काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले… Continue reading जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ
Category: कानुनी कुरा
रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद… Continue reading रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय… Continue reading कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर
काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । जसमा विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर… Continue reading वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर
रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतर्ला उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज… Continue reading रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी
अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
रविलाई काठमाडौं ल्याइयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ । भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ… Continue reading रविलाई काठमाडौं ल्याइयो
विकल पौडेललाई ८ वर्ष कैद सजाय
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ ।… Continue reading विकल पौडेललाई ८ वर्ष कैद सजाय
हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ
काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।यो समूहले मेडिकल जाँच गर्ने भन्दै हनी ट्रयापमा पारेर रकम… Continue reading हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ
एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘यो अहिलेको सरकारले मानव… Continue reading एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति
रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै
काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर… Continue reading रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए… Continue reading कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति… Continue reading दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती… Continue reading सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी
दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको… Continue reading दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना
काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’
काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २… Continue reading काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’
‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ
काठमाडौं । ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्ने गरेको भेटिए पछि एक जना डाक्टर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले भोजपुर घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानागाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई पक्राउ गरेको हो। उनी पेसाले एमबिबिएस डाक्टर हुन्। उनले कुनै समय पाटन अस्पतालदेखि क्लिनिकहरूमा पनि काम गरिसकेका छन्। पछिल्लो समय भने… Continue reading ‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ
दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान… Continue reading दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति
भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?
काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालमा धम्की आएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा यसबारे चार जनाको उजुरी परेको छ । उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की आएको पाइएको छ । नेपाली सञ्चारमाध्यमले जनाए अनुसार यस मामलामा प्रहरीले एक साता अघिबाट… Continue reading भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?
दुर्गा प्रसाई पुनः पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाका अनुसार उनलाई कानुनी दायरामा ल्याइएको हो । सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि निगरानी रहने भन्दै ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक… Continue reading दुर्गा प्रसाई पुनः पक्राउ
अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो
काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो । इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने… Continue reading अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो
रवि लामिछानेविरुद्ध काठमाडौंमा समेत पक्राउ पूर्जी जारी
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा… Continue reading रवि लामिछानेविरुद्ध काठमाडौंमा समेत पक्राउ पूर्जी जारी
रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ । उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको बताइएको छ । बयान… Continue reading रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने
सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ
काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२… Continue reading सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ
रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी… Continue reading रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
धनराज गुरुङसँग सीआइबीले लियो बयान
काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले… Continue reading धनराज गुरुङसँग सीआइबीले लियो बयान
जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्रलाई २० हजार रुपैयाँ र कम्प्युटर अपरेटर विकास पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने… Continue reading जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो… Continue reading रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
दीपक मनाङ्गे कारागार चलान
काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार पक्राउ गरेको हो । मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइयो ।… Continue reading दीपक मनाङ्गे कारागार चलान
बयानका लागि रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, बाक्लो हुस्सुले रोक्यो उडान
काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी गरिएको थियो । विमानस्थलमा बाक्लो कुहिरो लागेकाले उडान ढिला भएको छ । उनलाई पोखरा विमानस्थलमा राखिएको छ । बुटवलस्थित… Continue reading बयानका लागि रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, बाक्लो हुस्सुले रोक्यो उडान