चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो। प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार… Continue reading चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

काठमाडौं । यसअघि अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा नागरिकता संशोधन ऐनसम्बन्धी रिटको पेसी परेपछि हेर्न मिल्ने नमिल्ने हुँदै स्थगित भएको छ । राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसद्का दुवै सदनमा पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले… Continue reading नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक,… Continue reading नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र… Continue reading खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश

प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ… Continue reading प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो

प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

काठमाडौं । तनहुँमा बिहे गरेको २ महिनाकै अवधिमा श्रीमतीको हत्या भएको छ । जिल्लाको व्यास नगरपालिका ४ चिहानडाँडामा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटिएको थियो । शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको भएको खुलेको छ । २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी… Continue reading प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

‘एनसेल मुद्दामा नेपाललाई न्याय’

काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर… Continue reading ‘एनसेल मुद्दामा नेपाललाई न्याय’

नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका… Continue reading नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ । १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध… Continue reading प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

ट्रम्पमाथि अभियोग दायर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार… Continue reading ट्रम्पमाथि अभियोग दायर

लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका… Continue reading लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

नागरिकता ऐन तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले बिहीबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको हो । सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि… Continue reading सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

रेशम चौधरी जेलबाट छूटे

काठमाडौं टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय… Continue reading रेशम चौधरी जेलबाट छूटे

राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम… Continue reading राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक कालोपत्र गर्ने ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरले सडक निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनी बिरूवा कन्स्ट्रक्सन काठमाडौं र सिएम पवित्र महर्जन जेभी ललितपुरलाई सात दिने स्पष्टीकरण सोधेको हो। सडक स्तरोन्नतीको कार्यप्रगती सन्तोषजनक नरहेको विषयमा पटकपटक पत्राचार गरिएको र निर्माण कम्पनी… Continue reading सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण

ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो

काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर दिएको अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हो । शनिवार आज बसेको प्रतिनिधि सभा बैठकमा… Continue reading ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह

काठमाडौं । सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा अलपत्र पारेको नागरिकता विधेयक कसरी टुंगो… Continue reading नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह

रेशम चौधरीलाई माफी दिने बाटो खुला

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रेशमको निवेदन गृहमा पठाएका हुन् । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो । त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने… Continue reading रेशम चौधरीलाई माफी दिने बाटो खुला

जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस

काठमाडौं । जनमत पार्टीका दुई जना सांसदलाई निष्कासनको सिफारिस गरिएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने सिफारिस गरेको हो । ‘केन्द्रीय कमिटीले सिफारिस गरेको उक्त विषय कारबाहीको प्रक्रियामा गएको बताइएको छ । अनुशासन कमिटीमा उक्त विषय लैजाने र कमिटीले… Continue reading जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस

रेशम चौधरीलाई आममाफी दिने तयारी

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको… Continue reading रेशम चौधरीलाई आममाफी दिने तयारी

रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

काठमाडौँ । जन्म कैदको सयाज भोगिरहेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको बाँकी सजाय माफी गर्न सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेको छ । २०७२ मा कैलालीको टीकापुर ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी घटाइएको नरसंहारको घटनामा अदालतबाट दोषी प्रमाणित भई जेल सजाय भोगिरहेका उनको बाँकी सजाय माफी दिन सरकारले राष्ट्रपतिको कार्यालयमा गृह मन्त्रालयमार्फत… Continue reading रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति… Continue reading रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन… Continue reading नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष… Continue reading भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

काठमाडौं । उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ। आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिएकी छिन् । मादकपदार्थ… Continue reading बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका ४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका ३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् । काठमाडौं… Continue reading भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

टिकापुर घटनाका दुई प्रतिवादी पाए सफाइ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जना सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएका छन् । सर्वोच्चले अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको हो । लक्ष्मण थारुको हकमा… Continue reading टिकापुर घटनाका दुई प्रतिवादी पाए सफाइ

पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

काठमाडौं । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा… Continue reading पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

पूर्वसभासद आङटावा पुगे प्रहरी कार्यालय

file

काठमाडौं । पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएका हुन् । उनीविरूद्ध कुनै पक्राउ पुर्जी भने जारी भएको थिएन। तर समाचारहरूमा उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको भन्‍ने खबर पाएर त्यसबारे बुझ्न परिसर आएको बताइएको छ ।