प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

rss

७ असोज, काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल… Continue reading प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

७ असोज, गोलबजार । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ… Continue reading अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

जेन जी आन्दोलनमा भागेका ६५६ कैदीबन्दी दुई दिनमा फर्काइए

७ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ… Continue reading जेन जी आन्दोलनमा भागेका ६५६ कैदीबन्दी दुई दिनमा फर्काइए

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

६ असोज, काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३… Continue reading दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

जेन-जी आन्दोलनमा भएका घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

५ असोज, काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र… Continue reading जेन-जी आन्दोलनमा भएका घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ

AI Generated Image

४ असोज, काठमाडौं । प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । खोटाङका २७ वर्षीय सुजन राई,… Continue reading आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२… Continue reading आठ हजार ८१६ कैदीबन्दी अझै फरार

पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

२ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि… Continue reading पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

१ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना प्रकाशित… Continue reading आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । “न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ ” उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन् ।… Continue reading न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी… Continue reading गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

३० भदौ, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४… Continue reading उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

Rss

३० भदौ, काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध… Continue reading जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

३० भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान… Continue reading अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि… Continue reading राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

३० भदौ, काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले… Continue reading जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

२८ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ… Continue reading कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

रवि लामिछाने जेल फर्किए

२८ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार रवि लामिछने कारागार पुगेका छन् । उनले आज एक भिडियो राख्दै आज कारागार फर्कन लागेको बताए थिए । आज उनको जन्मदिन समेत हो । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि उनी कारागारबाट… Continue reading रवि लामिछाने जेल फर्किए

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जेन-जी आन्दोलनकारीले संसद विघटनको अडान नछाडेपनि अन्ततः राष्ट्रपति समेत सोही अडानमा सहमत भएका छन् । अब विद्यमान संसद विघटन हुने भएको छ… Continue reading पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

बारुणयन्त्रद्वारा सर्वोच्च अदालतमा आगो निभाइँदै काठमाडौँ, २५ भदौः सर्वोच्च अदालतमा लागेको आगो बुधबार निभाउँदै बारुणयन्त्रका कर्मचारी । हिजो प्रदर्शनीकारीहरुले आगो लगाएका थिए । तस्बिरः नवीन पौडेल/रासस

२६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति… Continue reading आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

२६ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताए । प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका… Continue reading फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

थप १९२ जना कैदी नियन्त्रणमा

(Photo by PRABIN RANABHAT / AFP)

२६ भदौ, काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले आज विज्ञप्तीमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा… Continue reading थप १९२ जना कैदी नियन्त्रणमा

चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

तस्बिर : कुलदीप न्यौपाने/ रासस

२६ भदौ, चितवन । जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन्… Continue reading चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

तस्बिर : कुलदीप न्यौपाने/ रासस

२६ भदौ, ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग… Continue reading ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

२६ भदौ, गलकोट । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट… Continue reading बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

मंगलबारको हिंसात्मक आन्दोलनपछि देशभरी जेलब्रेकका प्रयास भएका छन् । विभिन्न जेलबाट हजारौं कैदी भागेको विवरण सार्वजनिक भएका छन् । आज दिनभरजसो डिल्लीबजार कारागारमा तनाव भयो । कैदीहरुले आफूहरु समेत निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरे । नेपाल प्रहरीका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका… Continue reading देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

२५ भदौ, मलेखु । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको… Continue reading धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

२५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई… Continue reading जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

२४ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन… Continue reading सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

२४ भदौ, काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष… Continue reading सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी