गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

BBC

काठमाडौं । गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएका छन् । घटना गत बिहीवारको हो । घटना कसरी भयो र त्यसमा को जिम्मेवार थियो भन्नेबारे फरक फरक दाबी गरिएको छ । फ्रेब्रुअरीको २८ का दिनकेही मानिसहरु राहतको प्रतिक्षामा थिए । संयुक्त राष्ट्रसङ्घले यसअघिबाटै गाजामा करिब ३,००,००० मानिसहरू क्षेत्रमा भोकमरीको जोखिममा रहेको… Continue reading गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

bbc

काठमाडौं । अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिर सार्वजनिक गरेको छ।ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो। यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो। ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने… Continue reading अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्। अमेरिकी अधिकारीहरूले गत… Continue reading रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

काठमाडौं । भारतीय युवाहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवा समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको बीबीसीले जनाएको छ । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस… Continue reading भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष एड्माइरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग… Continue reading अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

Efrem Lukatsky–AP

काठमाडौं । रुस युक्रेन युद्धको दुई वर्ष पुरा भएको छ । रुसी राष्ट्रपति भलादमिर पुटिनले सुरु गरेको पूर्ण आकारको अतिक्रमणको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको हो । यद्दपी युद्ध भने जारी छ । पछिल्लो समय युक्रेनी सहरहरूमा थप रुसी हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनलाई सैन्य सहायता दिन ढिलो भइरहँदा… Continue reading रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

Efrem Lukatsky–AP

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन्।अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका… Continue reading रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

काठमाडौं । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ। घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास… Continue reading युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

स्पेनमा पूर्व रुसी पाइलटको हत्या

EPA\BBC

काठमाडौं । स्पेनमा पूर्वरुसी पाइलटको हत्या गरिएको छ । गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको स्पेनमा हत्या गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए। गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन।… Continue reading स्पेनमा पूर्व रुसी पाइलटको हत्या

भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

काठमाडौं । नेपालबाट अवैध रुपमा मेक्सिको हुँदै ११ भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्। अमेरिका जान भनेर नेपाल ल्याइएका… Continue reading भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

US MILITARY CENTRAL COMMAND

काठमाडौं । अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ। पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ। उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए। अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको… Continue reading अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको छ । संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा… Continue reading न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

काठमाडौं । टर्की र अमेरिकाबीच २३ अर्ब डबर बराबरका लडाकु विमान किनबेच गर्ने सहमति भएको छ । स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको हो । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको… Continue reading टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको जुरीले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि १ करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख… Continue reading मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

काठमाडौं । रुस र युक्रेनको सीमामा रुसी विमान दुर्घटनामा परेको छ । यस क्रममा ७४ जनाको ज्यान गएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा… Continue reading युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

File\cnn

काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग… Continue reading अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

न्यूयोर्क। जिपी कोईराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे घाना र न्यूयोर्कमा सम्मानित भएका छन् । न्युयोर्कस्थित साउथ एसियन समुदायको सबै भन्दा पुरानो संस्था न्यु( अमेरिकन डेमोक्रेटिक क्लब लगायत न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो । सो क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा घिमिरेलाई साउथ एशियन एक्टिभिष्ट अफ द एअर… Continue reading घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका,… Continue reading सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

काठमाडौं । गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार उनले एउटा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने समेत बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने… Continue reading प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

GETTY IMAGES\BBC

काठमाडौं । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएपछि अमेरिकासँग चीन रिसाएको छ । अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको समेत बेइजिङको टिप्पणी छ। बेइजिङले यस… Continue reading ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

File\cnn

काठमाडौं । यमनमा अमेरिकी र बेलायती सैनिकले आक्रमण थालेका छन् । उनीहरुले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण थालेको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमण थालिएको बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले पनि मिशनको एक भागको रूपमा सहयोग गरेको उनले… Continue reading यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

अमेरिकाको चन्द्र मिसन असफल

File| EPA\BBC

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्। यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ। इन्धन चुहावटको समस्याका कारण पेरग्रीन… Continue reading अमेरिकाको चन्द्र मिसन असफल

बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

REUTERS\BBC

काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले… Continue reading बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड

REUTERS\BBC

काठमाडौं । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्। सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ। शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण… Continue reading अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड

अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चलेको छ । जसमा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको… Continue reading अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।… Continue reading अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छुु भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्। उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक… Continue reading अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर… Continue reading भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

काठमाडौं । सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले… Continue reading सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

Photo source : technotrenz.com

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । यसले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनेको छ । त्यसले नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक… Continue reading अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?