१२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक गाउँमा खटिनु अगाडी नै घर निर्माण गरेका करीव १२ हजार भूकम्पपिडित परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ । प्राधिकरणले भूकम्पपिडितका लागि बनाइएका घरको निरिक्षण गर्न प्राविधिक खटिनुपूर्व नै निर्माण भएका घर धनीले एकमुष्ट ३ लाख अनुदान पाउने गरी कार्यविधि बनाएको छ । प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले… Continue reading १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो

काठमाडौं । अमेरिकी सरकारले उक्त देशमा पढ्न जाने विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार विद्यार्थीका लागि भिषा शुल्क घटाएको हो । दूतावासले नेपाली विद्यार्थीसँग २ सय अमेरिकी डलर छूट गर्ने निर्णय भएको जानकारी गराएको छ । घटेको शूल्क १ जुलाई अर्थातः सोमबारदेखि कार्यान्वयनमा आएको छ । उक्त दिनदेखि आवेदन दिने… Continue reading अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो

लोकसेवाको विज्ञापन रद्द नहुने

काठमाडौं । लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । यससँगै अब लोकसेवाको विज्ञापनले निरन्तरता पाउने भएको छ भने परिक्षा पनि हुने भएको छ । आयोगले गत १५ जेठमा विभिन्न ७ सय ५३ स्थानीय तहका लागि विज्ञापन खोलेको थियो । तर, उक्त विज्ञापन समावेशीताको सिद्धान्त अनुरुप नभएको भन्दै… Continue reading लोकसेवाको विज्ञापन रद्द नहुने

नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार साबित्रीकी छोरी ईश्वरी भट्टराईसहित… Continue reading नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा

काठमाडौं । नेकपा संसदीय दलको बैठक सोमबारबाट राजधानीमा शुरु भएको छ । सोमबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)सहित २९ जना सांसदले आफ्नो भनाई राखे । बैठकमा नेकपा सांसदले एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकता नटुंगिएसम्म तल्लो तहसम्म अलमल हुने र त्यसले कार्यक्रता बेरोजगार भएर बस्नु पर्ने अवस्था सिर्जना… Continue reading नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा

अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

काठमाडौं । महानगरपालिका, प्रदेश सरकार र साझा यातायातको संयुक्त लगानीमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा विद्युतीय सार्वजनिक बस चल्ने भएको छ । यी तीन निकायबीच पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद गरी चलाउने सम्झौता भएको छ । यी बसको मूल्य ४५ करोड हुनेछ । यस अभियानमा प्रदेश ३ सरकार समेत जोडिएको छ । अब त्रिपक्षीय… Continue reading अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । ६१ वर्ष पुरानो गौरव बोकेपछि निगमले आफ्नो साँखलाई भने निरन्तरता दिन सकेको छैन । सोमबार राजधानीमा आयोजित कार्यक्रममा निगमको अहिले करीव ३७ अर्ब हाराहारी ऋण रहेको जानकारी दिइयो । यो ऋण निगमले जहाज किन्दा लागेको हो । तर, जहाज आइसकेपछि निगमले योजनाअनुसार… Continue reading नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ । खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ । आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो… Continue reading आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

काठमाडौं । धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम शुरु भएपछि दैनिक १० घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार यो आयोजना निर्धारित समयमै सम्पन्न भएको छ । १८ चैतबाट शुरु भएको काम तीन ७० दिनमा सक्ने लक्ष्य लिइएको थियो । ३०५० मिटर लामो धावनमार्गको पीच… Continue reading त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु

काठमाडौं । बालुवा झिक्न बनाएको खाल्डोमा परी बालक ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा राजमार्गमा प्रदर्शन गरिरहेका स्थानीय माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि सत्यनारायण महतोको मृत्यु भएको छ । खोलामा बालुवा झिकेपछि बनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि… Continue reading बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु

काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ । काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ । सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै… Continue reading काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प

सरकारको आलोचना दशैंसम्म मात्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दशैंपछि नागरिकले सरकारको आलोचना गर्न छाड्ने दावि गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले ओलीले दशैँसम्म सरकारमाथि भइरहेको आलोचना बन्द हुने दावि गरेका हुन् । स्वर्गिय नेता मदन भण्डारीको ६८ औँ जन्मजयन्ति पारेर शनिबार राजधानीमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले गतवर्ष आलोचना भएका विषय… Continue reading सरकारको आलोचना दशैंसम्म मात्र : प्रधानमन्त्री

खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन

काठमाडौं । आइतबार नेपालमा धान दिवस मनाइदैछ । सरकारले हरेक वर्ष १५ असारलाई धान दिवस घोषणा गरेअनुसार यस दिन विविध कार्यक्रम आयोजना गरिन्छन् । मध्य असारमा रोपाईमा व्यस्त हुने नेपाली कृषक यस सिजनमा भने खडेरीको मारमा परेका छन् । नेपालका अधिकांश स्थानमा वर्षातको पानी राम्रोसँग नपर्दा रोपाई नै हन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले… Continue reading खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन

कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा

ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् । सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो । शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा भने पेनाल्टी सूटआउटका माध्यमबाट आएको थियो । सेमिफाइनलमा विश्व फूटबलका दुई उत्कृष्ट टोली अर्जेन्टिना र… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा

जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सरकारले ल्याएका विभिन्न कानून तथा विधेयकका सम्बन्धमा पहिलो पटक मुख खोलेका छन् । उनीहरुले शनिबार एक संयुक्त अपिल सार्वजनिक गर्दै नागरिकलाई रैती बनाउन खोज्ने सरकारी रबैयाको विरोध गरेका हुन् । अपिलमा भनिएको छ, “हामी रैती बन्न इन्कार गर्छौं ।” सूचना, ज्ञान, न्याय र मानवाधिकार वर्जित गर्ने गरी सरकारले एक पछि… Continue reading जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टीमले मलेसियासँग २ खेलको सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा यी दुई टोली पनि प्रतिस्पर्धा गर्नेछन् । त्यस अगाडी नै दुई देशबीच सिरिज हुने भएको हो । छनोट चरणको तयारीकै क्रममा सिरिज खेल्न लागिएको बताइएको छ । यी दुई मुलुकबीच… Continue reading नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यक परे ओली सरकार ढाल्न सक्ने तागत रहेको बताएका छन् । शुक्रबार कांग्रेस निकट स्थानीय तहका कर्मचारीको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै विपक्षी दलका नेतासमेत रहेका देउवाले उक्त चेतावनी दिएका हुन् । खासगरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले देखाइरहेका गतिविधिप्रति उनको आक्रोस थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि… Continue reading ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

काठमाडौं । नेपाल एयरलाइन्सका सबै जहाजको इन्जिनियरिङ कार्य अब नेपाली प्राविधिक बाट हुने भएको छ । वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’देखि वाई १२, एमए ६० सम्मका सबै जहाजको मर्मतसमेत निगमकै इन्जिनियरबाट हुने भएको निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले  नेवानिलाई ‘पार्ट १४५’ को स्वीकृति दिएको छ… Continue reading नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले वन तथा वातावरण मन्त्रालयलाई निजगढमा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा रुख कटान आदेश दिन निर्देशन जारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले मन्त्रालयलाई उक्त आयोजनामा काट्नु पर्ने रुखका लागि रुख कटान आदेश दिन निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव… Continue reading निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ । मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । असार १५… Continue reading नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्क जान उडेको एयर इण्डियाको जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण गरिएको छ । उक्त जहाज बेलायतको लण्डनमा आकस्म्कि अवतरण गरिएको हो । एआई१९१ विमान उत्तर पश्चिमी लण्डनको स्टेनस्डेड विमानस्थलमा बिहीबार अवतरण गराइएको थिया । जहाज अवतरण गराई हरेक यात्रुको एक एक गरी सुरक्षा जाँच गरिएको थियो । तर, बमको पुष्टी भने हुने… Continue reading जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा जथाभावी पार्किङ गरी सवारी जाम बढाउन भूमिका खेल्ने चालकविरुद्ध कारवाही तिब्र बनाएको छ । प्रहरीले ठूलाबडा र कानून पालना गराउने व्यक्तिहरुका समेत गाडीमा लक लगाउँदै अहिले कारवाहीलाई तिब्र बनाएको हो । प्रहरीले पछिल्लो ८ महिनामा निषेधित क्षेत्रमा सवारी पार्क गरि राखेका ५ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी… Continue reading जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

भारत सरकारले दुई मुख्य गुप्तचर निकाय ‘रअ’ र ‘आइबी’मा नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार सरकारले ‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल भर्खरै शुरु भएको सन्दर्भमा सरकारले गुप्तचर निकायका प्रमुख परिवर्तन गरेको हो । रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुखका… Continue reading भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो । असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् । भारतीय… Continue reading भारतीय नागरिकको नेपाली नागरिकता खारेज

आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।… Continue reading आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट सार्वजनिक गरेको छ । बिहीबार दिउँसो साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । परिक्षा नियन्त्रण कार्यालयका अनुसार २०७५ को एसईईमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ५ सय… Continue reading आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

एसईई परिक्षाको रिजल्ट आज

काठमाडौं । एसईई परीक्षाको रिजल्ट बिहीबार प्रकाशित हुने भएको छ । नतिजा सार्वजनिक गर्न परिक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक बिहीबार दिउसो बस्दैछ । कार्यलयको बोर्ड बैठक बसेर निर्णय गरे लगत्तै नतिजा सार्वजनिक गर्ने गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस पटक एसइइ नतिजा ढिला प्रकाशन हुने भएको हो । सामान्यतया असार पहिलो साता नजिता आइसक्ने गथ्र्यो… Continue reading एसईई परिक्षाको रिजल्ट आज

खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ

पर्सा । १८ लाख अवैध नेपाली नोटसहित प्रहरीले दुई भारतीय नागरिकलाई वीरगन्जबाट पक्रेको छ । खुट्टामा बाँधेर भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित बाला यादव र रंजन दास पक्राउ परेका हुन् । उनीहरु भारतको मोतिहारीस्थित रक्सौल ग्राम पंचायतका बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । लुकाई छिपाई श्रोत नखुलेको अवैध १८ लाख रुपैयाँसहित उनीहरु पक्राउ… Continue reading खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ

बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २९९ रोपनी जग्गा अनियमितता काण्डमा छानविन थालेको छ । यसैक्रममा अख्तियारले यस काण्डमा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयान दिन अख्तियार बोलाएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई अख्तियारले बयानका लागि बोलाएको हो । यस काण्डमा मुछिएका सबै सात दिन भित्र अख्तियार पुगी बयान दिनु पर्ने… Continue reading बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

मिले प्रकाश सपूत र शम्भू राई

काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो । बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् । सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको… Continue reading मिले प्रकाश सपूत र शम्भू राई