सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका लागि स्थगित भएको छ। सरकारले बैठक सार्न सभामुखलाई आह्वान गरे अनुसार बैठक स्थगित भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुनुपर्ने प्रधानमन्त्रीको चाहना छ । तर, सत्तारुढ अन्य दलको दवावका कारण सरकार समेत बाध्य भएको हो । नेकपा माओवादी केन्द्रले… Continue reading सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

काठमाडौं । तीन जना व्यावसायिक साझेदारको हत्या गरि करोडौं रुपैया कमिसन खान खोजेका अनिल कुमार मन्डल र उनले परिचालन गरेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ  । तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । मोरङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा… Continue reading घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित  थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो। गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको… Continue reading मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना… Continue reading बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा  सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको… Continue reading प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए । प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु… Continue reading राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा… Continue reading क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

File

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मौन अवधी आजबाट शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधी प्रारम्भ भएको हो । मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पार्टीहरुले पालना गर्नु पर्छ । यसमा निर्वाचन आयोगले सचेत गराएको छ । मौन अवधिमा निर्वाचन… Continue reading आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ । विधानको… Continue reading राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

आइतबार देशभरका अदालत बन्द हुने

काठमाडौं । आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरण शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको बताइएको छ… Continue reading आइतबार देशभरका अदालत बन्द हुने

गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

File RSS

काठमाडौं । नेपालमा चूनावी सरगर्मी बढेको छ । कानून अनुसार स्थानीय तहको निर्वाचन शुरुमा गर्नुपर्छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले पहिला संसदीय निर्वाचनको प्रस्ताव गरेसँगै राजनीतिक माहौल तात्तिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाका… Continue reading गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको… Continue reading मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

File

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी… Continue reading कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।… Continue reading कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो ।… Continue reading एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको… Continue reading नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिक एक घरको कोठामा युवक–युवती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमले प्रहरीलाई उदृत गर्दै जनाए अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार उनीहरु डेरामा सँगै बस्दै आएका थिए । उनीहरुको शरीरमा धारिलो… Continue reading काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला

ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । राससका अनुसार विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो जानकारी गराएका हुन् ।… Continue reading ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको छ । आगामी माघ १२ मा निर्वाचन हुदैछ ।  सो प्रयोजनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको  छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले… Continue reading आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार उठाइने भएको छ । यसले एमालेलाइ झट्का लाग्ने छ । उमेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक आजका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाएका हुन् । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको… Continue reading राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे । माओवादीको विधानमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।… Continue reading माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ । संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो… Continue reading आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११… Continue reading राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको… Continue reading माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

काठमाडौ ।  चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ लागू औषधको कसुरमा पक्राउ परेका छन् । उनलाइ प्रहरीले  पाेखराबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे । लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी गराएका छन् । … Continue reading लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ ।  जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् ।  छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि  नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।… Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी… Continue reading आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी १५ सदस्यीय हुने भएको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । विधानको मस्यौदाअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने भएको… Continue reading माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता