भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो । भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको… Continue reading भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ

काठमाडौं । केही दिन देखियता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राती एक अनौठो गन्धले मानिसहरु डराएका थिए । यसको चर्चा सामाजिक सञ्जालमा थियो । एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर, भक्तपुर लगायत क्षेत्रमा रातमा नमिठो धुँवा आएको र त्यसको गन्धले सास फेर्नै मुस्किल परेको गुनासो सामाजिक संजालमा थियो । सामाजिक संजालमात्र होइन, प्रहरीमा समेत यसको उजुरी परेको थियो… Continue reading रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ

भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव । यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् । उनले टुइट गर्र्दै विराट र… Continue reading भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?

दैलेख । दैलेख पेट्रेलियम पदार्थको उच्च सम्भावना भएका क्षेत्र मानिन्छ । खासगरी प्राकेतिक ग्यासका कारण बल्ने दियोले यहाँ पेट्रोलियम पदार्थको भण्डार रहेको देखिएको छ । यही सम्भावनालाई अब नेपाल र चीनले संयुक्त रुपमा अन्वेषण गर्ने भएका छन् । नेपाल सरकार र चीन सरकारबीच दैलेखको पेट्रोलियम अन्वेषण गर्ने सम्झौता भएको थियो । पेट्रोलियम पदार्थको सम्भावना देखिएको… Continue reading दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?

देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

डडेलधुरा । विगतका सहमति सरकारले पालना नगरेको भन्दै डा. गोविन्द केसी अनसनमा बसेका छन् । उनले यस पटक सरकारी निकाय नभई एक सर्वसाधारणको घरलाई छनोट गरेका छन् । पूर्वसहमति कार्यान्‍वयनको माग गर्दै उनी कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अनसन थालेका हुन् । यो उनको १७ औं अनसन हो । उनले सरकारी जागिरबाट… Continue reading देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

सुरुङमा फसेका मझदुर मृत फेला

बझाङ । बझाङको कालङ्गागाड जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङमा फसेका चार जना मजदुर मृत फेला परेका छन् । आइतबार अपरान्ह ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरुसम्म सोमबार दिउँसो मात्र प्रहरी पुग्न सफल भएको थियो । त्यतिन्जेल निसास्सीएर उनीहरुको निधन भइसकेको प्रहरीले जानकारी दिएको छ । थुनिएको २४ घण्टापछि मजदुरहरुको शब सोमबार दिउँसो ३ बजे निकालिएको हो ।… Continue reading सुरुङमा फसेका मझदुर मृत फेला

नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ । यस पटक दुई… Continue reading नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

दिल्लीमा तुवालोको कहर जारी, जोरविजोर प्रणाली लागू

नयाँ दिल्ली । वायु प्रदूषणका कारण आक्रान्त भारतको राजधानी दिल्लीमा सवारी चलाउन अब जोर विजोर प्रणाली लागू भएको छ । अत्यधिक वायु प्रदूषण भएपछि सरकारले सवारीबाट उत्सर्जन हुने धुँवा तथा प्रदूषण घटाउने उपाय थालेको हो । कम भिजिबिलिटीका कारण भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको उडान अवतरण प्रभावित भएको छ । सोमबार मात्र ३२… Continue reading दिल्लीमा तुवालोको कहर जारी, जोरविजोर प्रणाली लागू

आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई… Continue reading आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको… Continue reading अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो । सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २… Continue reading सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । नेकपा स्रोतका अनुसार सोमबार नयाँ प्रदेश प्रमुखहरुको सिफारिस पार्टीका तर्फबाट हुनेछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखलाई त्यसपछि बस्ने मन्त्रीपरिषदले नियुक्त गर्ने सम्भावना रहेको बताईको छ । सरकारले आइतबार मात्र सात… Continue reading नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

म्याग्दी बस दूर्घटनामा ४ को ज्यान गयो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार राती बस दूर्घटनामा परेको छ । दूर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । यसै दिन यता सिन्धुपाल्चोकमा समेत बस दूर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । म्याग्दीमा ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११… Continue reading म्याग्दी बस दूर्घटनामा ४ को ज्यान गयो

नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ । क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो । नेपाली टोली आइतबार… Continue reading नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । पहिलो पटक घर किन्दै गरेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकले खुसी बनाउने गरी नीति ल्याएको छ । अब कम पैसा भएपनि आफ्नै घरमा बस्ने तपाईको आँटमा बैंकले सजिलै साथ दिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गरेको छ । जहाँ आवास वा घर कर्जा सम्बन्धमा नयाँ प्रावधान ल्याइएको छ । अब ३०… Continue reading अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

महराको थुनछेक बहस जारी

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलत्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबारबाट सुरु भयो । तर, आइतबार बहस नसकिएकाले सोमबार निरन्तर हुने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस भइरहेको छ । बन्द इजलासमा बहस जारी छ । बसहमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल,… Continue reading महराको थुनछेक बहस जारी

विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

काठमाडौं । नेपालभन्दा बाहिर संसारभर ७ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचार गर्दै शूभारम्भ भब्य बनाउने गरी तयारी थाल्न परिपत्र गरेको छ । नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । पर्यटन मन्त्रालयले विदेशस्थित नियोगलाई गरेको पत्राचारमा सम्बन्धित देशका राष्ट्र… Continue reading विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् । आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको… Continue reading सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

सातै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय… Continue reading सातै प्रदेशका प्रमुख बर्खास्त

आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आफ्नो पछिल्लो स्वास्थ्य उपचारपछि उनले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो नियमित बैठक भने होइन् । बैठकमा आफनो स्वास्थ्य अवस्थाबारे मन्त्रीपरिषद्का सदस्यलाई जानकारी गराउने सम्भावना छ । यसअघि उनले नेकपाका नेताहरुलाई स्वास्थ्य अवस्थाबारे व्रिफ्रिंग गरेका… Continue reading आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

माली । मालीमा विद्रोहीको आक्रमणमा परी ५३ जना सैनिक मारिएका छन् । आक्रमणमा परी एक जना सर्वसाधारणको समेत ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको एक सैन्य कार्यालयमा विद्रोहीले आक्रमण गरेका हुन् । आक्रमणमा ५३ जना सैनिक र एक सर्वसाधारणको मृत्युको पुष्टी भइसकेको छ । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । मालीको… Continue reading मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ । आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई… Continue reading आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

काठमाडौं । स्पेनिस लालीगा लिडर बार्सिलोनालाई कमजोर टोली लेभान्टेले पराजित गरेको छ । लेभान्टले पाहुना टोली बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बाघ समान हुने बार्सिलोना अवे मैदानमा भने कमजोर देखिने गरेको छ । शनिबार राति सम्पन्न खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । कप्तान लियोनल मेसीको पेनाल्टी गोलमार्फत ३८ औं मिनेटमा… Continue reading लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

दिल्लीमा स्वास्थ्य संकटकाल, प्रदूषणले भयावह

नयाँ दिल्ली । वायु प्रदूषणले आकास नै ढाकिदिएपछि भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । प्रदूषणले हावामा विषाक्त फैलिएपछि भन्दै भारतको राजधानीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको हो । दिल्ली सरकारले विद्यालयहरु एक साताका लागि बन्द गरेको छ । विद्यार्थीहरुका लागि मास्क वितरणको काम तिब्र बनाइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार विद्यालयमा ५०… Continue reading दिल्लीमा स्वास्थ्य संकटकाल, प्रदूषणले भयावह

बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ । नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२०… Continue reading बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

सेनाले भित्रायो कार्गो जहाज

काठमाडौं । नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । यो जहाज कार्गोको प्रयोजनमा प्रयोग गर्ने सेनाको भनाई रहेको छ । जहाज शनिबार काठमाडौं आइपुगेको हो । यो जहाज इन्डोनेसियामा खरीद गरिएको सेनाले जनाएको छ । मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारमा यो जहाज प्रयोग गर्ने सेनाको योजना रहेको छ ।… Continue reading सेनाले भित्रायो कार्गो जहाज

तराई र काठमाडौंमा छठको रौनक

काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे । नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् । घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न… Continue reading तराई र काठमाडौंमा छठको रौनक

अदालतमा महराको बयान, आरोप अस्वीकार

काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ । बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् । उनको… Continue reading अदालतमा महराको बयान, आरोप अस्वीकार

रिसाहा देउवा सामाजिक संजालमा भाइरल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक तस्वीर शुक्रबार एकाएक भाइरल भएको छ । अत्यन्तै रिसाहा मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको तस्वीरले शुक्रबार फेसबुक र टुइटरको भित्ता भरिएको छ । उनको यो रुप आफ्नै विद्यार्थी सँंगठनका कार्यक्रर्तामाथि खनिदा देखिएको हो । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी… Continue reading रिसाहा देउवा सामाजिक संजालमा भाइरल

मुग्लिन-पोखरा सडक चार लेन बन्ने पक्का

काठमाडौं । अब पोखरा यात्रा सहज र रोमान्चक बन्ने भएको छ । सरकारले विगत ४ वर्षदेखि योजना बनाइरहेको मुग्लिन पोखरा सडक खण्ड बिस्तारका लागि एसियाली विकास बैंकले ऋण स्वीकृत गरेसँगै यो आयोजनाले गति लिने निश्चित भएको हो । एसियाली विकास ब‌ैंकले करीव २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको जानकारी गराएको छ । उक्त सडक खण्ड… Continue reading मुग्लिन-पोखरा सडक चार लेन बन्ने पक्का