प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

राससकाठमाडौँ, १५ मङ्सिरः प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।… Continue reading प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने… Continue reading अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

काठमाडौँ, १३ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेका छन् । आज उनले भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिए । अवलोकनका क्रममा गृहमन्त्री अर्यालले… Continue reading गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्की – सामूहिक तस्बिरमा काठमाडौँ, १२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्की शुक्रबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षणपश्चात् गृहमन्त्री ओमप्रकाश अर्यालल, प्रधानसेनापति अशोकराज सिग्देलगायतसँग सामूहिक तस्बिरमा । तस्बिर सौजन्यः नेपाली सेना÷रासस

काठमाडौँ, १३ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय… Continue reading निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

१९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।… Continue reading १९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । पूर्वसभामुख… Continue reading पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।… Continue reading राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

प्रहरीको मनोबल बढाउँदै सरकार

काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । जेनजी आन्दोलनका क्रममा बढी प्रभावित नेपाल प्रहरीको मनोबल बढाउन सरकारले चालेको कदमबारे मन्त्री अर्यालले राष्ट्रियसभाअन्र्तगत प्रत्यायोजित समितिको बैठकमा जानकारी दिए । प्रहरीले भोग्नुपरेको मनोवैज्ञानिक, सञ्चालनगत र… Continue reading प्रहरीको मनोबल बढाउँदै सरकार

ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

file

काठमाडौँ, १० मङ्सिर । नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा… Continue reading ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (स्वास्थ्य सामग्री) खरिदमा अनियमितता गरेको आरोपमा हेटौँडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा सापकोटा र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजसहित… Continue reading हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमडौँ, ८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् । मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी… Continue reading सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा, ८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ… Continue reading जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध… Continue reading विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, ७ मङ्सिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसार्इंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो । अदालतको… Continue reading दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

जेनजी युवाले बिहीबार बारास्थित सिमराचोकमा गरेको प्रदर्शन । प्रदर्शनका कारण सिमरामा यातायात ठप्प रहेको छ । तस्बिरः दिवाकर भण्डारी/रासस

बारा, ४ मङ्सिरः बाराको सिमरामा जेन जीका नाममा प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि… Continue reading बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका… Continue reading निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ, ४ मङ्सिरः सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ । “आदेश प्राप्त भएको मितिले वाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस… Continue reading प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश

मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति

२ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट उनलाई मध्यराती पक्राउ गरेको हो । प्रहरी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । सामाजिक सञ्जालमा समेत प्रहरीले उनलाई पक्राउ गरेको भिडियो सार्वजनिक भएका छन् । उनले निरन्तर हिंसा… Continue reading मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ, १ मङ्सिरः जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो । लामालाई ललितपुर महानगरपालिका–३ धोबिघाट… Continue reading सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

Chief prosecutor of Bangladesh's International Crimes Tribunal (ICT) Mohammad Tajul Islam (C) speaks with media after fugitive former Prime Minister Sheikh Hasina was found guilty and sentenced to death in Dhaka on November 17, 2025. A Bangladesh court on November 17 sentenced ousted prime minister Sheikh Hasina to death for crimes against humanity, with cheers breaking out in the packed court as the judge read out the verdict. Hasina, 78, defied court orders that she return from India to attend her trial about whether she ordered a deadly crackdown against a student-led uprising that ousted her. (Photo by REHMAN ASAD / AFP)

ढाका, १ मङ्सिर (रासस–एएफपी) । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय सुनाइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन् । अहिले पनि उनी नयाँदिल्ली… Continue reading पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको फैसला

ढाका, १ मङ्सिर (रासस–एएनआई) । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका… Continue reading बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको फैसला

गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए… Continue reading गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौँ, ३१ मंसिर । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार… Continue reading पूर्वसचिव अर्जुन कार्की पक्राउ

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

काठमाडौँ, २९ कात्तिक । काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले राससलाई जानकारी दिए । उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी… Continue reading म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

तस्बिर : कुलदीप न्यौपाने/ रासस

काठमाडौँ, २८ कात्तिक । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

काठमाडौँ, २७ कात्तिकः गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उनलाई गत भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हद लगाइएको… Continue reading निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

RSS

काठमाडौँ, २७ कात्तिकः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न आफू प्रतिबद्ध हुने बताएका छन् । प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएर आज प्रहरी मुख्यालयमा सम्बोधन गर्दै उनले गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरूद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न कटिबद्ध रहेको बताए । जनविश्वास आर्जन गर्न, जनअपेक्षाअनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वलाई निस्तेज… Continue reading भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

लुम्बिनी, २७ कात्तिकः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए… Continue reading लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो । स्काउटको अनुरोधमा महानगर प्रहरी बलको… Continue reading लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नु’

नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण महेन्द्रनगर (धनुषा) २५ कात्तिकः मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरधाममा मङ्गलबार नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहण गर्नुहुँदै ।तस्बिर: निरञ्जनकुमार साह/रासस

काठमाडौँ, २५ कात्तिकः सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई उक्त प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो । “यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यही कात्तिक २३ गते मुख्यमन्त्रीमा… Continue reading मधेस प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नु’