मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकलाई रुसको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएको रुसी संचारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अमेरिकाले केही समय अगाडी कैयौं रुसी संस्था र कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले राष्ट्रपति निर्वाचनमा रुसीले धाँदली गर्न खोजेको आरोप… Continue reading पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु
Author: Vishwanews.com
पाकिस्तानमा होटेलमा बम विष्फोट, कम्तिमा ४ को मृत्यु
क्वेटा । पाकिस्तानमा एक होटेलमा बम विष्फोट गराइदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । पाकिस्तानको क्वेटा शहरमा होटलमा बम विष्फोट गराइएको हो । बीबीसीले लेखे अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट गराइएको छ । यो होटेलउच्च सरकारी अधिकारीको बढी आउजाउ हुने होटलका रुपमा चिनिन्छ… Continue reading पाकिस्तानमा होटेलमा बम विष्फोट, कम्तिमा ४ को मृत्यु
सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा भिडभाड कम गर्न सरकारले आरोहणको संख्या निर्धारण गरेको छ । यसअनुसार अब एक दिनमा बढीमा १ सय ७० जना सम्म आरोहीले चुुचुरो जान सक्ने छन् । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न भन्दै यस्तो व्यवस्था ल्याएको बताएको छ ।… Continue reading सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने
पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द
काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कोरोना… Continue reading पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द
ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलको एक कोठामा दुई नेताबीच करीव दुई घण्टा एक्लाएक्लै वार्ता भएको हो । दुबै नेता बुधबार पौने ७ बजे होटलबाट बाहिरिएका छन् । दुबै नेताले संचारकर्मीलाई प्रतिक्रिया भने दिएनन् । ओलीले माधव नेपाल… Continue reading ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता
नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४ जनाको पीसीआर परीक्षणबाट २२२० जना र ८०३ एन्टिजेन परीक्षणबाट १३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६,… Continue reading नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी
सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई
काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ, ’ उनले… Continue reading सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई
महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ। अस्पतालमा १५० जना बिरामी उपचाररत थिए। तीमध्ये २३ जना भेन्टिलेटरमा उपचार गराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्यांकरबाट अक्सिजन भर्ने बेलामा लिक भएको समाचारमा जनाइएको छ।
अख्तियारलाई स्टिङ अपरेसन नगर्न सर्वोच्चको आदेश, चार सयभन्दा बढी घुस मुद्दा अमान्य हुने
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेसन’’ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले बुधबार उक्त आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको थियो । अधिवक्ता विष्णु्प्रसाद… Continue reading अख्तियारलाई स्टिङ अपरेसन नगर्न सर्वोच्चको आदेश, चार सयभन्दा बढी घुस मुद्दा अमान्य हुने
आज रामनवमी पर्व, प्रधानमन्त्रीले बनाउन लगाएका सीतारामका मूर्ति माडीमा राखिँदै
काठमाडौं । आज चैत्र शुक्ल नवमी, हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र पूजा आरधना गरी मनाउँदैछन् । ‘रामनवमी’का नाममा परिचित यो पर्व देशभरका राम मन्दिरमा श्रद्धापूर्वक पूजा गरि मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतबाट… Continue reading आज रामनवमी पर्व, प्रधानमन्त्रीले बनाउन लगाएका सीतारामका मूर्ति माडीमा राखिँदै
आइपीएल : मुम्बईलाई दिल्लीले हरायो
चेन्नई । जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इण्डियन्सलाई सजिलै हराएको छ । तेस्रो जित दर्ता गर्ने क्रममा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको हो । चेन्नईमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर भेटायो । मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १३७… Continue reading आइपीएल : मुम्बईलाई दिल्लीले हरायो
भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकै दिन करीव ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगलबार २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर संक्रमणका दृष्टिकोणबाट घातक पाइएको छ… Continue reading भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी
जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर
मिनिआपुलिस । अमेरिकाको मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको हत्यामा घाटी थिच्ने प्रहरी अधिकारी दोषि ठहर भएका छन् । अमेरिकाको एक जुरीले गत वर्ष भएको यो घटनामा उनलाई दोषि हठर गरेको बीबीसीले लेखेको छ । गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले… Continue reading जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर
आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही
काठमाडौं । मानिसहरुले आफुले लगाएको मास्क जथाभाजी फ्याँक्न थालेपछि सरकारले कडाई गरेको छ । सरकारले स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालेको राससले लेखेको छ । यसअघि सडकमा यत्रतत्र मास्क अब पाँच दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । साथै त्यसरी मास्क सडकमा फ्याँक्नेमाथि कारवाही समेत गर्ने स्थानीय प्रशासनको तयारी रहेको छ ।… Continue reading आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही
विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने
काठमाडौं । विदेश जाँदा आवश्यक पर्ने प्रहरी प्रतिवेदन लिन अब नेपाली नागरिकले कन्सुलर सेवा विभाग धाउनु नपर्ने भएको छ । विभागका अनुसार प्रहरी प्रतिवेदनलाई सम्बन्धित व्यक्ति आफैले रंगीन स्वरुपमा प्रिण्ट गरी काठमाडौंस्थित दूताबासहरुमा पेश गर्न सक्ने भएका छन् । ‘नेपाल प्रहरीमार्फत् जारी हुने प्रतिवेदनलाई निवेदक स्वयंले अनलाइनबाटै रंगीन प्रिण्ट गरी काठमाडौंस्थित विदेशी नियोगहरुमा यस विभागको… Continue reading विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने
कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपालमा २७ वैशाखपछि कतारी रियाल नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी आफुसँग कतारी रियाल भएमा वैशाख २७ गते भित्र साटिसक्नु आह्वान गरेको छ । नेपालमा कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट विस्थापित गर्दैछ । आगामी असार… Continue reading कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह
चुनाव जितेको भोलीपल्टै चाडका राष्ट्रपतिको हत्या
काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको दोस्रो दिनमै उनको हत्या भएको हो । चाडको सेनाले ६८ वर्षीय डेबीको चाडको उत्तरी क्षेत्रमा मृत्यु भएको मंगलबार जानकारी गराएको छ । उनी सन् १९९०मा सत्तामा आएका थिए । छैटौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबार भएको हो । चुनावी परिणामपछि… Continue reading चुनाव जितेको भोलीपल्टै चाडका राष्ट्रपतिको हत्या
रुसी खोप स्पुतनिक भीले पायो नेपालमा आपतकालीन प्रयोग अनुमति
काठमाडौं । रुसी खोप स्पुतनिक भील नेपालमा आपतकालीन प्रयोग अनुमति प्राप्त गरेको छ । औषधि व्यवस्था विभागका अनुसार रुसी खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाएका छन् । यसमध्ये भारतीय र चिनियाँ खोपको भने प्रयोग भइसकेको छ । नेपालमा भारतले १० लाख… Continue reading रुसी खोप स्पुतनिक भीले पायो नेपालमा आपतकालीन प्रयोग अनुमति
नेपालमा एकैदिन १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५ जनाको पीसीआर परीक्षणबाट १६६७ जना र ६८३ एन्टिजेन परीक्षणबाट ६९जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८७ हजार ५६७ जना… Continue reading नेपालमा एकैदिन १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
नेपाल नेदरल्याण्डसँग पराजित
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि… Continue reading नेपाल नेदरल्याण्डसँग पराजित
हरिद्वारको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण देखिएको हो ।
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट
काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । दुई दिनमा ७३ अंकले घटेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से २।६८ अंकले बढेर २६६४।६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड… Continue reading सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट
अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु
काठमाडौं\एजेन्सी । कोरोना भाइरसको दोस्रो भेरियन्टको इपिसेन्टर बनेको भारतमा भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकी संचारमाध्ममहरुका अनुसार ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी सरकारले कोरोनाविरूद्धको खोप नलगाएका नागरिकलाई भारत भ्रमणमा नजान भनिएको छ । भारत अहिले विश्वमै बढी संक्रमणदर भएको मुलुकमा पर्छ । यहाँ दैनिक करीव तीन लाख मानिसमा संक्रमण पुष्टी भएको… Continue reading अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु
नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
काठमाडौं\एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले पहिलो पटक मंगलग्रहमा हेलिकोप्टर उडाउन सफल भएको छ । वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा हेलिकोप्टर उडाउन सफल भएका हुन् । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले यो हेलिकप्टर लिएर गएको हो । सोमबार पहिलो पटक मंगल ग्रहमा हेलिकोप्टरले उडान गरेको छ । नासाका अनुसार इन्जेन्युटी नामको… Continue reading नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पारी सबै नागरिकसँग खोपको पहुँच पुर्याउन माग गरेको हो । जनताको जीवन रक्षका लागि विशेष कार्ययोजना आवश्यक रहेको निष्कर्षमा कांग्रेस पुगेको हो । कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेको भन्दै… Continue reading सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
२०७८ सालमा तीन वटा दशैं, पहिलो आज
काठमाडौं । आज हिन्दु धर्मावलम्बी नेपालीले नेपाल तथा विदेशमा चैते दशैं पर्व मनाउँदैछन् । २०७८ सालमा कुल तीन वटा दशैं परेका छन् । त्यसमध्ये आज एउटा हो । बडा दशैं असोज र आगामी चैतमा चैते दशैं मनाइने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाउने गरिन्छ । गतवर्षको… Continue reading २०७८ सालमा तीन वटा दशैं, पहिलो आज
सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
काठमाडौं । आजबाट काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने कार्यक्रम छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु हुने छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी… Continue reading सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । काठमाडौंमा जारी ट्राइ नेसन्स सिरिज क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । दिउँसो सवा एक बजेबाट शुरु हुने खेलमा आज पनि नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्लाई शनिबार ९ विकेटले हराएको थियो । सोमबार मलेसियालाई समेत ९ विकेटले हराएको नेपाल अहिले उच्च फर्ममा देखिएको छ ।… Continue reading ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा सोमबार नाटकीय घटनाक्रम देखिएको छ । सोमबार बिहान लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता गरेको केही बेरमै जसपाका ४ जना नेता मन्त्रीमा नियुक्त भए । त्यसमध्ये तीन सांसद मन्त्री बनाइए, जसले मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए… Continue reading लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने
काठमाडौं । नेपालमा मंगलबारबाट सबै प्रकारका खेलहरु दर्शकबीना खेलाईने भएको छ । नेपाल क्रिकेट संघ क्यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ नेशन्स् क्रिकेट सिरिज अन्तर्गतका खेल मंगलबारदेखि दर्शक बिना नै खेलाउने निर्णय गरेको छ । उता, सरकारले रंगशालामा दर्शक बीना नै खेल खेलाउनु पर्ने नियम ल्याएका कारण अब हुने सबै प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति… Continue reading मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने