सफल भएकी छिन् । यससँगै अब उनी फाइनल राउन्डकी पतिस्पर्धी समेत भएकी छिन् ।… Continue reading मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड
साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका दुई महानगरपालिका साइकल लेन प्रवद्र्धनमा जोडतोडका साथ लागिरहेका छन् । दुई साताअघि ललितपुर महानगरपालिकामा पहिलो साइकल लेन प्रारम्भ भयो । कुपण्डोलदेखि पुल्चोकसम्म साइकल लेन उद्घाटन गरियो । साइकल लेन विस्तार गरेर गोदावारीसम्म पुर्याउने योजना बनाएको छ । सोही मेसोमा काठमाडौं महानगरपालिका समेत साइकल लेनको तयारीमा जुटेको हो । महानगरपालिकाका… Continue reading साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?
आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द
काठमाडौं । आजबाट मुग्लिन-नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुँदैछ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। दैनिक बिहान ११… Continue reading आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द
नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन
काठमाडौं । यूरोपेली यूनियनले फेरी पनि नेपाललाई निरास पार्दै एयर सेफ्टी लिस्ट सार्वजनिक गरेको छ । सूचिमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी समावेश रहेका छन् । हरेक ६ महिनामा इयूले सूचि अपडेट गर्छ । सोही आधारमा कुनै देश कालोसूचिबाट उम्कन्छन् भने कुनै देश कायम रहन्छन् । यस पटक इयूले नेपालको बारेमा छलफल नै नगरेको… Continue reading नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन
विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६्\७७ मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिरहेको छ । तर, नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक विश्व बैंकले आर्थिक वृद्धि ६.४ प्रतिशतमा मात्र खुम्चिने प्रक्षेपण अर्थ मन्त्रीकै अगाडी गरेपछि अर्थमन्त्री बिच्किएका छन् । बिहीबार विश्वबैंकले नेपालको अर्थतन्त्रसम्बन्धी पछिल्लो अपडेट सार्वजनिक गर्दै सन् २०२०… Continue reading विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंसहित यस आसपासका जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.८ रेस्कटर स्केलको भूकम्प गएको हो । करीव ७ बजे काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो । १२ वैशाख २०७२ यता सयौं पराकम्पहरु गइसकेका छन् ।
शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन
काठमाडौं । दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न भएसँगै अब नेपालमा फूटबलको पुनरावृत्ति भएको छ । यससँगै अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा देशको सबैभन्दा ठूलो फुटबल लीग शहिद स्मारक ए डिभिजन लीग शनिवारदेखि प्रारम्भ हुने भएको छ । यसका लागि कतार एयरवेज प्रायोजकका रुपमा भित्रिएको छ । लीगमा अब कतार मूख्य प्रायोजकको भूमिकामा रहने भएको… Continue reading शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन
अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता
काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ । लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ । मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ । लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध… Continue reading अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता
पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ । मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ… Continue reading पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
काठमाडौं । हालै सम्पन्न उपनिर्वानबारे समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बिहीबार डाकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका बैठका बोलाइएको कांग्रेस सचिवालयले जानकारी दिएको छ । १४ मंसिरमा सम्पन्न उपनिर्वाचनका दौरान पार्टीका उमेदवारमाथि घात गर्नेहरुमाथि कारवाही हुने कांग्रेस सभापति शेरबहादुर देउवाले बताइएका छन् । उपनिर्वाचन र समसामयिक विषयमा छलफल… Continue reading चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ । रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो । मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत… Continue reading ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी
काठमाडौं । आज विभिन्न जात जाती तथा समुदायले छुट्टाछुट्टै चाड बनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा एकै दिन मनाउन लागिएको हो । सरकारले सम्बन्धित समुदायका व्यक्तिलाई आज बिदा दिएको छ । अन्य जात र समुदायका कर्मचारीले भने साविकमा झै काम गर्नुपर्छ । धान्य पूर्णिमाका अवसरमा भर्खरै भित्राइएको धानको… Continue reading आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी
भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
सिड्नी । एक महिना भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा भयो । मानिसहरुलाई विकास निर्माणका काम रोक्न लगाइयो । स्कूल बन्द भए । ठिक यस्तै हालत अहिले अष्टे्रलियाको ठूलो शहर सिड्नीले यस्तै समस्या भोगिरहेको छ । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भिषण रुप लिँदै गर्दा त्यसको धुवाँले वायुमण्डलमा विषालु हावा फैलिएको छ । सरकारले मानिसलाई सतर्क… Continue reading भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो । महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर… Continue reading अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै
काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। दैनिक बिहान ११… Continue reading मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै
श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडान बिस्तारको तयारी गरेको छ । कम्पनीले बुधबार यी दुई विमानस्थलमा सफल परिक्षण उडान गरेको छ । अब नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै ती दुई विमानस्थलमा समेत श्री एयरलाइन्सका जहाज उड्नेछन् । श्री एयरलाइन्सले बम्बाडियर सीआरजे जहाजबाट उडान गरिरहेको छ । कम्पनीले अहिले… Continue reading श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी
टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् । १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी… Continue reading टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोलीपल्ट बुधबार सरकारले पदक विजेता खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सबै खेलाडीलाई वालुवाटार बोलाएका थिए । सरकारले ‘सरप्राइज प्याकेज’का रुपमा खेलाडीका लागि नगद घोषणा गरेको हो । त्यसअनुसार स्वर्ण पदक विजेताले जनही ९ लाख नगद पाउने भएका छन्… Continue reading सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार