गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित भएको थियो । उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ। सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम… Continue reading गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई

पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने

काठमाडौं । मंगलबार राजधानीमा एक जनाले आत्मदाहको प्रयासमा आफैलाई आगो लगाए । सो घटनापछि प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई सचेत गराएको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर… Continue reading पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने

फिक्सिङका कारण नेपाली क्रिकेटको बदनाम, सम्मानित खेलाडी नै मुछिए

काठमाडौं । नेपाल टी–२० क्रिकेट लीगका कारण नेपाली क्रिकेट इतिहासकै सबैभन्दा बढी बदनाम भएको छ । खासगरी प्रतियोगिता आयोजना गर्ने र त्यसका माध्यमबाट फिक्सिङ गराउने काममा ेलाडीहरुलाई सहभागी गराएको खुलासा भएसँगै नेपाली क्रिकेट बदनाम हुन पुगेको छ । यसले नेपाल क्रिकेट संघको विश्वसनीयतामा समेत प्रश्न उठेको छ । स्पट फिक्सिङ, म्याच फिक्सिङ र ुबेटिङ जस्ता… Continue reading फिक्सिङका कारण नेपाली क्रिकेटको बदनाम, सम्मानित खेलाडी नै मुछिए

संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । मन्त्रीहरुले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने गरेकोप्रति प्रधानमन्त्री पुष्प कमल दाहालले असन्तुष्टी जनाएका छन् । प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कुनै मन्त्रीलाई नहुने बताएका छन् । कसैले बोले स्पष्टीकरण सोध्ने उनको भनाई छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताको अहिलेको मोडलको विपक्षमा छ । राप्रपा प्रदेशको… Continue reading संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरिएको छ । उनको कार्यालयबाट साढे ९ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भएको जनाएको छ । चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय,… Continue reading ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेले प्रमुख विपक्षी दलको मान्यता र सुविधा पाउने भएको छ । संघीय संसद सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यस्तो जानकारी गराएका छन् । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्र अनुसार प्रतिनिधिसभामा विपक्षी… Continue reading नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख

गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपी समातिने र नयाँहरु फरार हुन नपाउने भन्नेमा हेक्का रहेको बताएका छन् । कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् । आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै… Continue reading गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ

हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए ।… Continue reading हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ

काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो । प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने… Continue reading बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ

यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ताको भागवण्डा मिलेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लागेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा… Continue reading यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन् । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक… Continue reading माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् । कार्यकारी… Continue reading ५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

Gorakhapatra

काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंमा धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित उनि छुटेका छन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने… Continue reading २० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

आज छुट्दैछन् सन्दीप

Gorakhapatra

काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।… Continue reading आज छुट्दैछन् सन्दीप

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका छन् ।विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष… Continue reading अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

Gorakhapatra

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत… Continue reading सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले नेपाल छाड्ने पाउने छैनन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको… Continue reading सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका… Continue reading फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

सरकारले विश्वासको मत पाउने निश्चित

काठमाडौं । सरकारले विश्वासको मत पाउने निश्चित भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएसँगै सरकारले विश्वासको मत पाउने छ । सहमतीसँगै अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जाने भएका छन् । यसअघि राप्रपालाई प्रधानमन्त्रीको आश्वासन दिएर कांग्रेसले सरकार ढाल्न खोजेको आरोप लागेको थियो… Continue reading सरकारले विश्वासको मत पाउने निश्चित

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश नदिएसँगै उनको सबै पद कायम रहेको छ । रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका लामिछाने चितवन… Continue reading गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।… Continue reading गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

काठमाडौं । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका… Continue reading दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाएका छन् । प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा… Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्ने भएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन… Continue reading दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को… Continue reading लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको… Continue reading एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए… Continue reading सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो

काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन पहल शुरु गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाइएको छ । चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम… Continue reading गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो