नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ । मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो । उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ । उक्त… Continue reading नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे । सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो । यो गैरन्यायिक हत्यामार्फत… Continue reading प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो । विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका… Continue reading प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका… Continue reading रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो । तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।… Continue reading असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठक मंगलबार बिहान पुनः बोलाइएको छ । सामान्यतया नेपालमा मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने प्रचलन छ । मंगलबार बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छ । पछिल्लाो समय तरकारी र फलफूलको विषादी परीक्षण सम्बन्धी विषय आलोचित बनेसँगै मन्त्रीहरुका फरक फरक धारणा आइरहेका छन् । सोमबार विभिन्न संचरमाध्यमले भारतले तरकारीको आयात नरोक्न… Continue reading मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ । पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी… Continue reading राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

चार राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो । अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ । सोमबार नै भएको संसदीय सुनुवाईमा… Continue reading चार राजदूतको नाम अनुमोदन

राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा… Continue reading राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ । अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकाभित्रका सम्पदालाई… Continue reading काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए । विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले… Continue reading बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् । गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् । यस्ता… Continue reading सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

कांग्रेस केन्द्रिय समिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो । बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक शुरु

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे । दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका नेता कार्यक्रताले पनि यस टुइटको खुलेर आलोचना गरेका छन् । टुइटमा रिमालले भनेका छन्, ‘भनिन्छ,… Continue reading प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् । आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण… Continue reading पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

ब्राजिल । कोपा अमेरिका फूटलबको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । तर, यो खेल भने पूर्णतया विवादित भयो । ३७ औं मिनटमा कप्तान लियोनल मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएपछि खेल विवादित बनेको हो । मेसीले करियरकै दोस्रो रातो कार्ड पाए । आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका… Continue reading कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

८ जनाको ज्यान लिने हत्यारा पक्राउ

काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो । कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ । त्यसपछि खान फरार… Continue reading ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो । शनिबार नेकपा नेता… Continue reading तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

फाइल तस्वीर

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले पुष्टी गरेको छ । भूकम्पको केन्द्रविन्दु भक्तपुर रहेको छ । शनिबार सबैजना घरमा रहेको अवस्थामा भूकम्प गएका कारण शनिबारको धक्का धेरैले महसुश गरेका थिए । भूकम्प लगत्तै सामाजिक संजालमा भूकम्पबारे… Continue reading काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

काठमाडौं । सरकारले खोला तथा नदी किनारका स्थानीयलाई पानीको बहाव बढ्ने भएकाले सचेत रहन सूचित गरेको छ । असार २८ पछि नदी तथा खोला किनारमा पानीको वहाव बढ्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले बाली नाली समेत त्यस अगाडी नै स्याहार्न सुचित गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको महाशाखाले शनिबार उक्त सूचना जारी गरेको… Continue reading असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो । यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो । शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले… Continue reading यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पूर्व माओवादीकै नेता कार्यक्रताले साथ छाड्ने क्रम अझै जारी छ । शुक्रबार पूर्वमन्त्री तथा समाजवादी की नेतृ कल्पना धमला पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेता तथा कार्यक्रतालाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र… Continue reading पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

भारतमा २७८ खर्ब भारुको बजेट

नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो । वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् । बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च… Continue reading भारतमा २७८ खर्ब भारुको बजेट

ग्लोबल र जनता बैंकबीच मर्जर हुने

काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ । दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको… Continue reading ग्लोबल र जनता बैंकबीच मर्जर हुने

नेपालमा १५ पाँचतारे होटेल

काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो । ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो । यस… Continue reading नेपालमा १५ पाँचतारे होटेल

आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

काठमाडौं । भ्रष्टाचारमा दोषि सावित नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले बिहीबार आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । सुडान भ्रष्टाचार काण्डमा दोषि सावित उनी विगत दुई वर्ष देखि फरार थिए । आत्मसमर्पण गर्दै कारागार बाहिर बसेर पुनरावेदन… Continue reading आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘

काठमाडौं । काठमाडौं उपत्यका धुलो मुक्त भएको र अब मास्क लगाएर हिड्न नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि कांग्रेस सांसद रंगमती शाहीले आपत्ति जनाएकी छिन् । बिहीबार प्रतिनिधि सभा विकास तथा प्रविधि समिति बैठकमा प्रमुख प्रतिपक्षी दलकी सांसद शाहीले काठमाडौंमा मास्क लगाउनु पर्छ या पर्दैन रहेछ भन्ने बारे जान्न आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न चेतावनी… Continue reading प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘

उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । देशभर रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने छ । आयोगका अनुसार अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ती स्थानमा पद खाली छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा… Continue reading उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

काठमाडौं । सरकारले शान्तिपूर्ण प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नरहने चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह राजनीतिक नभएर संगठित आतंककारी समूह भएको भन्दै शान्तीपूर्ण राजनीतिमा आउन आग्रह गरे । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकार विप्लव समूहविरुद्ध कडा रणनीति… Continue reading विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

पेरु कोपा अमेरिका फूटलबको फाइनलमा

ब्राजिल । चिलीविरुद्ध प्रभावशाली जीत निकाल्दै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब पेरुको भेट फाइनलमा ब्राजिलसँग हुने भएको छ । चिली साविक विजेता टोली हो । सोही टोलीलाई पेरुले ३–० गोल अन्तरले गराएको हो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल थप्यो । खेलको २१ औं मिनेटमा… Continue reading पेरु कोपा अमेरिका फूटलबको फाइनलमा