Category: कानुनी कुरा

  • प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

    प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

    काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ । पीडितहरुलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरुले रु. ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

    यसरी रकम ठगी गरी उनीहरुले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरुलाई आज पक्राउ गरिएको उनले बताए । उनीहरुलाई थप कारबाहीका लागि आजै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ । रासस

  • १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

    १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

    काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको हो ।

    कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो। यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो। मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ब्रेक शु मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।

    विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ। चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्।

  • सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा

    सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।

    त्यसक्रममा कोठामा ५–६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको यकिन भइसकेको छैन । अहिले ती बाकसलाई शील गरिएको बताइएको छ । विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्‍याउने जिम्मेवारी आफूले पाएको खुलाएका थिए । तर, त्यसमा सुन रहेको आफूलाई थाहा नभएको उनले बताएका छन् ।

    लामाको बयानपछि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले बालुवाटारस्थित उक्त घरमा छापा मारेको हो । त्यसपछि सुन तस्करीमा संलग्न समूहले प्रयोग गरेको उक्त कोठामा शील गरिएको हो । यसअघि पनि विमानस्थलबाट आएको सामान त्यही कोठामा लगेर भण्डारण गरेको पाइएको छ ।

  • बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

    बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । यसले सुनको वास्तविक तौल पत्ता लाग्ने छ । राजश्व अनुसन्धान विभागले सुन झण्डै एक क्विन्टल भएको हुन सक्ने अनुमान गरेको छ । यस प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् ।

    विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ । थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

    अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।

  • क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी

    क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् ।

    विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद भएको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो ।

    एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । यो घटनामा ठूलो व्यापारी संलग्न रहेको अनुमान गरिएको छ । यद्दपी विभागले कुनै तथ्य सार्वजनिक भने गरिसकेको छैन ।

  • काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

    काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानालाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

  • ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

    ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

    काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ छन् ।

    प्रहरीका अनुसार १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको आरोप छ ।

  • समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?

    समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।

    उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी पाउँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिंकका महिला पुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम दर्ताद्वारा विवाह गराउन मिलेन । कानून बमोजिम गर्नुहोला ।’ मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ मा भएको व्यवस्था अनुसार अदालती विवाह गर्न जोडी जिल्ला अदालत पुगेको थियो । उक्त दफामा अदालतमा दर्ता गरेर विवाह गरिने प्रावधान छ ।

    यसअघि उक्त जोडीसमेतले समलिंगी विवाहको माग गरेर सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले समलिंगी विवाहको कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिँदै कानुनी व्यवस्था नहुँदासम्म अस्थायी दर्ता किताब राखेर भए पनि विवाह दर्ता गर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

    १३ असार, २०८० मा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासको आदेशमा भनिएको थियो, ‘विवाहको अस्थायी अभिलेख रहने गरी विवाद दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु÷गराउनू ।’ त्यही अन्तरिम आदेश देखाएर उनीहरुले विवाद दर्ताको प्रयास गरेकामा जिल्ला अदालतले दर्ता गर्न इन्कार गरेको हो ।

    समलिंगी, तेस्रोलिंगी समुदायका अधिकारकर्मी सुनीलबाबु पन्तले सर्वोच्चको आदेश हुँदाहुँदै पनि जिल्ला अदालतका न्यायाधीशले विवाह दर्ता गर्न अस्वीकार गरेको बताए । ‘उहाँले अदालतले विवाह दर्ता गर्दैन, दर्ता विवाह गर्छ भनेर शब्दमा खेल्नुभयो । सर्वोच्चको अदालतको सामन्य भाषामा लेखिएको विवाह दर्ता गरिदिनू सम्बन्धित निकायले भन्नेमा उहाँले त्यही शब्दलाई खेलाएर विवाह दर्ता गर्नुभएन’ उनले भने ।

  • कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

    कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।


    त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । देउवाले बिहान नौ बजे शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई(दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

    गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।

  • ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

    ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

    श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ । त्यो हालसाविकको निर्णयबाट सुवर्ण शम्शेरका हकदारहरू सुनिती राणा, शैलजा राणा, हाटक शम्शेर, हेमन शम्शेर र रुक्म शम्शेर समेतका व्यक्तिहरूका नाममा सरकारी जग्गा दर्ता गरिएको थियो।

    श्री ५ को सरकार समरजंग कम्पनीको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको जग्गा व्यक्तिविशेषको नाममा हालसाविक गरिदिनको लागि भूमिसुधार तथा व्यवस्थापन विभागबाट मिति २०५९–६–२४ गते सहमति दिने निर्णय गरेको देखिएकोमा उक्त निर्णय प्रक्रियामा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ संलग्न भएको छानबिन प्रतिवेदनमा उल्लेख छ। उनीमाथि चार वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ करोड २३ लाख विगो मागी भ्रष्टाचार मुद्दा चलाएको थियो ।

  • बहालवाला सचिव परे सिआइबीको फन्दामा

    बहालवाला सचिव परे सिआइबीको फन्दामा

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनलाई जोगाएको थियो ।

    भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्नता पुष्टि नभएको भन्दै आयोगले राउतसहित १७ जनालाई मुद्दा नचलाउने निर्णय गरेको थियो । यकिन प्रमाणबाट संलग्नता रहेको पुष्टि भएपछि कानुन बमोजिम हुने भन्दै त्यसबेला मुद्दा नचलाउने भनिएको थियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक किरण बज्राचार्यका अनुसार राउतले जग्गा हिनामिना गर्ने गिरोहलाई सहयोग हुने गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा हुँदा टिप्पणी उठाएका थिए । मन्त्रालयले १७ असार २०६७ मा रायका लागि पेश गरेको निर्णयको मिसिलमा उनको हस्ताक्षर छ । मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा ‘ललितानिवास क्याम्पभित्र समरजंग कम्पनीको नाममा रहेको २७ रोपनी ७ आना जग्गा प्रधानमन्त्री निवासमा ल्याउने’ उल्लेख थियो ।

    त्यसरी जग्गा ल्याउँदा त्यहाँ रहेका मोहीलाई बाहिरको सरकारी जग्गा सट्टा भर्ना दिने भन्दै अर्को निर्णय समेत भएको थियो । अधिकृतहरुका अनुसार, प्रस्तावको टिप्पणी उठाएका बेला उनको मन्त्रालयमा उपसचिव थिएनन्, त्यसैले अधिकृतकै हैसियतमा उनले प्रस्ताव उठाएका थिए । सीआईबीले अहिले ललितानिवास प्रकरणमा सरकारी कागजात किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    सीआईबीले आइतबारै समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम ९२०४२–४५० र खरिदार गोपाल कार्कीलाई पनि सीआईबीले नियन्त्रणमा लिइसकेको छ ।

    ब्यूरोले उनीहरुसँगै कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो । तर, उनीहरु सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर पक्राउ परेकै दिन छुटिसकेका छन् ।

  • दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण

    दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा उनीहरूले अटेर गरेका हुन्।

    त्यसपछि सात दिने अर्को स्पष्टीकरणको पत्र काटिएको कार्यालयले जानकारी दिएको छ। ‘निर्माण व्यवसायीहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ ९सात० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ,’ उसले भनेको छ।

  • घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

    घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट घुसवापत लिएको दुई लाख रुपियाँ रकमसहित नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।

  • अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

    अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको बताए । उनले समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन गर्ने पनि बताए ।

    त्यस्तै समितिले काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाहरुबाट घर जग्गा पास गर्दा लिने थप ०।५ प्रतिशत शुल्क वाग्मती र सहायक तथा उपसहायक नदीहरुको पानी प्रशोधन, सौन्दर्यीकरण तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गरी वाग्मती सभ्यता बचाउन तथा काठमाडौंलाई बस्न लायक सहर बनाउन उपरोक्त शुल्क सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    ‘वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने, समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती ब्युटिफिकेसनको स्थलगत अवलोकन गर्ने, उनले भने ।

    यस्तै उर्जा मन्त्रालयसँग नेपालका प्रधानमन्त्री भारत भ्रमण गर्दा भएका १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने बारेमा के भएको हो ? त्यसका बारेमा सहमति, सम्झौता के भएको हो ? सो सम्बन्धी कागजात माग गर्ने र नेपाल–बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा के भएको छ ? पछिल्लो अवस्था सो पनि माग गर्ने निर्णय भएको बताइएको छ ।

  • निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

    निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो ।

    त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए । गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो ।

    गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।

  • कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ

    कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ

    काठमाडौं । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् । उनका अनुसार वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको थियो ।

    प्रहरीले सोमबार मात्र उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ । बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको बुझिएको छ ।

    बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

    बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

    काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् ।

    यही असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो ।

    सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका(१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए ।

    सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको र त्यही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरेको उनले बताए । करिब २ करोड मूल्यको १ केजी ९६५.३ ग्राम तौलको सुन, सुन तस्करी गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।

  • ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

    ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

    यो मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

  • अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी

    अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी

    काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निवेदनमा जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न अनुमति दिएको हो ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । बस्न्यात ललितानिवास प्रकरणमा पक्राउ परेर थुनामा रहेको अवस्थामा बन्दीप्रत्येक्षीकरणको रिटमार्फत कोरोना पोजेटिभ रिपोर्ट देखाएर २७ वैशाख २०७८ मा रिहा भएका थिए।

  • यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

    यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको छ।

    ‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नूरगराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। पिंकी गुरूङ भन्ने सञ्जीव गुरूङसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

  • ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप

    ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

    न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो ।

    जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गरेका थिए ।

  • सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

    सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

    काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। 

    सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ।

    आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    महोत्तरीमा न्यू साई ज्वेलर्सका सञ्चालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका सञ्चालक चन्दनकुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको महासंघले उल्लेख गरेको छ।  

    महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यी पसलबाट गरगहना चोरी भएको छ।

    गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारबाही गर्नको लागि महासंघले माग गरेको छ। लुटपाटको क्रममा अज्ञात समूह संलग्न भएको र सो समूहको तत्काल पहिचान गरी आवश्यक  कारबाही  गर्न उनीहरूको माग छ।

    हाल व्यवसायीहरू आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरू झनै बढ्न सक्ने भन्दै महासंघले व्यवसायीलाई सचेत हुन आग्रह गरेको छ। 

    त्यस्तै सरकारसमक्ष शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले माग गरेको छ।

  • प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य

    प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य

    काठमाडौं । गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो। जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे।  

    ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो। 

    झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टबाट काठमाडौं-१ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं-१६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गर्यो। 

    ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुबै जना लिभिङ टुगेदर बस्ने गरेका थिए। महर्जनले श्रेष्ठसँग मिलेर चोरी गर्ने गरेको शाहले बताए।

    सुवोध श्रेष्ठ २०६१ सालमा चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको प्रहरी रेर्कडमा उल्लेख छ। जेलबाट छुटेपछि उनले महाबौद्धमा आइटीसम्बन्धी काम सिकेर आफ्नै पसल समेत खोलेका थिए।

    आइटीको काम सिकेपछि उनले काठमाडौंमा संचालनमा रहेका विभिन्न आइटीकै कम्पनीमा सामान खरिद गर्न दिउँसो गएर कुराकानी र रेकी गर्ने रातको समयमा भने चोरी गर्ने गरेको एसएसपी शाहले बताए।

    उनीहरूले चोरी गरेको सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको शाहले जानकारी दिए। श्रेष्ठ जोडीले ललितपुर र काठमाडौंमा गरेर ४ स्थानमा चोरेको बयान दिएका छन्। 

    तर प्रहरीले भने यी दुई जिल्लामा उनीहरूले ८ स्थानमा चोरी गरेको दाबी गरेको छ।

    उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको, खाना पनि हरेक दिन रेष्टुरेन्टबाट मगाउने गरेको प्रहरी समक्ष बताएका छन्।

    एक स्थानमा चोरी गर्न जाँदा उनीहरूले ३ वटा सम्म पठाओ बुक गर्ने गरेका थिए। प्रहरीबाट उम्कन सकियोस् भनेर उनीहरूले एक पटक पठाओ बुक गरेपछि त्यो मोबाइल नम्बर अर्को पटक प्रयोग गर्दैनथे।

    अष्ट्रेलिया जानका लागि आइएलटिएस गरिरहेको र त्यहाँ जान लाखौं रुपैयाँ लाग्ने भएपछि चोरी कार्यमा लागेको उनीहरूले प्रहरी समक्ष दिएको बयानमा भनेका छन्।

    पुतलीसडकको एक आइटी कम्पनीमा उनीहरू रातको ११ बजे छिरेर बिहान ५ बजे निस्किएको एसएसपी शाहले बताए। प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।

  • सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ

    सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ


    काठमाडौं । काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

    उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले  जानकारी  दिए । एसपी रेग्मीका अनुसार  पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    यसअघि जेठ ३२ गते अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो

    पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।

    नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।

    सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन ।

  • ‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’

    ‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने निर्णयविरूद्ध दिएको अन्तरिम आदेश नमान्ने बताएका छन् ।

    अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्। मेयर शाह लेख्छन् , “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।

    फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।”

  • भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

    भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको छ ।

    भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

  • नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

    नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

    काठमाडौं । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउन बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।

    मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाइदिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्न पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।

    मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको बताए । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् । तीन जना पुरुषलाई बेलायत बसोबासका लागि पठाउनका लागि बुबा बनेर नागरिकता बनाइदिएको देखिएपछि म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।

  • चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

    चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

    काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

    प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको हो। ढकाल र शर्मालाई ९(९ वर्ष कैद सुनाएको छ। इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको हो।

    उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो।

    अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।

    ९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको सुरूको मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। सो मध्ये १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो।

    बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो। अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।

  • नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

    नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

    काठमाडौं । यसअघि अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा नागरिकता संशोधन ऐनसम्बन्धी रिटको पेसी परेपछि हेर्न मिल्ने नमिल्ने हुँदै स्थगित भएको छ ।

    राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसद्का दुवै सदनमा पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए ।

    उक्त विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ता गरेका थिए ।

  • नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

    नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

    काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

    प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्तीलाई पनि पक्राउ गरेको छ । डीएसपी गौतमका अनुसार ज्ञानबहादुरले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी राखेर नाति विवेकलाई छोरा हो भन्दै जन्मदर्ता प्रमाणपत्र बनाएका थिए ।

    जन्मदर्ताको आधारमा वडा कार्यालयले विवेकको नागरिकताको लागि सिफारिस गरेको थियो । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट विवेकले नागरिकता लिएका थिए । नातिलाई छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।