भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम… Continue reading भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…

CAITLYN MOORE/GOFUNDME

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका एक जना चार महिनाका शिशु जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएका उनका अभिभावकले बताएका छन्। उनीहरूको घुम्ती घरलाई शनिवारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो। ती चार महिनाका शिशु… Continue reading अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…

उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

EPA\BBC

काठमाडौं । उत्तर कोरियाले ुगुप्तचरी गर्ने उद्देश्यले पुनः भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ। टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा… Continue reading उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

नेपोलियनको टोपी २८ करोडमा लिलामी

REUTERS\BBC

काठमाडौं । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। बीबीसीका अनुसार प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ह्याट २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ… Continue reading नेपोलियनको टोपी २८ करोडमा लिलामी

चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

ISRO\BBC

काठमाडौं\बीबीबी । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको जानकारी दिएको छ । रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले… Continue reading चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?

YOUYU COUNTY POLICE RELEASE

काठमाडौं । निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वालको एउटा भागमा ठूलो क्षति पुगेको छ। निर्माणका लागि छोटो बाटो बनाउने क्रममा उनीहरूले ग्रेट वालमा भ्वाङ बनाएका थिए। सम्पदा क्षेत्रमा क्षति पुर्‍याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रेट वालमा क्षति पुगेको क्षेत्रमा एक जना ३८… Continue reading चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्‍याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले बाँदरको संरक्षण गरेर कुनै… Continue reading नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

FACEBOOK/VIAFERRATA-LEUKERBAD

काठमाडौं । स्विटजरल्यान्डमा चोरहरूले देशको सबैभन्दा चुनौतीपूर्ण संरक्षित क्षेत्रमा लुटपाट गरेपछि त्यसले धेरैलाई आश्चर्यमा पारिदिएको छ। उनीहरू २,३५० मिटर उचाइमा चढेका थिए र पातला स्टिलका तारहरूहुँदै खोँच पार गरेर चन्दा रकम राखिएको एउटा बाकसबाट रकम लुटेका थिए। उक्त बाकस एउटा स्थानीय आरोहण क्लबको हो। सो क्लबले स्विटजरल्यान्डको सबैभन्दा लामो संरक्षित आरोहण मार्ग गेम्मी पासको व्यवस्थापन… Continue reading स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री… Continue reading बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

GETTY IMAGES

काठमाडौं । आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्। साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ। उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएको बीबीसीले… Continue reading आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

ARUN CHANDRABOSE

काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो। उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले… Continue reading जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न… Continue reading प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ। मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ। तर अध्ययनहरू जारि छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्। “मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा… Continue reading पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

मेटाले ट्वीटरको प्रतिस्पर्धी सञ्जाल यसै साता ल्याउने

META\BBC

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप आगामी बिहीवारदेखि सञ्चालनमा ल्याउने भएको छ । थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि(अर्डर’ गर्न सकिने भएको छ । त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ। उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्स्‌लाई टेक्ट्स बेस कन्भर्सेसन… Continue reading मेटाले ट्वीटरको प्रतिस्पर्धी सञ्जाल यसै साता ल्याउने

भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ ।बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा। मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘‘हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले भनेका छन् ।… Continue reading भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

REUTERS\BBC

काठमाडौं । कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु पूरा देशका लागि हर्षको विषय भएको बताए। उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा… Continue reading कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ… Continue reading केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले… Continue reading नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउदै… Continue reading प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्। सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो। जब त्यो फोन फेला पर्‍यो पानी पसेका कारण त्यो काम नगर्ने… Continue reading फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

NEWS 1\bbc

काठमाडौं । दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एअरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्। डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपत्कालीन ढोका भने खुलै थियो। विमानमा भएका केही यात्रु बेहोस भएका थिए… Continue reading दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा… Continue reading यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

File

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ। बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो। जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो। आज दिउँसो प्रशिक्षक… Continue reading शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

उड्नै लागेको जहाजमा जब मुसो देखियो…

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले… Continue reading उड्नै लागेको जहाजमा जब मुसो देखियो…

युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

काठमाडौं । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतका साथ सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजाय हुने भएको छ । क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड… Continue reading युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

काठमाडौं । कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। पेट दुख्यो भनेर सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । ‘भिडिओ एक्स रे गर्दा पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिए पनि उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको… Continue reading धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

ललितपुरमा जब जमिन भासियो…

काठमाडौं । ललितपुरको बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् । घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको… Continue reading ललितपुरमा जब जमिन भासियो…

मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति आक्रोस व्यक्त गरेका छन् । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई… Continue reading मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् । उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि,… Continue reading जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले शनिबार अप्रत्यासित रुपमा आफ्नो राजिनामा मागेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण गराएका छन् । उनले राजिनामा कसले र किन माग्यो उल्लेख गरेका छैनन् । जनअपेक्षा अनुसार काममा खरो उत्रन नसकेका उनलाई पछिल्लो समय कही कतैबाट सार्वजनिक रुपमा राजिनामा मागिएको छैन । शनिबार दिउँसो देश बन्दैन भन्दै स्टाटस लेखेका… Continue reading मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न