काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै एमालेमा माधव नेपाल पक्षको माग पुरा भएको छ । सर्वोच्चले एमाललाई २ जेठ २०७५ को अवस्थामा फर्काइ दिएको हो । प्रकाश ज्वालासहित चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई… Continue reading सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन
Category: कानुनी कुरा
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग परामर्श गर्ने भएका छन् । उनले शुक्रबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र पठाएर बैठकमा बोलाएका छन् । बैठक समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ । संघीय संसद… Continue reading सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए
सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ… Continue reading सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् । यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार… Continue reading वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?
संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । यसले कम मात्र… Continue reading एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने
काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी… Continue reading देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने
संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन्… Continue reading संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् । देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित… Continue reading प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् । कांगे्रसका वरिष्ठ नेता रामचन्द्र… Continue reading राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास
काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा… Continue reading महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास
पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान
काठमाडौं । नेपालमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने थियो । तर, आफ्नो पक्षमा विश्वासको मत लिन नसक्ने निश्चित भएपछि ओली पुनः अर्को कदममा गएका हुन् । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति विद्यादेवी… Continue reading पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान
राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा
हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान गर्ने प्रक्रिया शुरु भएको छ । गृहमन्त्री तथा एमालेका उमेदवार रामबहादुर थापा बादल र अर्का एमालेका उमेदवार डा. खिमलाल देवकोटा ९ बजे नै मतदान केन्द्रमा पुगेका छन् । मतदान सकिनासाथ गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ । मतदान ३ बजेसम्म हुनेछ… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा
आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । उनीहरुलाई नेमकिपाका… Continue reading आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने
काठमाडौं । चिनियाँ खोप भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकले दोस्रो डोजका लागि आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन पास माग्दै नआउन र स्थानीय तहमा पुगेर नाम टिपाउन आह्वान गरेको छ । अहिले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज उपत्यकाका धमाधम लगाइरहेको… Continue reading चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन एमालेले जारी गरेको ह्वीप नमान्ने संकेत वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । मंगलबार बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर… Continue reading राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने
सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ… Continue reading सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन ६ जेठमा हुँदैछ । निर्वाचनमा दुबै उमेदवार एमालेका छन् । तर, एमालले भने रामबहादुर थापामगर ुबादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका छन् । उनले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख… Continue reading राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान
काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन्। सोमबार अबेर राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी… Continue reading बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान
प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ । केपी… Continue reading आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट
एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित
काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो । अदालतको आदेशपछि माओवादी… Continue reading एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित
संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यो बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ । बैठकमा सभामुख अग्नी खरेलसमेत नजाने भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी गराएका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित रहेको उल्लेख… Continue reading संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय
राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी… Continue reading कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक
कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण
काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ । अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ… Continue reading कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन २७ वैशाखका लागि संसदको विशेष बैठक बोलाएका छन् । ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको… Continue reading नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत… Continue reading माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध
काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए । उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा… Continue reading शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध