नेजाको १७औं साधारण सभाको तयारी अन्तिम चरणमा

म्यासाचूसेट्स अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन्।उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४… Continue reading नेजाको १७औं साधारण सभाको तयारी अन्तिम चरणमा

नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला

बोष्टन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको छ। उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) गर्ने निधो गरिएको छ। नेजाले उक्त साधारण सभालाई व्यवस्थित… Continue reading नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला

अनेसासको शुभकामना कार्यक्रममा “फेसबुकको मान्छे” बिमोचित

बिष्णु सिंह, न्युयोर्क। गत मे ४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) न्यूयोर्क च्याप्टरले नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा साहित्यकार कुन्ती थापाद्वारा लिखित “ फेसबुकको मान्छे” उपन्यासको छोटो समिक्षा र परिचय पनि गर्यो । कार्यक्रमको शुरुवात सभापतिको आसन ग्रहण गर्न अध्यक्ष लक्ष्मी श्रेष्ठ तथा भूपू अध्यक्ष… Continue reading अनेसासको शुभकामना कार्यक्रममा “फेसबुकको मान्छे” बिमोचित

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

बाबुराम दाहाल, न्युयोर्क। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी… Continue reading सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालले गर्यो स्रष्टालाई सम्मान

बिके नेवा। रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई… Continue reading रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालले गर्यो स्रष्टालाई सम्मान

न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

बिके नेवा, न्युयोर्क । प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका… Continue reading न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय

बिक्की पुलामी, न्युयोर्क बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि न्युयोर्क सहर म्यानह्याटनमा नेपाल डे परेड २०२४ आयोजना गरिने भएको छ । सन् २०१६ देखि सुरुवात भएको “नेपाल डे परेड” २०२४ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टरको आयोजनामा हुन लागेको हो । मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी गैर आवासीय नेपाली… Continue reading न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय

विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्‍यो । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना… Continue reading विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो

केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न

केप कड, मासाच्युसेट्स केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन अप्रिल १३, २०२४ का दिन, मेरियट होटल, केप कड, मासाच्युसेट्स अमेरिकामा सम्पन्न भयो। समाजका अध्यक्ष केवी राईको सभापतित्वमा शुरु भएको साधारण सभाको सञ्चालन सचिव ईच्छा खड्काले गर्नु भएको थियो भने उपस्थित सबैलाई सदस्य कृष्ण तिमल्सिनाले स्वागत गर्नु भएको थियो। सभाको उद्घाटन साना वालिकाहरूले… Continue reading केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न

अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

अमित शाह, न्युयोर्क । मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ । आयोजकको घोषणा;मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations… Continue reading अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले ५ औं अधिवेशन गत फेब्रुवरी १० शनिबार न्यूयोर्कको क्विन्समा सम्पन्न गरेको छ । अधिवेशनले कलाकार बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमको उदघाटन तथा अधिवेशनको प्रमुख अतिथी गायक जगदिश समाल र कार्यक्रम सभापति गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलित गरी शुभारम्भ गरिएका… Continue reading बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

नेजा स्थापना दिवस मनाईने

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका… Continue reading नेजा स्थापना दिवस मनाईने

राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

किर्तिपुर नेवारी गीतको बजार अहिले राम्रो हुँदै गएको छ । ‘सालुगु गाचा’ र ‘अयला लुवया’ पछि सांगीतिक फडको लिएको बजारमा अहिले नेवारी गीतको संख्या बढदै गएको छ । यही मेसोमा राजनीतिक विश्लेषक तथा गीतकार प्रेमकृष्ण श्रेष्ठको शब्द र गायक ईश्वर मागियाको नयाँ नेवारी गीत ‘थ्वं छ खोला’ बजारमा आउने तर्खरमा छ । नेपाली भाषाको गायकहरु… Continue reading राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य

न्यूयोर्क नेपाल संवत ११४४ प्वहेलागाः अष्ठमी,शनिबार (Saturday, February 3, 2024) का दिन नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट संस्थाको पाँचौं साधारण सभा संचालन गरेका छन् । साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त… Continue reading नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य

के हो राम मन्दिर बिबाद ? के हो धर्म ?

योगेश आदी, न्युयोर्क कतिलाई लाग्दै होला कि हरेक दिन मन्दिर मस्जिद चर्च सिनेगाग गुम्बामा आआफ्ना आस्थाकृत भगवानको प्रतिमूर्तिको प्राण प्रतिष्ठा भइनै राखेका हुन्छन् तर यतिबेला अयोध्यामा हुन गइरहेको राम मन्दिरको चर्चा चाहिँ किन यति धेरै ?अर्को पक्षलाई लाग्दै होला कि मोदीको यही बर्षान्तमा हुने चुनावी चाल । केहीलाई लाग्दै होला अतिबादी हिन्दुको धार्मिक आशक्ति ।… Continue reading के हो राम मन्दिर बिबाद ? के हो धर्म ?

न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने

न्युयोर्क नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ ।“अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने “अब हाँस्छ न्युयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो । बिदेशमा कामको तनाव, समयको अभाव, सबै… Continue reading न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने

नेवा गुठीमा पुनः विजयमान सिंह

न्युयोर्क । नेवा गुठी न्युयोर्कको नवौँ महाधिवेशन ज्याक्सन हाइट्सस्थित उडसाइड रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ ।महाधिवेशनमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयनलगायत बितेका कार्यको प्रतिवेदन पेस गरिएको थियो । गुठीका संस्थापक बीके नेवाले पानसमा दियो बाली सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक नेवाले नेवा गुठी किन र केका लागि स्थापना गरेको र त्यसको उद्देश्य के… Continue reading नेवा गुठीमा पुनः विजयमान सिंह

बोस्टनमा नेजाद्वारा आयोजित कार्यक्रम सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन नेपाल अमेरिका पत्रकार संघ(नेजा-NEAJA)ले अमेरिकाको बोस्टनमा आयोजना गरेको ‘संस्थागत परिचय एवम् समन्वयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर १५ तारिख आइतवार घटस्थापनाको दिन मासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित मूलवासी नेपालीहरुको सामूदायिक भवनमा सम्पन्न भएको हो। मासाच्युसेट्स राज्यमा क्रियाशील रहेका मूलवासी नेपालीहरु आबद्ध संघ संस्थाहरुका बिच स्थापित भातृत्व, एकता र… Continue reading बोस्टनमा नेजाद्वारा आयोजित कार्यक्रम सम्पन्न

न्युयोर्कमा सांसद चन्द्र भण्डारीसँग सामन्तबाद र बिकृतिको उत्पिडनमा विषयक छलफल

अक्टोबर १०, न्युयोर्क केही महिनाअघि नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य, डा चन्द्र भण्डारी आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर जलनमा परि सख्त घाईते भएका थिए। उनको हालत निकै चिन्ताजनक भएर उनलाई उपचारका लागि भारत लगिएको थियो। उनी देश र जनताको चिन्ता गर्ने एक गहिरो चिन्तक हुन् । खरो बक्ता र युवा पिडिमा निकै लोकप्रिय भएका… Continue reading न्युयोर्कमा सांसद चन्द्र भण्डारीसँग सामन्तबाद र बिकृतिको उत्पिडनमा विषयक छलफल

सकुनको खबरमा छु प्रिय! कृति न्युयोर्कमा विमोचित

न्यूयोर्क गत सेप्टेम्बर २३ शनिवार न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले सकुनको ‘खबरमा छु प्रिय!’ कृतिको विमोचन गरेको छ । च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको हो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथी कानूनविद् तथा आध्यात्मिक… Continue reading सकुनको खबरमा छु प्रिय! कृति न्युयोर्कमा विमोचित

पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

सपपेन्द्र बस्नेत बोष्टन अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा नेपालीहरुको महान पर्व ‘हरितालिका तीजको अवसरमा तीज विशेष ‘सामूहिक पूजा’ सम्पन्न भएको छ। सेप्टेम्बर १८ तारिख सोमवार ब्रतको दिन न्यू इंग्ल्याण्डमा रहेका नेपाली मुलवासी हिन्दू धर्मावलम्बी ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले तीज विशेष ‘सामूहिक पूजा’ गरेका हुन्। उनीहरुले सामूहिक पूजासंगै तीजको महत्व र मर्मलाई आत्मसात् गर्दै… Continue reading पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम न्युयोर्कमा मनाइयो

न्युयोर्क नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना), बाग्लुङ सेवा समाज अमेरिका, नारी एकता, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, पर्वत सेवा समाज न्युयोर्क र बलेवा सेवा समाजसँगको सहकार्यमा संयुक्त तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ… Continue reading अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम न्युयोर्कमा मनाइयो

जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?

न्युयोर्क सेप्टेम्बर १७ तारिखमा जनसम्पर्क समितिले नेपालका परराष्ट्रमन्त्री एन पी सावद र भूपू मन्त्री जितेन्द्र देवको स्वागत कार्यक्रम आयोजना गर्यो। संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन आएका मन्त्री अति ब्यस्त भएकोले समयाभावको कारण सबैलाई ठिक अपरान्ह २ बजे उपस्थित हुन सुचना जनसम्पर्कका स्थायी महामन्त्री मुनेन्द्र नेम्वाङले सुचना जारी गरे। अनि अमेरिका जस्तो संसारको प्रमुख बिकसित… Continue reading जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?

प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ

सुपेन्द्र बस्नेत, बोष्टन गत मार्च ८ तारिख नारीहरुका लागि निकै महत्वपूर्ण दिन थियो। जुन दिन यस वर्षका लागि तय गरिएको मूल नारा ‘Embrance Equity’ लाई मुख्य केन्द्रबिन्दु बनाउदै संसारभर विविध क्रियाकलापहरु गरी ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइयो। यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू… Continue reading प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ

नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

बिष्णु सिंह (बैजु) भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको… Continue reading नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

न्युयोर्क नेपाली भाषामा पत्रकारिता गर्ने अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने भएको छ । नेपाली भाषा, लिपि, साहित्य र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा योगदान पुर्याए बापत फाउण्डेसनले अगष्ट २६, २०२३ शनिवार अपरान्ह १:३० बजे न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा सम्मान कार्यक्रम राखेको विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उल्लेख गरे अनुसार; तारा-किशन… Continue reading अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

सुपेन्द्र बस्नेत, मासाच्युसेट्स अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनेहरुले नेपालकै झल्को दिने गरी कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल डे’ न्यू इंग्ल्याण्डमा इतिहासमै पहिलो पटक नेपालीहरुको खुला बृहत सहभागिता भएको कार्यक्रम हुन पुगेको उनिहरुको मुल्याङ्कन रहेको छ। कार्यक्रममा फरफराएका नेपालको झण्डाहरु,… Continue reading नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

कपिल रिमाल, काठमाडौँ । नुवाकोट जिल्लाको त्रिशूली कोलनी क्षेत्रसँग आबद्ध युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन गरेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका सिलसिलामा सैन्य तालिमलगायतका गृहकार्य गरेको नुवाकोट, विदुर नगरपालिकास्थित ऐतिहासिक बाघबगैँचा आसपासका युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ को गठन गरेको हो।… Continue reading नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

न्युयोर्क आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ ।सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई… Continue reading पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

अगष्ट ५, न्युयोर्क, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, फोन्नाले न्युयोर्कस्थित कोरोना पार्कमा संस्थाको पहिलो सम्मेलन सम्पन्न गरेको छ । तदर्थ समितिद्वारा अगष्ट ५ मा आयोजित भेलाको सर्वसम्मतिले अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनले प्रत्यक्ष संलग्न र सरोकार रहने पद्दति अनुसार बिज्ञान खनाल, अच्युत सिग्देल, बुद्धिमान तामाङ,… Continue reading न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर