काठमाडौं । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्। उनी डेमोक्र्याटिककै पूर्वनेता समेत हुन्।… Continue reading स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन
Category: अमेरिका
इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए
काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । “हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”,… Continue reading इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए
बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता
वासिङ्टन । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । न्यायिक समितिका… Continue reading बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता
ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि
काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति… Continue reading ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि
विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा… Continue reading विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने
संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई
काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा… Continue reading संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई
युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय
काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् । पछिल्लो समय अमेरिकाको लस एन्जलस… Continue reading युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय
अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै
काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा बिहीबार जारी गरेको वक्तव्यअनुसार बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्न लागेका हुन् । उनी पहिला नेपाल आएर भारत भ्रमणमा… Continue reading अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै
जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे
काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप… Continue reading जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे
नेपथ्यको सुरमा झुल्दै अमेरिका
काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते… Continue reading नेपथ्यको सुरमा झुल्दै अमेरिका
२०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?
काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न… Continue reading २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?
खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?
पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ । अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक… Continue reading खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?
रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण
काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क… Continue reading रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा… Continue reading पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड
काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड
अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?
काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा… Continue reading अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु
काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु
पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो
काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो
कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार
काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यसअघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ । भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक… Continue reading कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार
काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो
काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ । जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।
एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा
काठमाडौं । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्। जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक… Continue reading एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा
हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर
काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ । यसले मध्यपूर्वमा तनावको डर मडारिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका छन् । इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेको छ । हानियाको हत्या पनि इजरायलले… Continue reading हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर
पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा मंगलबार जापानले अग्रता कायम गर्न सफल भएको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाको अर्को मुलुक चीन र अष्ट्रेलियाले पछ्याइरहेका छन् । चीनले ६ स्वर्ण, ६ रजत र २… Continue reading पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको… Continue reading ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?
काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ । यसले अब इजरायलको… Continue reading अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?
अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु
काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु
ओबामाको समर्थन कमलालाई
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेका थिए । पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र… Continue reading ओबामाको समर्थन कमलालाई
पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अनौठो घटना भएको छ । बिहीबार मोरोक्कोले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनायो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२… Continue reading पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्। ‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु’, उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्। घटनाका बारेमा सोमवार संसदीय… Continue reading ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा
अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित
काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ । आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित