कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्। बन्दीलाई प्रजनन अधिकार नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको… Continue reading कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

संसदबाट पारित भयो नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१… Continue reading संसदबाट पारित भयो नागरिकता विधेयक

इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले… Continue reading इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम… Continue reading बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो… Continue reading एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट… Continue reading बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने… Continue reading परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

काठमाडौं । अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार भएको छ । निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको बताएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनलाइनबाट फाराम… Continue reading अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोपका सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपाय बारे नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव… Continue reading बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

काठमाडौं । मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरी अनुसन्‍धानले देखाएको छ । प्रहरीले अनुसन्धान पुरी गरी मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठको संलग्नता देखिएको बताएको छ । सुनार ११ असारमा… Continue reading लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो… Continue reading एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाता नामावलीमा नाम लेखाउन अपिल गरेका छन्। सरकारले संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी गरेकोले त्यसअघि नै मतदाता नामावलीमा नाम दर्ता गराउन महामन्त्री शर्माले अपिल गरेका छन्। सोमबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै महामन्त्री शर्माले मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेका छन् ।… Continue reading कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस

ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

काठमाडौं । चार किलो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी गराएका छन् । पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक… Continue reading ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ ।वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महेन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला… Continue reading जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत… Continue reading माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश सामु सिफारिस गरेको छ । योग्यता नपुगी नियुक्ति लिएको ठहर न्यायपरिषद्ले गरेको हो । न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्न सक्ने अधिकार राख्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका… Continue reading उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा… Continue reading गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन… Continue reading निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल… Continue reading स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको छ । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि… Continue reading पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका… Continue reading शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको… Continue reading निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले… Continue reading छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर… Continue reading अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन्… Continue reading मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह,… Continue reading बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी… Continue reading न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै… Continue reading प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

काठमाडौं । आजदेखि बिदा र कार्यालय समय पुर्ववत अवस्थामा संचालन हुने भएको छ । बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय… Continue reading आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

बुधबारबाट मतदाता नामावली संकलन थालिने

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन… Continue reading बुधबारबाट मतदाता नामावली संकलन थालिने