कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ । घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर… Continue reading कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो । बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले… Continue reading युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

भाइरल डोजर काण्ड, चालक पक्राउ

बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ । सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ । यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९… Continue reading भाइरल डोजर काण्ड, चालक पक्राउ

द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

काठमाडौं । सरकारले द्वन्द्वपिडित बाँकेका जयलाल शर्मालाई दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनका छोरा द्वन्द्वकालमा मारिएका थिए । यसबाहेक काभ्रेकी सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उनी जनआन्दोलनकी घाइते हुन् । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो… Continue reading द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

काठमाडौं । प्रहरीले चाडपर्व लक्षित गर्दै नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ । योजना अनुसार चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरी खटिने छन् भने मोटरसाइकलबाट चुस्त गस्तीलाई प्राथमिकता दिइने भएको छ । नाकाहरुमा तालीमप्राप्त कुकुरसहितका प्रहरीले कडा चेकजाँच गर्ने भएका छन् । प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि तयार पारेको विशेष सुरक्षा योजना लागू… Continue reading प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना निद्रामा देख्नुको कुनै औचित्य नहुने बताएका छन् । आफ्नो दल र सरकारले देखेका सपना ब्यूझेकै अवस्थामा देखेको भन्दै उनले यी सपना केवल सपना मात्र सिमित नहुने बताएका हुन । संविधान दिवसको अवसर पारेर मूल समारोह समितिद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलले… Continue reading सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री

आज संविधान दिवस, धुमधामले मनाइदै

काठमाडौं । ४ वर्ष अगाडी संविधानसभाबाट जारी भएको संविधानको उत्सवमा आज चौथौ संविधान दिवस मनाइदैछ । सरकारले यस दिनको अवसर पारी सार्वजनिक बिदा दिएको छ । सम्पूर्ण सरकारी कार्यालयहरुले बिहानै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका छन् । नेपालको झण्डा बोकेर विविध कार्यक्रममा कर्मचारीलाई सरिक बनाउने योजना सरकारको छ । घरघरमा दिपावली गर्न र… Continue reading आज संविधान दिवस, धुमधामले मनाइदै

बानेश्वरबाट १० जुवाडे पक्राउ

फाइल तस्वीर

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र २ महिला छन् । महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेकै स्थानबाट रंगेहात उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसमेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ । नयाँ बानेश्वरस्थित संगम… Continue reading बानेश्वरबाट १० जुवाडे पक्राउ

गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

काठमाडौं । काठमाडौं । संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीद्धारा समातिएका नरेश बहादुर थापा १ लाख धरौटीमा थुनामुक्त भएका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका भाई हुन् । बुधबार आरोपित नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले थापालाई १ लाख रुपैयाँमा थुनामुक्त गर्न आदेश दिएको हो । उनीसँगै… Continue reading गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले पञ्जालाई चुनावचिन्ह रोजेको छ । उक्त पार्टीले पञ्जालाई चुनाव चिन्ह तय गरी निर्वाचनमा आयोगमा मंगलबार दर्ता गरेको हो । आयोगले यस विषयमा निर्णय लिन भने बाँकि रहेको छ । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीको एकताबाट नयाँ पार्टीको जन्म भएको थियो… Continue reading भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’

तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

काठमाडौं । नेपाल तरुण दलको विवाद छताछुल्ल भएको छ । शनिबार अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई कारवाही गरेको विज्ञप्ती सार्वजनिक गरेसँगै तरुण दल भित्रको विवाद सतहमा आएको हो । दुबै नेताले शनिबार एकले अर्कालाई पदबाट बर्खास्त गरेको वक्तव्य सार्वजनिक गरेका छन् । अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी… Continue reading तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ । बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई… Continue reading गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी थालेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यस अवसरमा उनले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरे । पारदर्शीता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे… Continue reading सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी

काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्याको घटना निकै बढेका छन् । त्यसमा पनि राजधानी काठमाडौंमा जोडीसहित आत्महत्या गर्नेको संख्या उल्लेख्य बढेको हो । आइतबार मात्र एक जोडी गौशालास्थित भण्डारखालको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार खोटाङ घर भएका एक जोडीले आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । खोटाङ, दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१०… Continue reading काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी

पत्रकार बन्न लाइसेन्स अनिवार्य

काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ । यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन्… Continue reading पत्रकार बन्न लाइसेन्स अनिवार्य

भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए । करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।… Continue reading भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पहाडी भेगका जिल्लामा पाल्ने उद्देश्यले पठाएका गाइ वस्तु सुर्खेतमा मृत अवस्थामा फेला परेका छन् । बिहीबार राती उपमहानगरपालिकले दैलेखतर्फ पठाएका गाई गोरु सुर्खेतमै मृत अवस्थामा भेटिएपछि गाइवस्तुको हत्याको आशंका गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरतर्फ दैलेख सदरमुकाम जाने सडक छेउको भीरबाट गाइवस्तु ट्रक चालकले भीरमा खसालिदिएको आशंका प्रशासनले गरेको… Continue reading नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका

सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले  आदेश दिएको छ । अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो । सोमबार जिल्ला अदालत,… Continue reading सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

चितवन । चितवनमा अराजक बन्दै गएको प्रदर्शन निरुत्साहित गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो । निषेधाज्ञा सोमबार बिहान ६ बजेबाट शुरु भएको छ । जिल्ला अदालत आसपास निषेधाज्ञा क्षेत्र तोकिएको हो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा टिभी प्रस्तोता रवि लामिछानेको… Continue reading चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा टिभि रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको निष्कर्षमा प्रहरी पुगेको छ । उनीहरुविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिएर प्रहरीले १० दिनसम्म यस घटनाको सुक्ष्म अध्ययन गरेको थियो । आइतबार चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स… Continue reading रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा

चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनले थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । बयान नसकिएका कारण उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको… Continue reading रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा

बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त

सुर्खेत । बैंक कीर्ते गरी आर्थिक अनियमितता गरेको आरोपमा मुछिएका कर्णाली प्रदेश, भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । कर्णाली सरकारले उनलाई बिहीबारदेखि लागु हुने गरी बर्खास्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड (ख) बमोजिम पदमुक्त गरेको प्रदेश सरकारले उल्लेख… Continue reading बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त

कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

Minister of General Administration Lalbabu Pandit

लालबाबु पण्डित मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने विधेयक ल्याउने तयारी गरेसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजीनामा दिने घोषणा गरे सरकारले लगत्तै राजीनामा स्वीकृत गर्ने कडा विधेयक ल्याउने तयारी गरेपछि सरकारी कर्मचारीहरुले त्यसको विरोध गरेका छन् । सरकारले… Continue reading कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

काठमाडौं । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको भन्दै नेपाली दूतावासले भिडभाडमा नजान नेपालीहरुलाई सचेत गराएको छ । दोहामा भएको सांघातिक आक्रमणमा एक जनाको निधन भएको र पाँचजना घाइते भएको दूतावासले उल्लेख गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दोहाको जैदा पार्कमा नेपालीमाथि आक्रामण भएको थियो । आक्रमणमा परी सुनसरीका तवरेज अन्सारीको निधन भएको दूतावासले… Continue reading कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?

रमेश श्रेष्ठ कानुन ब्यबसायी ,न्युयोर्क

टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ? डीएनएको टेस्ट गर्न खर्चिलो र धेरै समय लाग्ने भएकाले ज्यादै चिन्तित छु । सल्लाह दिनुभए आभारी हुने थिएँ । धन्यवाद । – ओम, अमेरिका युएससीआईएसले शुरुमा पेश गरेको कागजपत्र प्रमाणका आधारमा निवेदनउपर निर्णय गर्न सकेन भने थप… Continue reading डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?

सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या

रौटहट । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका एक कर्मचारीले इमानदारीसाथ काम गर्दागर्दै फसाएको भन्दै आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आइतबार आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटे जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । सोही स्थानका स्थानीय उनी शनिबार काठमाडौंदेखि उदयपुर गएका थिए। प्रहरीका… Continue reading सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या

प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

दार्चुला । सशस्त्र प्रहरी जवान दीपकसिंह बडाल बाघको अबैध छालासहित पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट प्रहरीले सशस्त्र प्रहरीका जवानलाई बाघको छालासहित पक्राउ गरेको हो । उनी शुक्रबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ गस्तीमा खटिएको प्रहरीले जवान बडाललाई पक्राउ गरेका हो । उनको साथबाट ३९ इन्च लामो तथा १० इन्च चौडा… Continue reading प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

गोली हानेर समातिए तामाङ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई युवालाई पक्राउ गर्न गोली प्रहार गरेको छ । काठमाडौंको स्वयम्भूमा लोप्चन नामले चिनिने मिलन तामाङमाथि प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेका लोप्चनसहित अर्का यूवक अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका छन् । रामेछापस्थित लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्काएर २ करोड मागेको आरोप लोप्चन माथि छ । उनले… Continue reading गोली हानेर समातिए तामाङ

सरकारी कर्मचारीलाई कस्दै सरकार

साभार स्केच

काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ । खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो । कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी… Continue reading सरकारी कर्मचारीलाई कस्दै सरकार

हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध हटेको छ । दुई पक्षबीच सोमबार प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने गरी दुई बुँदे सहमति भएको… Continue reading हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन