काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ । चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध… Continue reading क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध
Author: Vishwanews.com
नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो । दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी… Continue reading नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले शुक्रबार मुद्दा दायर गरेको… Continue reading तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो
काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले… Continue reading इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो
काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।… Continue reading काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड
लण्डन । शनिबार मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा हुँदैछ । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् । मिस नेपाल श्रेष्ठ हेड टु हेड च्यालेन्जका आधारमा दोस्रो चरण पार गर्दै टप टेनमा समेत पुग्न सफल भएकी छिन् । यससँगै अब उनी फाइनल राउन्डकी पतिस्पर्धी समेत भएकी छिन् ।… Continue reading मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड
साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका दुई महानगरपालिका साइकल लेन प्रवद्र्धनमा जोडतोडका साथ लागिरहेका छन् । दुई साताअघि ललितपुर महानगरपालिकामा पहिलो साइकल लेन प्रारम्भ भयो । कुपण्डोलदेखि पुल्चोकसम्म साइकल लेन उद्घाटन गरियो । साइकल लेन विस्तार गरेर गोदावारीसम्म पुर्याउने योजना बनाएको छ । सोही मेसोमा काठमाडौं महानगरपालिका समेत साइकल लेनको तयारीमा जुटेको हो । महानगरपालिकाका… Continue reading साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?
आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द
काठमाडौं । आजबाट मुग्लिन-नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुँदैछ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। दैनिक बिहान ११… Continue reading आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द
नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन
काठमाडौं । यूरोपेली यूनियनले फेरी पनि नेपाललाई निरास पार्दै एयर सेफ्टी लिस्ट सार्वजनिक गरेको छ । सूचिमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी समावेश रहेका छन् । हरेक ६ महिनामा इयूले सूचि अपडेट गर्छ । सोही आधारमा कुनै देश कालोसूचिबाट उम्कन्छन् भने कुनै देश कायम रहन्छन् । यस पटक इयूले नेपालको बारेमा छलफल नै नगरेको… Continue reading नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन
विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६्\७७ मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिरहेको छ । तर, नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक विश्व बैंकले आर्थिक वृद्धि ६.४ प्रतिशतमा मात्र खुम्चिने प्रक्षेपण अर्थ मन्त्रीकै अगाडी गरेपछि अर्थमन्त्री बिच्किएका छन् । बिहीबार विश्वबैंकले नेपालको अर्थतन्त्रसम्बन्धी पछिल्लो अपडेट सार्वजनिक गर्दै सन् २०२०… Continue reading विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंसहित यस आसपासका जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.८ रेस्कटर स्केलको भूकम्प गएको हो । करीव ७ बजे काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो । १२ वैशाख २०७२ यता सयौं पराकम्पहरु गइसकेका छन् ।
शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन
काठमाडौं । दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न भएसँगै अब नेपालमा फूटबलको पुनरावृत्ति भएको छ । यससँगै अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा देशको सबैभन्दा ठूलो फुटबल लीग शहिद स्मारक ए डिभिजन लीग शनिवारदेखि प्रारम्भ हुने भएको छ । यसका लागि कतार एयरवेज प्रायोजकका रुपमा भित्रिएको छ । लीगमा अब कतार मूख्य प्रायोजकको भूमिकामा रहने भएको… Continue reading शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन
अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता
काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ । लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ । मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ । लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध… Continue reading अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता
पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ । मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ… Continue reading पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
काठमाडौं । हालै सम्पन्न उपनिर्वानबारे समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बिहीबार डाकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका बैठका बोलाइएको कांग्रेस सचिवालयले जानकारी दिएको छ । १४ मंसिरमा सम्पन्न उपनिर्वाचनका दौरान पार्टीका उमेदवारमाथि घात गर्नेहरुमाथि कारवाही हुने कांग्रेस सभापति शेरबहादुर देउवाले बताइएका छन् । उपनिर्वाचन र समसामयिक विषयमा छलफल… Continue reading चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ । रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो । मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत… Continue reading ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी
