लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

file

काठमाडौं । लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बसर माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता… Continue reading लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनः एक पटक चर्चामा आएको छ । जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएसँगै यसको पक्ष र विपक्षमा चर्चा सुरु भएको हो । उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता… Continue reading किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

मकवानपुरमा दम्पत्ति मृत फेला

काठमाडौं । मकवानपुरमा श्रीमान र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । ६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका… Continue reading मकवानपुरमा दम्पत्ति मृत फेला

मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए… Continue reading मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा… Continue reading सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे । उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४… Continue reading एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको… Continue reading कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ ।… Continue reading विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेट्न पुगेका थिए । त्यसपछि उनी बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड… Continue reading पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको… Continue reading स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । असार २८मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत समेत नदिने निर्णय गरेको छ । प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड… Continue reading नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ । यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु… Continue reading विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ ८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर ४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन् ।… Continue reading अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

१४ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका… Continue reading १४ किलो चाँदीसहित ३ जना पक्राउ

कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्… Continue reading कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

रविविरुद्धको सुनुवाई आज पनि जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ जारी रहने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । पछिल्लोपटक असार… Continue reading रविविरुद्धको सुनुवाई आज पनि जारी

कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई कारवाही गरेको छ । उनी निलम्बनमा परेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनसम्म निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो… Continue reading कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१… Continue reading कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

काठमाडौं । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । अवैधरुपमा सञ्चालित मेनपावर पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रहरीका अनुसार श्रम… Continue reading नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै… Continue reading प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्ने भन्दै हेर्दाहेर्दैमा राख्ने… Continue reading सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई… Continue reading रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको नेपाली सञ्चारमाध्यमहरुले जनाएका छन् । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको… Continue reading पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

काठमाडौं । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा… Continue reading बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी(२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य… Continue reading नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो। पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना… Continue reading सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

काठमाडौं । विवादित आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंमा एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी हुन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक… Continue reading निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर

काठमाडौं । न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोप माथि दोषी करार गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ । अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग… Continue reading निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर

हिरासतमुक्त भए सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था… Continue reading हिरासतमुक्त भए सिरोहिया

सिरोहिया थप ३ दिन हिरासतमा रहने

काठमाडौं । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३–३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको… Continue reading सिरोहिया थप ३ दिन हिरासतमा रहने