नयाँ दिल्ली । सम्पत्ति सुद्धिकरणका माध्यमबाट भ्रष्टाचार गरेको अभियोगमा भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरम पक्राउ परेका छन् । भारतीय केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले बुधबार मध्यरातमा उनलाई घरबाटै पक्राउ गरेको थियो । पक्राउ गर्ने समयमा ठूलो संख्यामा समर्थक उनको घरबाहिर भेला भएका थिए । प्रधानमन्त्री मनमहोन सिंहको पालामा अर्थमन्त्री बनेका उनी भारतका चर्चित अर्थमन्त्री पनि हुन् ।… Continue reading सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ
Category: रोचक खवर
सिम्रिकका जहाज उडाउन रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ । कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । ४ वटा जहाज रहेको यस कम्पनीले काठमाडौंबाट पोखरा, भैरहवा, सिमरालगायत गन्तब्यमा उडान गर्दै आएको थियो । एक प्रकारको जहाजमा… Continue reading सिम्रिकका जहाज उडाउन रोक
हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली गैँडालाई अंग्रेजीमा राइनो भनिएकोतर्फ पुनः आपत्ति जनाएका छन् । एसिया प्यासिफिक क्षेत्रका हवाई क्षेत्रका नियामक निकायका प्रमुखहरुको सम्मेलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गैँडालाई गैँडा नै उच्चरण गर्न आग्रह गरे । “गैडाज आर गैडाज, नट राइनोज”, त्यसो त सगरमाथालाई माउण्ट एभरेष्ट भन्ने गरेकोतर्फ पनि प्रधानमन्त्रीको असन्तुष्टी थियो ।… Continue reading हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?
७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या
यूपी । भारतको उत्तर प्रदेशमा एक वृद्धले दोस्रो विहे गर्न नपाएको झोँकमा आत्महत्या गरेका छन् । समाचार अनुसार यूपीको बरेली जिल्लाका ७५ वर्षिय वृद्धले केही दिनदेखि दोस्रो विहे गर्न परिवारलाई दवाव दिइरहेका थिए । तर, परिवारले उनको प्रस्ताव स्वीकार गरेनन् । त्यसैको झोँकमा वृद्धले आत्महत्या गरेका छन् । उनले आफ्नो कोठाको पंख्खामा झुण्डिएर आत्महत्या गरेका… Continue reading ७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या
भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक
इस्लामावाद । पाकिस्तानले भारतीय कलाकारले अभिनय गरेको विज्ञापन प्रसारणमा रोक लगाएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानको अर्को कदम बाहिरिएको हो । भारतले जम्मु कश्मीरसम्बन्धी मुद्दामा चालेको कदमका कारण भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो । बिहीबार कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानले… Continue reading भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक
प्रदेश मन्त्रीलाई पक्रन आदेश
काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ । बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ । कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा… Continue reading प्रदेश मन्त्रीलाई पक्रन आदेश
अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने । मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए । जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक… Continue reading अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा
सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या
रौटहट । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका एक कर्मचारीले इमानदारीसाथ काम गर्दागर्दै फसाएको भन्दै आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आइतबार आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटे जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । सोही स्थानका स्थानीय उनी शनिबार काठमाडौंदेखि उदयपुर गएका थिए। प्रहरीका… Continue reading सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या
जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..
हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । हजारौं मानिसको भीड टर्मीनलमा छिरेपछि प्रहरीको केही लागेन । फलस्वरुप सोमबारका लागि निर्धारित सबै उडान अवतरण रद्द भएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । हङकङमा सरकार विरोधी आन्दोलनमा सहभागी हजरौं मानिस एकै पटक विमानस्थल भित्र छिरेर अड्डा जमाएका थिए… Continue reading जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..
बेत्रावतीको घण्टाघर कसरी बन्यो ?
योगेश डंगोल ‘आदी’ “बाबु बरबाद भयो” ! बिध्वंशकारी भुकम्पको लगतै नेपालबाट आएको फोनका ती बिष्मयबोधक वाक्यले मलाई आश्चार्य पारेन । फेसबुकका ताजा भिडियोले सबै बिष्मयबोध मत्थर पारिसकेको थियो । वास्तवमा बुबाको रुन्चे स्वरले कुनै नौलो समाचार ल्याएन । केवल औपचारिकता निभायो । गाउँका अधिकांश घरहरू भग्नावशेष बनेको सुनेपछि आफ्नो पनि घर भत्केको सुन्न गाह्रो परेन… Continue reading बेत्रावतीको घण्टाघर कसरी बन्यो ?
प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ
दार्चुला । सशस्त्र प्रहरी जवान दीपकसिंह बडाल बाघको अबैध छालासहित पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट प्रहरीले सशस्त्र प्रहरीका जवानलाई बाघको छालासहित पक्राउ गरेको हो । उनी शुक्रबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ गस्तीमा खटिएको प्रहरीले जवान बडाललाई पक्राउ गरेका हो । उनको साथबाट ३९ इन्च लामो तथा १० इन्च चौडा… Continue reading प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ
एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण
काठमाडौं । व्यक्तिजस्तै मुलुकले पनि आफ्नो वित्तीय आवश्यकता पुरा गर्न ऋण लिन्छ । निश्चित अवधिमा ऋणको साँवाब्याज भुक्तानी पनि गर्नुपर्छ । नेपाल सरकारले एक वर्षको अवधिका करीव ७५ अर्ब रुपैयाँ लिएको ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले वैदेशिक ऋणमा साँवा-ब्याज तिर्ने प्रयोजनका लागि २४… Continue reading एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण
खुद्रे आयोजनामा डोजर निषेध
काठमाडौं । सरकारले साना तथा खुद्रे आयोजनामा डोजर लगाउन रोक लगाएको छ । स्थानीय सरकारहरुलाई परिपत्र गर्दै केन्द्र सरकारले उक्त निर्णय गरेको हो । अब एक करोड रुपैयाँसम्मभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएको हो । सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोगमा रोक लगाइएको हो । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा… Continue reading खुद्रे आयोजनामा डोजर निषेध
सुनको मूल्यले राख्यो कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार ईतिहासमै सबैभन्दा उच्च मूल्यमा सुनको कारोबार भएको हो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्यमा पुगेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ६६ हजार कायम भयो । शुक्रबार ६५ हजार ८ सयमा पुगी… Continue reading सुनको मूल्यले राख्यो कीर्तिमान
१८ वर्ष नपुगी मदिरा किन्न रोक
पर्वत । पर्वतमा मदिरा बिक्रिका लागि नयाँ मापदण्ड तोकिएको छ । अब १८ वर्ष नपुगेको किशोर किशोरीले मदिरा खरीद गर्न नपाउने भएको छन् । मदिराको अवैध कारोबार र यसको अधिक प्रयोगले यूवापुस्तामा आपराधिक गतिविधि बढ्दै गएपछि नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । मदिरा बिक्रि दिउँसोको समयमा समेत गर्न रोक लगाइएको छ । साँझ… Continue reading १८ वर्ष नपुगी मदिरा किन्न रोक
वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
गत जुलाई २४ तारिख पेन्सिल्भानिया स्थित चर्चित किराना स्टोर “वालमार्ट” भित्रको क्यामरामा एउटा बिचित्रको भिडियो कैद भयो । त्यति ठुलो सपिङ् मलको शौचालय छाडेर एक जवान महिला बिक्रीका लागि राखिएको आलुको थुप्रोमा पिसाब फेर्दै थिइन् । घुम्रिएको कपाल भएकी जवान महिलाले बिक्रीमा राखेको आलुको थुप्रो माथि पिसाब गरेको देखेपछि वालमार्ट प्रशासनले प्रहरीलाई खबर गर्यो ।… Continue reading वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
कोठा चाहियो भन्दै महानगरमा उजुरी
काठमाडौं । कोठा भाडामा उपलब्ध नभएका कारण भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ। काठमाडौं महानगरपालिका, न्यायिक समितिले भाडामा कोठा उपलब्ध गराउन माग गर्दै उजुरी परेको जानकारी दिएको छ । एकातर्फ कोठा भाडामा पाएइन भनेर उजुरीको परेको थियो भने अर्कोतर्फ घर भाडामा लगाई पाउँ भनेर समेत उजुरी परेको बुधबार सार्वजनिक विवरणमा… Continue reading कोठा चाहियो भन्दै महानगरमा उजुरी
तीन तलाक भारतमा अवैधानिक
नयाँ दिल्ली । सम्बन्ध विच्छेद गर्न परे तीन तलाक भन्दा पुग्ने परम्परा अब भारतमा कानूनको दायरा भित्र आएको छ । भारतीय लोकसभाबाट ‘तीन तलाक’ विधेयक पारित भएसागै अब तीन तलाक भनेकै भरमा कुनै पनि मुस्लिम पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्न नसक्ने भएको छ । मुस्लिम समुदायमा श्रीमानले श्रीमतीलाई तीनपटक ‘तलाक’ भनी सम्बन्धबिच्छेद गर्न सक्ने परम्परा… Continue reading तीन तलाक भारतमा अवैधानिक
सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल
काठमाडौं । चोरी आरोपमा प्रहरीले सोमबार सार्वजनिक गरेका एक यूवाको सौखिन रुप सार्वजनिक भएको छ । विराटनगर प्रहरीले साढे १३ लाख रुपैयाँ चोरी गरेको आरोपमा कटहरी गाउँपालिका १ का २० वर्षका सुरज कामतलाई पक्राउ गर्यो । ति यूवा विराटनगर– १ का मोतीराज दाहालको घरबाट रकम चोरी भागेका थिए । यो घटना ७ साउनको हो ।… Continue reading सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल
६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्
पछिल्लो समय प्रबिधिका कारण बदलिएको विश्वमा प्रबिधिले मानिसको जिवनमा यति धेरै परिवर्तन ल्यायो कि मानिसको जिवनशैली नै अर्कै बनायो । यो त भयो प्रबिधि प्रयोग गरेर जीवनशैली जिउनेका कुरा । त्यही प्रबिधिलाई सही समयमा सही तरिकाले उपयोग गरी सर्वसाधारण माझ पुग्नेहरुले विश्वास नै नलाग्ने गरी थोरै समयमा धेरै पैसा पनि आर्जन गरेका छन् ।कतिपय मानिस… Continue reading ६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्
ओढारमा भेटियो १६ किलो सुन
काठमाडौं । पानी परेका बेला ओत लाग्ने ओढार, सामान्यतया ओडार बाघ र चितुवाको बासस्थान पनि मानिन्छन् । बढ्दो जनसंंख्याका कारण बाघ र चितुवा त क्रमशः लोप हुँदै गए । तिनै बाघ लुक्ने ओढारमा अब सुन भेटिन थालेको छ । यस्तै चमत्कार गोरखाको धार्चे गाउँपालिका (३ खोर्लाबेशीमा भएको छ । प्रहरीले ओढारमा लुकाएर राखेको १६ किलो… Continue reading ओढारमा भेटियो १६ किलो सुन
मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका व्यक्ति फरार भएको ३४ वर्षपछि पक्राउ परेका छन् । बारा जिल्ला, फेटा गाउँपालिका-३ जलेश्वरका लखिचन साह कलवारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मंगलबार दिउँसो कलैया उपमहानगरपालिका-१० निलकण्डबाट पक्राउ गरेको बताइएको छ । ३० असार २०४२ मा फेटा… Continue reading मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । बहुविवाहको मुद्दामा फिल्म निर्देशक छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएकाले उनीहरु अब प्रहरीको खोजीमा रहेको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जानकारी दिएको छ । नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई… Continue reading छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समिति हेभिवेट नेताहरु भएको समितिका रुपमा परिचित छ । किनकी यस समितिको सदस्यमा दुई जना पूर्वप्रधानमन्त्री रहेका छन् । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस समितिका ठूला नेता हुन् । समितिको बैठकमा नेता खनाल भने… Continue reading डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा
कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई दर्जन स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अनुशासन कमितिले २३ जना स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गरेको कांग्रेसले उल्लेख गरेको छ । सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई पार्टीबाट निष्कासन भएका छन् । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थक भई पार्टी… Continue reading कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा
अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
विश्वन्यूज / न्यूयोर्क उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा “राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन” भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको राजनैतिक ब्यवस्था रहेको अमेरिकामा भने राष्ट्रपतिको तस्बिर भएको ट्वाइलेट पेपर नै खुल्ला रुपमा बिक्रि बितरण… Continue reading अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
१७ वर्षिय किशोरको साथमा २ किलो सुन
काठकाडौं । अबैध २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरेको जानकारी छ । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले गोप्य सूचना पाएपछि चेकजाँचका क्रममा… Continue reading १७ वर्षिय किशोरको साथमा २ किलो सुन
भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान
मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो । बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार भारतमा दैनिक १० जना मानिसको मृत्युको कारण रेल बनिरहेको छ । बिहीबार मात्रै मुम्बईमा… Continue reading भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान
फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ
काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर… Continue reading फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ
लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा
काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७… Continue reading लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा