तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

काठमाडौं । जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न भएको अभियोगमा नायब सुब्बा पक्राउ परेका छन् । सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नासु प्रशासन फाँटमा कार्यरत छन् । एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको छ । घटनामा… Continue reading तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो… Continue reading सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको… Continue reading सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन्। उनले आफ्नो निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्। गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको… Continue reading सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

१० हजार सापटी नदिएको झोकमा हत्या

तनहुँ । तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका ४ घर भई पोखरा महानगरपालिका १२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो। उनी पोखरामा फलफूल तथा बदाम बेच्ने… Continue reading १० हजार सापटी नदिएको झोकमा हत्या

राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।

बीमाको रकम पाउन श्रीमानको हत्या

सप्तरी । सप्तरीमा एक महिलाले बीमाको रकम लिनश्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाइने भएकाले श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर… Continue reading बीमाको रकम पाउन श्रीमानको हत्या

महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। उपकुलपति रेग्मीले दत्तको राजीनामा… Continue reading महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेसी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेसी परेको थियो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको… Continue reading सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

Gorakhapatra

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको आरोपको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको हो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई… Continue reading थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि… Continue reading नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना… Continue reading तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो… Continue reading कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट तीन लाख बढी नगद बरामद भएको छ । मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ… Continue reading भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो । बुधबार… Continue reading यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण… Continue reading सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ। कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य… Continue reading आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ। सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६… Continue reading काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न… Continue reading उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध दायर रिटमा निवेदकले माग गरे अनुसारको आदेश दिनु नपर्ने फैसला गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो। दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएको मानिसको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले… Continue reading प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार

सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र… Continue reading सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो । पर्वका नाममा हुने विकृति र… Continue reading होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्‌‌मा पेस गरिने भएको छ । यसबारे आइतबार नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।… Continue reading संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने

Dna India

काठमाडौं । सोमबार र मंगलबार मनाइने फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने… Continue reading सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने

लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ

File

काठमाडौं । लागुऔषध प्रयोग गरी गाडी चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत राति नागढुंगामा गरेको विशेष जाँचका क्रममा ११ जनाले लागुऔषध प्रयोग गरी गाडी चलाएको पाइएको हो । राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरिएको लागुऔषध प्रयोग गरेका ११ जनालाई नेपाल प्रहरी अस्पताल, लागु… Continue reading लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री… Continue reading कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको हो । कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही हुने महानगरपालिकाले जनाएको छ । यो… Continue reading अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट फैसला गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। सन्दीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भन्दै आदेश दिएको हो। खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको… Continue reading सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो । यसरी अदालतमा… Continue reading सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

पल शाह आज छु्ट्दै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) छुट्दैछन् । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाका छन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।… Continue reading पल शाह आज छु्ट्दै