काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे । त्यहीबीचमा… Continue reading संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
Category: रोचक खवर
गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसी २२ औं पटक आमरण अनशनमा बसेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने… Continue reading गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा
माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा २ महिनाका लागि भनेर… Continue reading माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने
भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?
काठमाडौं । भियतनाममा एक अर्बपति महिला व्यवसायी ट्रूङ मी लानमाथि मृत्युदण्डको सजाय सुनाइएको छ । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। ६७ वर्षीया महिला घरजग्गा कारोबारी हुन्। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई… Continue reading भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?
क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार
काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ। संसारको अन्य भागका… Continue reading क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार
जर्मनीमा गाँजाले पायो वैधानिकता
काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए ।… Continue reading जर्मनीमा गाँजाले पायो वैधानिकता
थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
काठमाडौं । संसद्को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने… Continue reading थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका… Continue reading सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ। यद्यपि यसले… Continue reading उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने
काठमाडौं : भारतमा एक बालकले चितुवालाई कोठा भित्र थुनेर आफु भाग्न सफल भएका छन् । यसको भिडियो भाइरल भएको छ । भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको हो । साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका… Continue reading भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने
जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटना बाहिरिएिको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक महिलाले बच्चा चोरेको पाइएको छ । प्रहरीले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी… Continue reading जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…
प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
काठमाडौं । आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए । गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई… Continue reading प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
लुडो खेल्दा प्रहरीको फन्दामा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९… Continue reading लुडो खेल्दा प्रहरीको फन्दामा
न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा
काठमाडौं । न्युरालिंङले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेको छ । मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस विषयको दाबी गरेका हुन्। उनले एक्समा लेखेका छन्, पहिलो व्यक्तिले हिजो न्युरोलिंकबाट प्रत्यारोपण प्राप्त गरेका छन् र उनको स्वास्थमा सुधार देखिँदैछ। न्युरालिंकले गत वर्ष मात्रै मानिसको… Continue reading न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा
माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी
काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको… Continue reading माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी
कार चढाएर सिंह घुमाउने महिला पक्राउ
काठमाडौं । थाईल्यान्डमा सडकमा कार चढाएर सिंह घुमाउने एक महिला पक्राउ परेकी छिन् । पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेको बीबीसीले जनाएको छ । उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ। घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने… Continue reading कार चढाएर सिंह घुमाउने महिला पक्राउ
त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न… Continue reading त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…
थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय
काठमाडौं । राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो। तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले… Continue reading थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय
कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध
काठमाडौं । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष… Continue reading कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध
भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित
काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम… Continue reading भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित
अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…
काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका एक जना चार महिनाका शिशु जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएका उनका अभिभावकले बताएका छन्। उनीहरूको घुम्ती घरलाई शनिवारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो। ती चार महिनाका शिशु… Continue reading अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…
उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी
काठमाडौं । उत्तर कोरियाले ुगुप्तचरी गर्ने उद्देश्यले पुनः भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ। टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा… Continue reading उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी
नेपोलियनको टोपी २८ करोडमा लिलामी
काठमाडौं । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। बीबीसीका अनुसार प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ह्याट २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ… Continue reading नेपोलियनको टोपी २८ करोडमा लिलामी
चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?
काठमाडौं\बीबीबी । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको जानकारी दिएको छ । रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले… Continue reading चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?
चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?
काठमाडौं । निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वालको एउटा भागमा ठूलो क्षति पुगेको छ। निर्माणका लागि छोटो बाटो बनाउने क्रममा उनीहरूले ग्रेट वालमा भ्वाङ बनाएका थिए। सम्पदा क्षेत्रमा क्षति पुर्याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रेट वालमा क्षति पुगेको क्षेत्रमा एक जना ३८… Continue reading चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?
नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले बाँदरको संरक्षण गरेर कुनै… Continue reading नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय
काठमाडौं । स्विटजरल्यान्डमा चोरहरूले देशको सबैभन्दा चुनौतीपूर्ण संरक्षित क्षेत्रमा लुटपाट गरेपछि त्यसले धेरैलाई आश्चर्यमा पारिदिएको छ। उनीहरू २,३५० मिटर उचाइमा चढेका थिए र पातला स्टिलका तारहरूहुँदै खोँच पार गरेर चन्दा रकम राखिएको एउटा बाकसबाट रकम लुटेका थिए। उक्त बाकस एउटा स्थानीय आरोहण क्लबको हो। सो क्लबले स्विटजरल्यान्डको सबैभन्दा लामो संरक्षित आरोहण मार्ग गेम्मी पासको व्यवस्थापन… Continue reading स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय
बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री… Continue reading बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ
काठमाडौं । आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्। साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ। उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएको बीबीसीले… Continue reading आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ
जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो
काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो। उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले… Continue reading जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो