पोखरा । प्रदेश सांसद दीपक मनाङे एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेको अभियोगमा बिहीबार पक्राउ परेका थिए । उनै गुरूङलाई प्रहरीले शुुक्रबार पक्राउ गरेको हो । उनीविरुद्ध ठगी तथा बैंकिङ कसुरको जाहेरी परेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको हो ।… Continue reading दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ
Category: रोचक खवर
शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ । करीव साढे दुई महिनायता शीर्ष नेतृत्वबीचको पानी बाराबारसम्मको विवाद शुक्रबार करीव ७ घण्टा लामो छलफल र वार्तापछि टुंगिएको हो । सहमति अनुसार अब कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ मै हुने पक्का भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र… Continue reading शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
दीपक मनाङ्गे पक्राउ
पोखरा । प्रदेशसभा सांसद दीपक मनाङ्गेलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट उनलाई पक्राउ गरिएको हो । सादा पोशाकमा गएका प्रहरीले उनलाई समातेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उनीमाथि अनुसन्धान थालिएको छ । मनाङ्गेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मतदात गरी होटल… Continue reading दीपक मनाङ्गे पक्राउ
प्रदेश सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी
पोखरा । गण्डकी प्रदेशका सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले दीपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै बुधबार जाहेरी दिएका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा व्यवस्थापनप्रति चित्त नबुझेको झोकमा मनाङेले विरूद्धअसन्तुष्टि जनाउँदै मनाङेले… Continue reading प्रदेश सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी
दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात
पोखरा । गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्। पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनपूर्व विवाद उत्पन्न भएका थियो । सोहीक्रममा मनाङेले गुरुङमाथि हातपात गरेका हुन्। मनाङेले मुक्का र लात्ती हानेको गुरुङले बताएका छन् । गुरुङका अनुसार प्रतियोगितामा… Continue reading दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात
प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि
काठमाडौं । काठमाडौंको अनामनगरमा प्रहरीको गाडी ट्राफिक कारवाहीमा परेको छ । सोमबार ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको हो । महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । सडक नै ढाकेर रोकेर राखिएको उक्त गाडीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । उक्त गाडीलाई सर्वसाधारणलाई… Continue reading प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि
नेकपाको आचार संहिता : तँ उच्चारण निषेध
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता, कार्यक्रता र सदस्यका लागि ११ बुँदे जारी आचार संहिता सार्वजनिक गरेको छ । यस आचार संहितामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । जसअनुसार पारिवारिक महत्वलाई मूख्य स्थानमा राख्न भनिएको छ । सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने… Continue reading नेकपाको आचार संहिता : तँ उच्चारण निषेध
मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल
जनकपुर । प्रहरीले दुई चाइनिज पेस्तोलसहित जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ । शनिबार मोटरसाइकललाई ठक्कर दिएर दूर्घटनामा परेको कारमा जाँच गर्दा चाइनिज पेस्तोल फेला परेको हो । प्रहरीका अनुसार बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दूर्घटना भएको थियो । त्यसपछि घटनास्थल पुगेर प्रहरीले जाँच थाल्यो ।… Continue reading मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल
सुनिताले जन्माइन चम्ल्याहा शिशु
पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो । ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको… Continue reading सुनिताले जन्माइन चम्ल्याहा शिशु
काभ्रेको जंगलबाट जुवाडे पक्राउ
काठमाडौं । काभ्रेमा जंगलबाट जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ । उनीहरु जंगलमा लुकेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । बुधबार बेलुका उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद रु एक… Continue reading काभ्रेको जंगलबाट जुवाडे पक्राउ
प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?
काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् । १२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र… Continue reading प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?
नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी
काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक महिनापछि उद्योगमन्त्री लेखराज भट्ट पनि यही लाइनमा उभिएका छन् । उनका अनुसार खानीबाट नदीजन्य सामगी… Continue reading नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी
प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा
काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् । दुई जना भने अनुपस्थित थिए ।… Continue reading प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा
ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । हङकङमा भएको सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेकी नेतृ साइ इङ्ग विन ताइवानको राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । यसले चीनलाई धक्का लागेको विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिज्ञहरुले गरेका छन् । संचारमाध्यमहरुका अनुसार शनिबार सम्पन्न निर्वाचनमा उनले ५७ प्रतिशत भोट प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र… Continue reading ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित
खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध
काठमाडौं । अनुशासनहिन बन्दै गएको नेपाली फूटबलमा यसैसाता अर्को घटना घट्यो । मनाङ मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीचको खेलमा खेल सकिएपछि खेलाडी मैदानमै धक्कामुक्की गर्न उत्रिएका थिए । हातपातमा उत्रिएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाहीस्वरुप प्रतिवन्ध लगाएको हो । एन्फा अनुशासन कमिटीले दुवै क्लबका तीन\तीनजना गरी कूल ६ खेलाडीमाथि यस्तो कारवाही गरेको हो।… Continue reading खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध
मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज
काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण… Continue reading मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज
सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु
तेहरान । अमेरिकाले हवाई आक्रमण गरी मारेको इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्तिम संस्कारका दौरान हिंसात्मक भागदौड मच्चिएको छ । त्यसक्रममा कम्तिमा ४० जनोल ज्यान गुमाएका र सयौं व्यक्ति घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । मंगलबार सुलेमानीको गृहनगर मेरमानमा उनको शव समाधिस्थ गर्न लैजाने क्रममा लाखौं जनता भेला भएका थिए । त्यही क्रममा भागदौड… Continue reading सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु
१ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने
काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बसिरहेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइदैछ । उनीहरुलाई लिन बुधबार चिनियाँ सुरक्षा अधिकारीहरु नेपाल आउँदैछन् । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको अभियोगमा चीन सरकारकै सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धानले उनीहरुलाई आपराधिक पृष्ठभूमिमा भेटेको थिएन् । तर, अध्यागमन सम्बन्धी कानून भने उनीहरुले… Continue reading १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने
विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
बगदाद । इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैन्य फौजलाई देश छाड्ने गरी प्रस्ताव पारित गरेको छ। इराकमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले मारेसँगै इराकी संसदले यस्तो प्रस्ताव पारित गरेको हो । इरान र अमेरिकाको द्धन्द्धको शिकार इराक बन्न थालेपछि इराकले यस्तो प्रस्ताव पास गरेको हो । राजधानी बगदादमा सुलेमानीलाई ड्रोन आक्रमण… Continue reading विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
१ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी
काठमाडौं । नेपाल र चीनले संयुक्त खोज अपरेशन गरेर पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । सोही क्रममा उनीहरुलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई आइतबार अध्यागमन विभागको जिम्मा लगाएको हो । त्यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार नै अभद्र व्यवहार सम्बन्धी कसुरमा एक… Continue reading १ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी
चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?
काठमाडौं । अब नेपालमा सवारी साधन चलाउने चालकहरुले अनिवार्य जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले दूर्घटना न्यूनिकरणका विभिन्न उपायमध्ये अनिवार्य जुत्ता लगाउनु पर्ने प्रावधान समेत अगाडी ल्याएको छ । चप्पल लगाएर सवारी चलाउँदा चिप्लिले जोखिम हुँदा ब्रेक समयमै नलाग्ने र त्यसले दूर्घटनाको डर हुने जोखिम हुन्छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचना अनुसार… Continue reading चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?
आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर
हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर
चार महिनामा बने ४५ पक्की पुल
काठमाडौं । देशभर सडक निर्माणले गति लिएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशभर ४५ वटा पक्की पुलको निर्माण सकिएको छ । सडक विभागको तथ्यांक अनुसार पहिलो चौमासिक अवधि भित्रै ४५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्र तीन सय पक्की पुलको निर्माण पुरा गरिसक्ने योजना… Continue reading चार महिनामा बने ४५ पक्की पुल
अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा
काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो । सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार… Continue reading अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा
मेटिने भए ट्रक साहित्य
काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् । रमाइला, रोचक तथा प्रेमिल… Continue reading मेटिने भए ट्रक साहित्य
इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला
काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना… Continue reading इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला
उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम
काठमाडौं । सरकारले उखु किसानको वक्यौता तिर्न चिनि मिलका मालिकहरुलाई अल्टिमेटम दिएको छ । किसानको पैसा तिर्न बाँकी चिनी मिल सञ्चालकले माघ पहिलो सातासम्म सबै पैसा तिरिसक्नु पर्ने गरी सरकारले अल्टिमेटम तोकिदिएको हो । आफ्नो पैसा माग गर्दै काठमाडौं आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भएको वार्तामा सरकारले उक्त निर्देशन… Continue reading उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम
घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने
काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो । खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको… Continue reading घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने
प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने… Continue reading प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला
ललितपुर । फूलचोकी घना जंगलले घेरिएको डाँडो हो । यहाँ हरेक दिन कैयौं मानिस घुमघाममा जाने गर्छन् । र खासगरी जाडो मौसममा केही मानिस हराउने पनि गर्छन् । फूलचोकीमा केही पहिले साइनिंगहरु थिएनन् । त्यसकारण मानिस हराउनु स्वाभाविक मानिन्थ्यो । तर, अहिले यहाँ व्यवस्थित हाइकिंग रुट बनाइएको छ । त्यही रुटलाई नछोडी यात्रा गर्दा कोही… Continue reading फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला