राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

तस्बिरः रत्न श्रेष्ठ\रासस

९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि–बजेट छलफलसमेत हुनेगर्छ । आजै सभामुख डिपी अर्याल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी बजेट अधिवेशनको तयारीबारे छलफल समेत भएको छ ।