अमेरिका । अमेरिकाले आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ… Continue reading ठूलो संख्यामा खोप स्टक राखेको अमेरिकाले अरु देशलाई ६ करोड डोज खोप दिने
Author: Vishwanews.com
पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं । पिसिआर परीक्षणका लागि तोकेभन्दा बढी शुल्क असुल्ने प्रयोगशालालाई सरकारले कारबाही गर्ने भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सरकारले पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा १ हजार र निजी प्रयोगशालामा २ हजार शुल्क तोकेको छ । ‘केही निजी प्रयोगशालाहरूले संक्रमण रोकथाम आदिको नाममा थप शुल्क… Continue reading पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।… Continue reading नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध
नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार घटेको बजार आज दोहोरो अंकले लयमा फर्किएको हो । मंगलबार शेयर बजार मापक सूचक नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१६ कम्पनीको ५ अर्ब १० करोड ९० लाख ६९ हजार ९७५ रुपैयाँ बराबरको… Continue reading नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी
निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर
काठमाडौं । निषेधाज्ञापछि घरमै बस्नुपर्ने लगानीकर्ताका लागि खुसीको खबर छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर शेयर कारोबार गर्न परिपत्र गरेको छ । यससँगै निषेधाज्ञाका बीचमा समेत कारोबार निरन्तर जारी रहने भएको छ । सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायीलाई ७ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सकेसम्म… Continue reading निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर
कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने
काठमाडौं । जानाजान कोरोना भाइरसको संक्रमण फैलाएको पुष्टी भएमा साउदी अरेवीयाले कडा कारवाही गर्ने भएको छ । आफ्नो मुलुकका नागरिकलाई ५ वर्ष जेल र विदेशीलाई देश निकाला गर्ने नीतिसहित साउदीले कडा नियमहरु सार्वजनिक गरेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने बताएको हो । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण… Continue reading कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने
पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?
काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो । बीबीसीले लेखे अनुसार जनवरी… Continue reading पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?
अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने
वासिंटन डिसी । अमेरिकाले करीव ६ करोड डोज कोरोना खोप अन्य मुलुकहरुलाई सहयोग गर्ने भएको छ । त्यहाँको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो । बीबीसीका अनुसार ह्वाइटहाउसले एक विज्ञप्ति निकालेर यसको पुष्टी गरेको हो । केही महिना भित्रै यो मात्रामा खोप… Continue reading अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने
कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे
पोखरा । कास्की जिल्लाभर बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय… Continue reading कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे
काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने भएको छ । काठमाडौं आउनेहरुले होम आइसोलेसन वा स्थानीय तहले तोकेको सेन्टरमा बस्नु पर्ने नियम सरकारले ल्याएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्थानीय सरकारले १६ वैशाखबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरिसकेको… Continue reading काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यो निषेधाज्ञा कार्यान्वयन भने वैशाख १६ गते विहान ६ बजेदेखि शुरु हुनेछ । पहिलो चरणमा वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका… Continue reading काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु
बन्द भए देशभरका स्कुल, उडान जारी रहने
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ । मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा… Continue reading बन्द भए देशभरका स्कुल, उडान जारी रहने
सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले पार्टीबाट स्पष्टीकरण सोधेको र कारबाही गरी नसकेको अवस्थामा अन्तरिम आदेश दिन बाध्य नपर्ने निर्णय गरेको छ । ‘विवादको… Continue reading सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार
उपत्यकामा एकैदिन १९१२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२ कोरोना संक्रमित थपिएका हुन्।
नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय जनाको पीसीआर परीक्षणबाट ३४४२ जना र ८९३ एन्टिजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१… Continue reading नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?
लयमा फर्किए ग्रिजम्यान, बार्सिलोनाको जित
काठमाडौं\एजेन्सी । भिल्ला रियलमाथि पुनरागमन जित दर्ता गर्दै स्पेनिस लालिगामा बार्सिलोना उपाधी दावेदारी कायम राखेको छ । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले गत राती भिल्ला रियललाई २–१ गोल अन्तरले हरायो । बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरेका थिए । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको हो । त्यसको दुई मिनेटमै बार्सिलोना… Continue reading लयमा फर्किए ग्रिजम्यान, बार्सिलोनाको जित
बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी
नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले… Continue reading बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी
बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु
बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटनमा भएको दुर्घटनामा बेहुला बेहुली भने घाइते रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा दशरथचन्द नगरपालिका–९,… Continue reading बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु
गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै
पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको… Continue reading गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै
अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग
काठमाडौं । कोरोनाभाइरसको दास्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा मेडिकल सामग्रीको अभावले भयाभह अवस्था सिर्जना भएको छ । यस परिस्थितिमा उसलाई संसारका विभिन्न मुलुकले सहयोग अगाडी बढाएका छन् । महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपतकालीन मेडिकल सहायता शुरु गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति… Continue reading अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग
नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण मृत्यु भएको आंकडा कोरोनाकाल यताकै दोस्रो सबैभन्दा बढी भएको पाइएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार २४ घण्टामा कुल २८ जनाको मृत्यु भएको छ । यो कोरोनाकाल यताकै दोस्रो सबैभन्दा ठूलो मानवीय क्षति हो । यसअघि नेपालमा १९ कात्तिकमा सबैभन्दा… Continue reading नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी
एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा
काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको… Continue reading एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा
विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै
विदेशबाट नेपाल आउने सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय गर्न सिफारिस भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न सिफारिस गरेको हो । यसबारे मन्त्रीपरिषद्ले निर्णय गरेसँगै कार्यान्वयनमा आउने छ । अहिले क्वारेन्टिन व्यवस्थापनमा निगरानी हुन सकेको छैन । सोहीकारण विदेशबाट आउनेहरु निर्वाध… Continue reading विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै
५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको अवस्था हेरी लकडाउनको निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएसीको बैठकले शहरी भेगमा ५ सय सक्रिय संक्रमित नाघेमा र पहाडी भेगमा २ सय सक्रिय संक्रमित नाघेमा लकडाउन गर्न सकिने गरी सिफारिस गरेको हो । यसबारे निर्णय… Continue reading ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस
उपत्यकामा एकैदिन १४९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ जनाको पीसीआर परीक्षणबाट ३०३१ जना र ७८६ एन्टिजेन परीक्षणबाट ९० जनाको रिपोर्ट पोजेटिभ हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको छ… Continue reading नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु
नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?
काठमाडौं । नेपाली शेयर बजारमा भीषण पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार आज एकै दिन ७५ अंकले घटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?
साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार
लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा… Continue reading साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार
नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना निकाल्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो । विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द… Continue reading नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
इराकमा कोरोना अस्पतालमा आगलागी, कम्तिमा २३ को मृत्यु
बगदाद । इराकको राजधानी बगदादमा एक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ । बगदादमा कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको बताइएको छ । इब्नअल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र… Continue reading इराकमा कोरोना अस्पतालमा आगलागी, कम्तिमा २३ को मृत्यु