लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा ६ वैशाखमा अविश्वासको प्रस्तवा दर्ता भएको हो । सो प्रस्ताव आजको बैठकमा पेश गर्न लागिएको हो । यसबारे शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । नेकपा… Continue reading लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको प्रदेशसभा सदस्य पद गएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको छ । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१ं बाट प्रत्यक्ष निर्वाचित भएका… Continue reading लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने… Continue reading माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको… Continue reading गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ । प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला… Continue reading नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

काठमाडौं । मानिसहरुले आफुले लगाएको मास्क जथाभाजी फ्याँक्न थालेपछि सरकारले कडाई गरेको छ । सरकारले स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालेको राससले लेखेको छ । यसअघि सडकमा यत्रतत्र मास्क अब पाँच दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । साथै त्यसरी मास्क सडकमा फ्याँक्नेमाथि कारवाही समेत गर्ने स्थानीय प्रशासनको तयारी रहेको छ ।… Continue reading आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । गगन थापासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चार सांसदले वायु प्रदुषणबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । वायु प्रदूषण बढेको र यसबारे छलफल गर्न अत्यावश्यक रहेको भन्दै सांसदहरुले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् । वायु प्रदूषण न्युनिकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी तथा पहल कदमीबारे… Continue reading गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । सरकारले एमसीसी संसदमा अगाडी बढाउन गरेको प्रस्ताव र यसले कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ… Continue reading आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६… Continue reading गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले… Continue reading कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

सदनमा एमसीसी रोकेको भन्दै प्रधानमन्त्री ओली सभामुखविरुद्ध आक्रोसित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुखविरुद्ध आक्रोसित बनेका छन् । शनिबार आफैले बोलाएको सर्वदलीय बैठकमा उनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध आक्रोस पोखेको नेताहरुले जानकारी गराएका छन् । यद्दपी आजको बैठकमा माओवादी केन्द्र र एमालेको माधव नेपाल समुहका नेताहरु भने सहभागी भएनन् । यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि वालुवाटार गएनन् । उता, प्रधानमन्त्री… Continue reading सदनमा एमसीसी रोकेको भन्दै प्रधानमन्त्री ओली सभामुखविरुद्ध आक्रोसित

कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमालले समर्थन फिर्ता लिएसँगै उनले प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएको हो । उनले आफ्नो सत्ता बचाउन बहुमत सावित गर्नुपर्छ । आजबाट प्रदेशसभाको सातौँ अधिवेशन शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनमा पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल… Continue reading कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो । सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब… Continue reading माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् । देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा… Continue reading देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा

Photo source : Ratopati

काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने कारखाना फेला परेको छ । आज वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले कारखानामा छापा मारेसँगै यसको रहस्य खुलेको हो । विभागले छापा मारेको यो कारखानाबाट ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको फेला परेको हो । विशेष सूचना पाएपछि विभागले… Continue reading कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा

भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका… Continue reading भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका… Continue reading भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि संसदलाई विजनेश नदिएको र पंगु बनाउन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित… Continue reading प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा प्रारम्भ हुने भएको छ । तर, यो भेलामा नजान ओली समुहको एमालेले भने कडा उर्दी जारी गरेको छ । नेता इश्वर पोखरेलले एमालेको कुनै पनि राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुट भेलामा सहभागी नहुने सबैमा आग्रह गरेका छन् ।… Continue reading एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वदलीय बैठक आह्वान भएको छ । मंगलबार दिउँसो ४ बजे बस्ने गरी दलहरुलाई राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता पठाइएको छ । बदलिँदो परिस्थितिमा दलहरुबीच तिब्र ध्रुविकरणका बीच बोलाइएको यो… Continue reading राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु खारेज गर्ने निर्णय गरेको भोलीपल्ट बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ । यो संगै एमालेमा स्पष्ट दुई धारमा कमिटीहरु क्रियासिल भएका छन् । एमालेको नेपाल-खनाल समुहको आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय… Continue reading एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका दुई दर्जन नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएसँगै ती नेताबारे माओवादी केन्द्रले आज निर्णय गर्ने भएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँगको छलफलबारे… Continue reading आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

काठमाडौं । महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्त भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले यसको पुष्टी गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको अभियोग प्रमाणित भएको हो । उनलाई भविष्यमा सरकारी… Continue reading यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ… Continue reading सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो । अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो ।… Continue reading अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

पहिचानको हक र नारी दिवस

कल्पना शाक्य (अधिवक्ता) मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान… Continue reading पहिचानको हक र नारी दिवस

निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव… Continue reading निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् ।… Continue reading भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम… Continue reading आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका… Continue reading प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने