३ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । “निर्वाचन आयोगले २०८२ माघ २ गते एकलौटी रूपमा गरेको… Continue reading देउवा काङ्ग्रेस कानूनी उपचारमा जाने
Category: कानुनी कुरा
लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
काठमाडौँ, माघ २ गते । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । “अपराधको राजनीतिकरण र… Continue reading लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
विप्लव र मिराज ढुङ्गानाबीच चार बुँदे सहमति, चुनाव हुन नदिने रणनीति
काठमाडौँ, १ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच जेनजी विद्रोहका मागहरू पुरा गर्न सङ्घर्ष गर्नेलगायत चार बुँदे सहमति भएको छ । सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन, स्थिर सरकार र भ्रष्टाचार विरुद्ध विशेष न्यायिक… Continue reading विप्लव र मिराज ढुङ्गानाबीच चार बुँदे सहमति, चुनाव हुन नदिने रणनीति
निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
काठमाडौँ, १ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको… Continue reading निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय
३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सहकारी… Continue reading रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय
शुक्लागण्डमा तीन जनाको हत्या प्रकरणः एक पक्राउ
दमौली (तनहुँ), ३० पुस स् तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाले हत्या स्वीकार गरेको… Continue reading शुक्लागण्डमा तीन जनाको हत्या प्रकरणः एक पक्राउ
निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति… Continue reading निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
कांग्रेस केन्द्रीय कार्यालयमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण
काठमाडौँ, २२ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा आज गरिएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन् । कार्यालय परिसरमा पार्टीका नेता विमलेन्द्र निधिलाई लक्षित गरी केही कार्यकर्ताले गरेको होहल्ला र नाराबाजीप्रति ध्यानाकर्षण भएको उनीहरुले बताए । कांग्रेसको विशेष महाधिवेशन पक्षका केही नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले… Continue reading कांग्रेस केन्द्रीय कार्यालयमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी
काठमाडौँ, २३ पुसः गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई दश बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । आज गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी… Continue reading सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी
निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालले गरे प्रदेश प्रमुख सचिवहरूसँग छलफल
काठमाडौँ, २२ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् । आज गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा… Continue reading निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालले गरे प्रदेश प्रमुख सचिवहरूसँग छलफल
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौँ, २२ पुसः सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस… Continue reading सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ
काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
काठमाडौँ, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म पाँच लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा छ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१… Continue reading अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ
काठमाडौँ, २२ पुस । नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो । श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत… Continue reading नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ
सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल
काठमाडौँ, २१ पुसः गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक… Continue reading सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल
जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी
वीरगञ्ज (पर्सा), २१ पुसः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ । आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी… Continue reading जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी
जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
काठमाडौँ, २१ पुस । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
काठमाडौ, १७ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको… Continue reading जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?
काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता,… Continue reading प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?
तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा
काठमाडौँ, १७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी… Continue reading तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा
कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट
काठमाडौँ, १७ पुस । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन… Continue reading कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट
पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
राससकाठमाडौँ, १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।… Continue reading पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले… Continue reading समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
काठमाडौँ, १५ पुस । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ… Continue reading पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको… Continue reading नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची
पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए ।… Continue reading पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले… Continue reading क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।… Continue reading कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
झापा, १२ पुसः जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोश भएर… Continue reading जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ । राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर… Continue reading अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?