काठमाडौं । आज विभिन्न जात जाती तथा समुदायले छुट्टाछुट्टै चाड बनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा एकै दिन मनाउन लागिएको हो । सरकारले सम्बन्धित समुदायका व्यक्तिलाई आज बिदा दिएको छ । अन्य जात र समुदायका कर्मचारीले भने साविकमा झै काम गर्नुपर्छ । धान्य पूर्णिमाका अवसरमा भर्खरै भित्राइएको धानको… Continue reading आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी
भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
सिड्नी । एक महिना भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा भयो । मानिसहरुलाई विकास निर्माणका काम रोक्न लगाइयो । स्कूल बन्द भए । ठिक यस्तै हालत अहिले अष्टे्रलियाको ठूलो शहर सिड्नीले यस्तै समस्या भोगिरहेको छ । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भिषण रुप लिँदै गर्दा त्यसको धुवाँले वायुमण्डलमा विषालु हावा फैलिएको छ । सरकारले मानिसलाई सतर्क… Continue reading भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो । महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर… Continue reading अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै
काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। दैनिक बिहान ११… Continue reading मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै
श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडान बिस्तारको तयारी गरेको छ । कम्पनीले बुधबार यी दुई विमानस्थलमा सफल परिक्षण उडान गरेको छ । अब नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै ती दुई विमानस्थलमा समेत श्री एयरलाइन्सका जहाज उड्नेछन् । श्री एयरलाइन्सले बम्बाडियर सीआरजे जहाजबाट उडान गरिरहेको छ । कम्पनीले अहिले… Continue reading श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी
टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् । १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी… Continue reading टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोलीपल्ट बुधबार सरकारले पदक विजेता खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सबै खेलाडीलाई वालुवाटार बोलाएका थिए । सरकारले ‘सरप्राइज प्याकेज’का रुपमा खेलाडीका लागि नगद घोषणा गरेको हो । त्यसअनुसार स्वर्ण पदक विजेताले जनही ९ लाख नगद पाउने भएका छन्… Continue reading सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार
पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सामूहिक भेट गर्ने भएका छन् । उनले खेलाडीलाई अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएका छन् । खेलाडीलाई सम्बोधन गर्ने र नेपाल सरकारको तर्फबाट विशेष प्याकेज घोषणाको तयारी प्रधानमन्त्रीले गरेका छन । सागको सफल आयोजना गरेको नेपालले ५१ स्वर्ण पदक जित्दै… Continue reading पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै
अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद
काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ । २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो । विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ । त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने… Continue reading अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद
एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो
काठमाडौं । सरकारी अधिकृतका लागि तयारी गरेका विद्यार्थीका लागि खुसीको खबर छ । लोक सेवा आयोगले एक हजार ९६ शाखा अधिकृत पदका लागि विज्ञापन मागेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाइएको छ । त्यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुने आयोगले… Continue reading एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो
अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए
न्यूजर्सी । अमेरिकाको न्यु जर्सीमा फेरी अन्धाधुन्द चलेको गोलीकाण्डमा ६ जना मारिएका छन् । मारिनेमा १ जना प्रहरी अधिकृतसमेत रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ६ जनाको निधन भएको छ भने अन्य दुई जना प्रहरी घाइते छन् । दुई जना सुटर र प्रहरीबीच गोली हानाहान भएको हो । जर्सी सीटीको कोशेर… Continue reading अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए
दुई इन्जिनियर २० लाख घुससहित पक्राउ
प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई इन्जिनियरलाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरु पक्राउ परेको… Continue reading दुई इन्जिनियर २० लाख घुससहित पक्राउ
प्रधानमन्त्री पुनः अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । मंगलबार साँझ नियमित उपचारका सिलसिलामा प्रधानमन्त्रीलाई अस्पताल लगेको बालुवाटार स्रोतले जनाएको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । अपरेशन गरेको घाउमा इन्फेक्सनको आंशका चिकित्सकको रहेको छ । यसबाहेक फलोअप र मिर्गौलाको डायलासिसका लागि समेत अस्पताल लैजानु परेको… Continue reading प्रधानमन्त्री पुनः अस्पतालमा
१३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)
काठमाडौं । खासगरी नेपाली महिला खेलाडीहरु चम्किएको १३ औं सागको भब्य र सफल आयोजना गरी नेपालले ठूला इभेन्ट आयोजनामा आफूलाई अब्बल सावित गर्यो । साथै खेलकुदको विकास र स्तरोन्नतीमा समेत क्रमशः सुधारको संकेत यस पटक देखिएको छ । अनेक प्रतिकूलताका वावजुत नेपाल १३ औं सागमा पटक तालीकाको दोस्रो स्थानमा रह्यो । यसपटक नेपाललाई कीर्तिमानी संख्यामा… Continue reading १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)