न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

९ कात्तिक, काठमाडौं । न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।… Continue reading न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

(Photo by Mandel NGAN / AFP)

एयर फोर्स वान (अमेरिका) । कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनी दक्षिण कोरियाबारे केही नरम सुनिएका छन् । एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा… Continue reading उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

८ कात्तिक, काठमाडौं । एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन… Continue reading नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

८ कात्तिक, क्वालालम्पुर चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ… Continue reading क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

७ कात्तिक, काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले यस भेटबारे पुष्टी गरेको हो । दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) बैठकमा सहभागी हुने क्रममा दुई शक्ति सम्पन्न राष्ट्रपतिहरुबीच भेटवार्ता हुन लागेको हो । ३० अक्टोवरका दिन यो… Continue reading ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

President Donald Trump salutes as he walks Russia's President Vladimir Putin, Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (AP Photo/Julia Demaree Nikhinson)

६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका क्रममा यो घोषणा गरेका हुन्। प्रतिबन्धहरूले रूसका दुई ठूला तेल कम्पनीहरू रोस्नेफ्ट र लुकओइललाई निशाना बनाएको छ। युक्रेन युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउने उद्देश्यका साथ अमेरिकाद्वारा… Continue reading भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र… Continue reading अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

PORTLAND, OREGON - OCTOBER 18: Anti-I.C.E. protesters clash with federal agents at the U.S. Immigration and Customs Enforcement building on October 18, 2025 in Portland, Oregon. Organizers expect millions to participate in cities and towns across the nation for the second "No Kings" protest to denounce the Trump administration. Mathieu Lewis-Rolland/Getty Images/AFP (Photo by Mathieu Lewis-Rolland / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

वासिङ्टन, २ कात्तिक (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता… Continue reading अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

Photo : arabcenterdc.org

वासिङ्टन, २ कात्तिक, (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन् । इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएस अन्तर्वार्तामा उनले भने, “उहाँले सेप्टेम्बर ९ मा दोहामा… Continue reading कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

Ukraine's President Volodymyr Zelenskyy speaks to reporters in Lafayette Park across the street from the White House, following a meeting with President Donald Trump, Friday, Oct. 17, 2025, in Washington. (AP Photo/Manuel Balce Ceneta)

वासिङ्टन, २ कार्तिक (रासस\एपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, “धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय… Continue reading ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

वासिङ्टन डिसी, १ कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन् । भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए । भेटमा राष्ट्रपति थरमनले दु्रत गतिको… Continue reading सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

File (AP Photo/Evan Vucci)

वासिङ्टन डिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हमासले बाँकी मृत… Continue reading आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

file

वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट… Continue reading दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

वाशिङ्टन डिसी, ३० असोजः विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे,… Continue reading अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

File : This frame grab from a drone video shot on Saturday, Oct. 11, 2025, shows Palestinians walking past destroyed buildings in Gaza City, in the northern Gaza Strip. (AP Photo)

जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक… Continue reading इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

file\Google

वाशिङ्टन, ३० असोज (रासस\एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो । उक्त आक्रमणको भिडियो सामाजिक… Continue reading भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

नयाँदिल्ली, २८ असोज (रासस\एएफपी) । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस… Continue reading भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

FILE - An aerial view of a container port is seen in Qingdao in east China's Shandong province, on June 6, 2024. (Chinatopix via AP, File)

हङकङ, २८ असोज (रासस\एपी) । चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मङ्गलबार उक्त कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा औद्योगिक पुनर्निर्माण गर्ने रणनीतिक पहलप्रतिको प्रतिक्रियास्वरूप लिइएको बताएको छ । मन्त्रालयका अनुसार चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि… Continue reading चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी, २९ असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाए । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरे । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल… Continue reading अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

A resident of Antananarivo watches Madagascar President Andry Rajoelina’s address to the nation via the official Facebook page of the Presidency of Madagascar, from her home in Antananarivo on October 13, 2025. Madagascar's embattled President Andry Rajoelina said on October 13, 2025 he was sheltering in a "safe space" after an attempt on his life. "I was forced to find a safe place to protect my life today. In all this, I never stop looking for solutions," the 51-year-old leader said in a live address on Facebook, without revealing his location. (Photo by RIJASOLO / AFP)

एन्टानानारिभो, २९ असोज (रासस÷एएफपी) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक… Continue reading जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता

Houses sit damaged after flooding in Poza Rica, Veracruz state, Mexico, Sunday, Oct. 12, 2025. (AP Photo/Felix Marquez)

मेक्सिको सिटी, २८ असोज (रासस÷एएफपी) । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पु¥याएको बताए ।मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले… Continue reading मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता

अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु

File : (Photo by AFP) / China OUT

वासिङ्टन, २८ असोज (रासस\एएफपी) । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच नयाँ व्यापार चुनौतीको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला सोमबारदेखि वासिङ्टनमा सुरु गरेको छ । गत हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताएका… Continue reading अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु

गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

People react as they gather to watch a live broadcast of Israeli hostages released from Gaza at a plaza known as hostages square in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. The release took place as part of a cease-fire agreement between Israel and Hamas. (AP Photo/Oded Balilty)

जेरुसेलम, २८ असोज (रासस÷एएफपी) । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।” “जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको… Continue reading गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

वासिङ्टन डिसी, २८ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु,… Continue reading अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)

People gather to watch a live broadcast of Israeli hostages released from Gaza at a plaza known as hostages square in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. The release took place as part of a cease-fire agreement between Israel and Hamas. (AP Photo/Oded Balilty)

२७ असोज, काठमाडौं । गाजा युद्धविराम सम्झौताको कार्यान्वयनका रूपमा सोमबार बन्धक रिहा गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इजिप्टको भ्रमणका लागि अवतरण गरेका छन् । उनले आफ्ना इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीसँग मिलेर शार्म अल–शेखमा आयोजना हुने गाजा शान्ति शिखर सम्मेलनको सह–अध्यक्षता गर्दैछन् । गाजा शान्ति सम्झौताअनुसार दुवै पक्षले सन् २०२३ अक्टोबर… Continue reading इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

President Donald Trump poses for a photo with Israel's Prime Minister Benjamin Netanyahu before he boards Air Force One at Ben Gurion International Airport, Monday, Oct. 13, 2025, near Tel Aviv, as Israel's President Isaac Herzog, left, watches. (AP Photo/Evan Vucci)

जेरुसेलम, २७ असोज (रासस\एएफपी) । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भने, “आफ्नो अथक र निष्ठापूर्ण… Continue reading ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

एजेन्सी२७ असोज, काठमाडौं । हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टी गरेको छ । उनको शव आजै इजरेललाई बुझाइने भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ । मृत्यु भएको ठानिएका २८ जनाको… Continue reading हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

Hamas gunmen in escort buses carrying freed Palestinian prisoners arriving in the Gaza Strip after their release from Israeli jails under a ceasefire agreement between Hamas and Israel, in Khan Younis, southern Gaza Strip, Monday, Oct. 13, 2025. (AP Photo/Jehad Alshrafi)

जेरुसेलम, २७ असोज (रासस\एपी) । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा… Continue reading हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

महेन्द्रनगर, २७ असोज । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली… Continue reading विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा

FILE - This combo of images provided by the Hostages and Missing Families Forum, shows Israeli hostages, top row from left, Gali Berman, Ziv Berman, Elkana Bohbot, Rom Braslavski, Nimrod Cohen, Ariel Cunio; second row from from left, David Cunio, Evyatar David, Guy Gilboa-Dalal, Maksym Harkin, Eitan Horn, Bipin Joshi; third row from left, Segev Kalfon, Bar Kupershtein, Matan Angrest, Omri Miran, Eitan Mor, Tamir Nimrodi: bottom row from left, Yosef-Chaim Ohana, Alon Ohel, Avinatan Or, Matan Zangauker. (Hostages and Missing Families Forum via AP, File)

काठमाडौँ, २७ असोजः विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो… Continue reading विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा