९ वैशाख, काठमाडौं । सेयर कारोबारको विषयलाई लिएर तिव्र आलोचनाका बीच गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग मध्यरातीसम्म छलफल गरेका छन्। मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्। झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।
छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले के विषयमा छलफल भएको भनेर सोधेका थिए। जबाफमा उनले भने, अब पछि भनौला’ उनले उल्टै पत्रकारलाई किन यति रातीसम्म दुख पाएको भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।