सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

काठमाडौँ, २९ असोजः जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने… Continue reading सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौँ, २९ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । आजदेखि रिट निवेदन दर्ता र… Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

AI Generated Image

चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का… Continue reading मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य… Continue reading विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

काठमाडौँ, २८ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको… Continue reading गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ, २७ असोजः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, “एयर एसियाको उडानद्वारा… Continue reading विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

२७ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ… Continue reading पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा… Continue reading सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

राष्ट्रिय समाचार समितिसिरहा, २७ असोज । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण… Continue reading सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

काठमाडौँ, २६ असोजः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो… Continue reading राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा… Continue reading सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौँ, २६ असोजः दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना… Continue reading घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ । विज्ञप्तिमा विसं २०७९ पुष… Continue reading सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको राससलाई जानकारी दिए । उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा… Continue reading दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

२२ असोज, त्रिशूली । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक… Continue reading नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

राष्ट्रिय समाचार समिति सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ… Continue reading सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

काठमाडौँ, २१ असोज स् जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चाररपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको… Continue reading ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

काठमाडौं, २१ असोज । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी… Continue reading ‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र… Continue reading प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

१५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै… Continue reading ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

१२ असोज, काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज… Continue reading ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

(AP Photo/Niranjan Shrestha)

११ असोज, काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी… Continue reading जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

१० असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख… Continue reading फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

१० असोज, काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले… Continue reading भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

File (AP Photo/Niranjan Shrestha)

१० असोज, काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म… Continue reading हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

AI Generated Photo

१० असोज, काठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस… Continue reading रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

राष्ट्रिय समाचार समिति (रासस)९ असोज, सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै… Continue reading किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

file

८ असोज, काठमाडौं । इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत… Continue reading इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

टोपबहादुर रायमाझी फर्किए कारागार

७ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका… Continue reading टोपबहादुर रायमाझी फर्किए कारागार

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

नवनियुक्त मन्त्री सिन्हा – पदभार ग्रहण काठमाडौँ, ७ असोजः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सिंहदरबारस्थित कानुन मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

७ असोज, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गरे । पदबहालीपछि मन्त्री सिन्हाले कानुनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरे । त्यसअवसरमा… Continue reading जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर