काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading एमसीसी परियोजना नेपालमा स्थगित
Category: अमेरिका
क्यानडामा ८० यात्रु बोकेको जहाज अवतरणका दौरान पल्टियो
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । अमेरिकामा १० यात्रु… Continue reading क्यानडामा ८० यात्रु बोकेको जहाज अवतरणका दौरान पल्टियो
रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता
काठमाडौं\एजेन्सी । रुस र युक्रेनबीच लामो समयदेखिको युद्ध अन्त्य गर्न साउदी अरेबियामा वार्ता हुँदैछ । तर, यो वार्तामा युक्रेनलाई निम्ता नदिइएको युक्रेनियन सरकारका एक मन्त्रीले बताएका छन् । बीबीसीका अनुसार यसअघि युक्रेनस्थित अमेरिकी विशेष राजदूत केथ कलाङ्गले यस वार्तामा युक्रेन समेत सहभागी हुने बताएका थिए । अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी… Continue reading रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता
हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन
काठमाडौं । हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् । हमासले अघिल्लो साता चार इजरायली युवतीहरुलाई छाडेको थियो । उनीहरु इजरायली सेनामा आवद्ध थिए । बीबीसीका अनुसार युवतीहरुले आफुहरुलाई जबर्जस्ती खाना बनाउन लगाइएको र भाडा धुने काममा लगाएको बताएका छन्… Continue reading हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन
हमासले शनिबार तीन बन्दी छाड्दै
काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन… Continue reading हमासले शनिबार तीन बन्दी छाड्दै
भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको दावि गरेका छन् । उनले मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् । बंगलादेशमा शेख हसिनाको सत्ता उल्टाउने गरी ठूलो हिंसात्मक आन्दोलन भएको थियो । हसिनालाई अहिले भारतले शरण दिइरहेको छ । बंगलादेशमा अहिले मोहम्मद… Continue reading भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन
ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । ह्वाइट हाउसमा भएको भेटपछि दुबै नेताले प्रेस कन्फ्रेन्समा बोलेका छन् । उनीहरुले एक अर्काको तारिफ गरे । दुई नेताबीचको भेटमा व्यापार मुद्दामा बढी कुराकानी भएको समेत उनीहरुले बताए । ट्रम्पले भारतबाट आउने सामानमा बराबरको आयात शूल्क लगाउने घोषणा गरे… Continue reading ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिँदै
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा… Continue reading अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिँदै
अमेरिका पठाउने भन्दै २१ लाख ठगी, दुई पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ का २९ वर्षीय विशाल ठाकुर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै उनीहरूले दुई जनाबाट… Continue reading अमेरिका पठाउने भन्दै २१ लाख ठगी, दुई पक्राउ
अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्श्कीबीच फोनवार्ता भएको छ । यसअघि ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच समेत फोनवार्ता भएको थियो । ह्वाइट हाउसले यी वार्ताबारे जानकारी गराएको छ । दुई नेताबीचको वार्ता सकारात्मक रहेको समेत ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बताएकी छिने । उनका अनुसार जेलेन्श्किीसँग ट्रम्पले युद्ध रोक्न… Continue reading अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?
अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । सन् २०२४ मा ४० लाख ८० हजार टन स्टिल उपलब्ध गराउने ब्राजिल क्यानडापछि संयुक्त राज्य अमेरिकालाई इस्पातको दोस्रो ठुलो निर्यातक हो । करको सम्भावित प्रतिशोधको बारेमा सोधिएको प्रश्नमा… Continue reading अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल
ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी
काठमाडौं \बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार वाशिङ्टन डीसी पुगेर राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दा न्यानो स्वागत पाउने छन्। तर उनको भ्रमण त्यतिमा मात्र सीमित हुने छैन। पछिल्ला वर्षहरूमा ट्रम्प र मोदीले बलियो व्यक्तिगत सम्बन्ध विकास गरेका छन्। दुई देशबीच उच्चस्तरीय भेटघाटहरू भएका छन् र उनीहरू सँगसँगै देखा पनि परेका छन्। सन् २०१७ मा वाशिङ्टनमा… Continue reading ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी
इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की
काठमाडौं । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले गाजामा पुनः आक्रमणको चेतावनी दिएका छन् । गाजामा अहिलेसम्म ४४ हजारभन्दा माथि निहत्था मानिसको ज्यान गइसकेको छ । इजरायली बन्धकको रिहाई हमासका तर्फबाट रोकिएसँगै इजरायली प्रधानमन्त्रीको यस्तो धम्की आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सोही धम्की दिइसकेका छन् । इजरायली प्रधानमन्त्रीले आफ्नो सेनालाई गाजा आसपास तैनाथ… Continue reading इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की
ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियममा २५ प्रतिशत महसुल लगाउने घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, अमेरिका पुनः एक पटक धनी बन्ने कदमको यो सुरुवात हो । यो महसुल सबै देशका लागि लागू हुनेछ । आफ्नो देशलाई चाहिनी स्टील र… Continue reading ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?
हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने र हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका हुन् । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन… Continue reading हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ
हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?
काठमाडौं । हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली… Continue reading हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?
अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू
काठमाडौं । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो । चीनले फेब्रुअरी ४ तारिखमा यस्तो योजना घोषणा गरेको थियो । अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी… Continue reading अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू
मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प
काठमाडौं । इलन मस्कले ट्रम्प शासनमा गरिरहेको मनपरीको विपक्षी दलबाट विरोध सुरु भएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको बचाउ गरेका छन् । उनले अमेरिकी सरकारका तर्फबाट मस्कले फजुल खर्च कम गर्न काम गरिरहेको बताएका छन् । यसअघि यस्ता कदमबाट सरकार भन्दा मस्कलाई बढी फाइदा पुगेको भन्दै डेमोक्रेटिक पार्टीले विरोध जनाएको थियो ।… Continue reading मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प
अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी
काठमाडौं । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ । उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ । खराब… Continue reading अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी
ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा समेत लगाए प्रतिवन्ध
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा प्रतिवन्ध घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसले इन्टरनेशनल क्रिमिनल कोर्टमा प्रतिवन्ध लगाइएको छ । अमेरिका र उसको सहयोगी इजरायलमाथि आधारहिन कारवाही गरेको ट्रम्प प्रशासनको आरोप छ । उनको आदेशमा आइसीसीका अधिकारी र उनको परिवारका साथै अदालतमा जाँचमा सहयोग गर्नेहरुमाथि समेत… Continue reading ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा समेत लगाए प्रतिवन्ध
के अमेरिकामा जाँदैछ एक साथ २० लाख कर्मचारीको जागिर ?
काठमाडौं । सरकारी दक्षता विभाग प्रमुख एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले लेखेका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको समाचारमा उल्लेख छ । समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका गरिएको समेत बताइएको छ । मस्क… Continue reading के अमेरिकामा जाँदैछ एक साथ २० लाख कर्मचारीको जागिर ?
ट्रम्प-मक्स नीति : युएसएआइडीका विश्वभरीका कर्मचारीलाई दिइयो बिदा
काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको खबर सार्वजनिक भएको छ।युएसएआइडीले वेभसाइटमार्फत सूचना जारी गरी विश्वभरीका कर्मचारीहरूलाई बिदा दिएको बताएको छ । वेभसाइट एक साता अघिसम्म बन्द थियो। युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाको हकमा बिहीबारसम्म निर्णय गर्ने भनेको छ। बाँकी कर्मचारीहरूलाई बिदा… Continue reading ट्रम्प-मक्स नीति : युएसएआइडीका विश्वभरीका कर्मचारीलाई दिइयो बिदा
अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?
काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेको समाचारमा जनाइएको छ । चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा… Continue reading अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?
ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमण गर्न निम्तो दिएका छन्। रोयटर्सका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउन निम्तो दिएका छन् । ट्रम्प र मोदीबीच जनवरी २७ मा टेलिफोन वार्ता समेत भएको थियो । दुई नेताबीच आप्रवासी र भारतले अमेरिकामा बनेका सुरक्षाका सामान खरिद गर्ने विषयमा कुराकानी भएको थियो… Continue reading ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै
अमेरिकी डलरको भाउ निरन्तर उकालो
काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । यसैगरी युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय… Continue reading अमेरिकी डलरको भाउ निरन्तर उकालो
क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५–२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै… Continue reading क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?
इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ
काठमाडौं । अमेरिकी ुसरकारी दक्षता विभागुका निर्देशक तथा टेक खर्बपति इलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागिएको बताएका छन् । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गरेका छन् । जसमा उनले यूएसएआईडी बन्दको प्रक्रिया थालिएको जानकारी गराएका छन् । ‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई… Continue reading इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ
दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकाले केही वर्गका मानिसमाथि गरेको व्यवहारका कारण त्यहाँ सहायता रोकिने चेतावनी ट्रम्पले दिएका हुन् । दक्षिण अफ्रिकामा व्यापाक मानवाधिकार उल्लंघनका घटना भइरहेको समेत उनको भनाई छ । अमेरिकाले यस्तो सहन… Continue reading दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी
अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा शूल्क बढाउने निर्णय गरेसँगै विश्वभर यसले तरंग उत्पन्न गराएको छ । यसै सन्दर्भमा मेक्सिकोका तर्फबाट प्रतिक्रिया सार्वजनिक भएको छ । अमेरिकाले मेक्सिकन सामानमा २५ प्रतिशत शूल्क बढाउने निर्णय गरेको थियो । राष्ट्रपति क्लायडिा शिनबामले अमेरिकासँग कुनै पनि प्रकारको टकराव आफ्नो मुलुकले नचाहेको बताइन्… Continue reading अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया
अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु
काठमाडौं । अमेरिकामा एक साताको बीचमै दोस्रो जहाज दुर्घटनामा परेको छ । ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटना ताजा रहँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका हुन् । विमानमा सवार ६ जना… Continue reading अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु