बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता… Continue reading बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए… Continue reading विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य… Continue reading लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका… Continue reading पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् । ‘जाँचबुझ आयोगले प्रतिवेदन… Continue reading सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्यले बिहीबार उपप्रधानमन्त्री… Continue reading सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

काठमाडौं । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै केही समयअघि पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक)का तत्कालीन १० जना कर्मचारी थुनामुक्त भएका छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होविन्द बोगटीका अनुसार दैनिक हाजिरी जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी… Continue reading धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव… Continue reading विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

सरकार र आरती साहको परिवारबीच सहमति

काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे ।… Continue reading सरकार र आरती साहको परिवारबीच सहमति

सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका… Continue reading सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित… Continue reading स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको बताइएको छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक… Continue reading क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

रविले सम्हाले गृह, के भने ?

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो… Continue reading रविले सम्हाले गृह, के भने ?

मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

काठमाडौं । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्या भएको छ । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती… Continue reading मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

टीआरसी विधेयक आज टुंगिएला ?

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका… Continue reading टीआरसी विधेयक आज टुंगिएला ?

शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको देखिएको छ । पोष्टमार्टम रिपोर्टले यस्तो देखाएको हो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका हुन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको बताइएको छ ।… Continue reading शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो

चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

काठमाडौं । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न असमेत प्रहरीले नुरोध गरेको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका… Continue reading चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ… Continue reading हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य(व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज… Continue reading रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

काठमाडौं । एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेका हुन् । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छन् । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने गरेको फाइदा उठाउँदै गाँजा तस्करी भएको हो । धनकुटाबाट गाँजा तस्करले… Continue reading एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको हो । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह, उनका श्रीमान र दिदी समेत पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह… Continue reading प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरु मेलम्ची खानेपानी… Continue reading भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा अब सरकारको हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा… Continue reading ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरुले सफाई पाएका छन् । ललितानिवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ… Continue reading ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पोखराको मोहोरिया टोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो । उक्त पसलमा अवैध रूपमा सुन तथा… Continue reading पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएको पुष्टी भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक… Continue reading शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत… Continue reading अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको स्वीकार गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि… Continue reading संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको जुरीले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि १ करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख… Continue reading मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला… Continue reading क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर