न्यूयोर्क । जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकामा लागेको रोक फुकुवा भएको छ । रगत जम्ने खतरा देखिएको विवरण सार्वजनिक भएसँगै अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा अस्थायी प्रतिवन्ध लागेको थियो । ११ दिन अगाडी लगाएको प्रतिवन्ध अमेरिकाले फुकुवा गरेको छ । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले खोपमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको अमेरिकी एजेन्सीलाई उदृत… Continue reading जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकाले लगाएको रोक फुकुवा
Author: Vishwanews.com
सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्दै भारत
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको बढ्दो महामारीका बीच अक्सिजनको चरम अभाव भएको छ । यसले मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । यसै सन्दर्भमा भारतीय वायुसेनाले सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्न थालेको छ । वायुसेनाले एयरक्राफ्ट्स ऑक्सीजन सप्लाई गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिवार भारतीय वायुसेनाको ग्लोबमास्टर विमानले अक्सिजन ट्यांकर भारत ल्याएको छ । त्यसमा… Continue reading सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्दै भारत
सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान
काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह… Continue reading सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान
आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस
काठमाडौं । आज नेपालमा गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाईंदै छ । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । पुनः यो विपत्तीको सामना गर्नु नपरोस भन्ने कामनासहित आज छैटौं स्मृति दिवस मनाउन थालिएको हो । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत… Continue reading आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस
कोरोना संक्रमित पूर्वराजा दम्पत्ति अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसहित राजपरिवारका तीन जना सदस्य अस्पताल भर्ना भएका छन् । पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरु शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरुको स्वाथ्य अवस्था स्थिर तथा सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माण भएको धरहराको उद्घाटन गरेका छन्। यसअघि भूकम्पले भत्काएको धरहरा रहेकै स्थान सुन्धारामा नयाँ संरचनासहितको धरहरा बनेको छ । शनिबार प्रधानमन्त्री ओलीले यो धरहराको उद्घाटन गरे । धरहरामा राखिएको शिलालेख अनावरण गरेका उनी त्यसपछि भने काठमाडौं अवलोकन गर्न बालकोनी पुगेका थिए । त्यहाबाट पुष्पवृष्टी गर्दै उनले धरहरा पुनर्निर्माणको… Continue reading प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्
नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी
काठमाडौं । नेपालले थ्रि नेसन्स क्रिकेट सिरिजको उपाधी उचालेको छ । नेदरल्याण्ड्स विरुद्ध आज भएको फाइनलमा नेपालले कीर्तिमानी जितसँगै उपाधीमाथि कब्जा जमाएको हो । घरेलु मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित निकाल्न सफल भयो । आज फाइनलमा नेपालको ब्याटिङ र बलिङ दुवैमा खेलाडी जम्न सफल भए । नेपालले नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्यो । कुशल… Continue reading नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी
कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट… Continue reading कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
अमेरिकाद्धारा भारतमा कोरोना खोप बनाउने कच्चा पदार्थ पठाउन रोक
नयाँ दिल्ली । अमेरिकाले भारतमा कोरोना भाइरसको खोप निर्माणमा प्रयोग हुने कच्चा पदार्थ पठाउन रोक लगाएको छ । भारतीय संचारमाध्यमरुका अनुसार पहिला अमेरिका नामक नीतिका कारण अमेरिकी सरकारले यस्तो नीति लिएको समाचार रिर्पोटहरुमा जनाइएको छ । अहिले संसारभर घातक कारोना भाइरसको महामारी फैलिएको छ । यसले खोपको माग र आवश्यकता झनै बढेको छ । तर,… Continue reading अमेरिकाद्धारा भारतमा कोरोना खोप बनाउने कच्चा पदार्थ पठाउन रोक
थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । तीन मुलुक सहभागी भएको थ्रि नेसन्स क्रिकेट सिरिजको आज फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्स उपाधी भिडन्त गर्दैछन् । पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । दोस्रो भेटमा डच टोलीले जितेको थियो । जारी सिरिजमा तेस्रो पटक भिड्न लागेका यी दुई टीम बीच आज भने उपाधीकै छिनोफानो हुने छ । सिरिजमा मलेसिया पनि रहेको… Continue reading थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
उत्तराखण्डमा पुनः हिमताल फुट्यो, क्षतिको विवरण आउन ढिलाई
उत्तराखण्ड । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको खबर भारतीय संचारमाध्यमले छापेका छन् । तर, संचार सम्पर्क स्थापित हुन नसकेका कारण क्षतिको विवरण नआएको उत्तराखण्ड प्रहरीले जनाएको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको संचारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा… Continue reading उत्तराखण्डमा पुनः हिमताल फुट्यो, क्षतिको विवरण आउन ढिलाई
आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने
काठमाडौं । आज काठमाडौंको २२ तले धरहराको उद्घाटन हुँदैछ । १२ वैशाख २०७२ को भूकम्पले भत्काएपछि पुराना धरहराको आडैमा नयाँ धरहरा बनाइएको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लागेका छन् । उदघाटन हतारमा गरिएकोछ । किनकी धरहराको टावरबाहेक अन्य काम सकिएका छैनन् । सोहीकारण सर्वसाधारणले तत्काल धरहरा जाने, अवलोकन गर्ने तथा चढ्ने… Continue reading आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने
मंगलग्रहमा नासाले बनायो अक्सिजन
काठमाडौं\एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको दावि गरेको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले लेखेको छ । मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको हो । नासाले भविष्यमा… Continue reading मंगलग्रहमा नासाले बनायो अक्सिजन
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का… Continue reading सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो
काठमाडौं । सरकारले विदेश जाने व्यक्तिका लागि पिसिआर परीक्षण गर्ने ल्याव तोकेको छ । विदेश जाने क्रममा नक्कली परीक्षण रिर्पोट लिएर जाने गरेको रहस्य खुलेसँगै सरकारले प्रयोगशाला तोकेको हो । त्यस्ता व्यक्तिको पिसिआर सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ए वर्गका प्रयोगशालाले मात्र गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विदेश जानेले कोभिड… Continue reading विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो
नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ जनाको पीसीआर परीक्षणबाट २४५९ जना र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१… Continue reading नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त
एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘डिनर मिटिङ’पछि एमाले नेता वामदेव गौतम स्थायी… Continue reading एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो
मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित
काठमाडौं । स्पेनिस ला लिगामा लियोनल मेसी चम्किएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ५-२ गोल अन्तरको सानदार जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि फराकिलो अन्तरको जित निकाल्दा मेसीले दुई गोल र एक अशिष्ट गरे । एक गोल पेनाल्टीमा हान्ने अवसर पाएर ह्याट्रिक गर्ने मौका भए पनि उनले त्यो पेनाल्टी भने एन्टोनी ग्रीजम्यानलाई… Continue reading मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित
ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा… Continue reading ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?
काठमाडौं । ११ चैत २०७६ मा पहिलो पटक लकडाउन गरेको नेपालले कोरोना भाइरसको पहिलो लहरको चरम रुप भने असोज, कात्तिकमा सामना गर्यो । त्यसपछि क्रमशः कम हुँदै गएको कोरोना फागुन, चैतमा पुग्दा करीव शुन्य प्राय अवस्थामा थियो । तर, त्यसपछि कोरोना भाइरसको संक्रमण दरले पुनः गति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार… Continue reading एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?
भारतमा ‘मोदी समृद्धि’को पर्दाफास, अस्पतालमा अक्सिजनको चरम अभाव
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो सातासम्म चुनावी र्यालीमा भारतको समृद्धिका लागि ठूल्ठूला काम भएको भन्दै भाषणबाजी गरिरहेका थिए । त्यसको एक साता भित्रै राजधानी दिल्लीसहित कैंयौ क्षेत्रबाट यस्तो समाचार आएका छन्, जहाँ अक्सिजनको अभावले कोरोना भाइरसका संक्रमितले अकालमा ज्यान गुमाउन पुगेका छन् । यसले मोदी समृद्धिको फर्दाफास भएको भन्दै भारतमा व्यापक आलोचना… Continue reading भारतमा ‘मोदी समृद्धि’को पर्दाफास, अस्पतालमा अक्सिजनको चरम अभाव
६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न
काठमाडौं । भूकम्पले भत्काएका देशभरका ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार देशभर सात हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा भत्किएका थिए । त्यसमध्ये ६ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ । बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिसक्ने प्राधिकरणको तथ्यांक छ । आयोजनाले भूकम्पबाट… Continue reading ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न
राजस्थानमाथि बैंलौरको १० विकेटको जित
मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे । बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११… Continue reading राजस्थानमाथि बैंलौरको १० विकेटको जित
गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो
गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका घर बिहीबार हस्तान्तरण गरेको छ। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घरको पुनर्निर्माण गरेको हो । निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले… Continue reading गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो
ओली र नेपालबीच बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन
काठमाडौं । बुधबार करीव डेढ महिनाको विवादपछि पहिलो पटक भेट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार समेत भेटवार्ता भएको छ । दुबै नेताबीच आज पनि पाँचतारे होटेल मेरियटमा भेटवार्ता भएको हो । आज पनि करीव डेढ घण्टा दुई नेताबीच एक्लाएक्लै कुराकानी भयो । तर, कुराकानीबाट कुनै निष्कर्ष भने… Continue reading ओली र नेपालबीच बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन
कोरोनाका कारण पशुपति दर्शनमा रोक
काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर दर्शनमा रोक लगाएको छ । कोभिड१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई पुजा र दर्शनमा रोक लगाइएको जनाएको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै वैशाख १० गते देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक… Continue reading कोरोनाका कारण पशुपति दर्शनमा रोक
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ जनाको पीसीआर परीक्षणबाट २३६५ जना र ४४७ एन्टिजेन परीक्षणबाट ६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । ५ जनाको… Continue reading नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु
त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र… Continue reading त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित
नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर… Continue reading नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह
काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ । प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला… Continue reading नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह