काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा… Continue reading सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट
Category: अमेरिका
परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौँ, १८ जेठः परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य… Continue reading परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान
तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न… Continue reading अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान
चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ
वासिङ्टन, १८ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उनको स्वास्थ्य राम्रो भएको तर उनले तौल घटाउनु उचित हुने सुझाब उनको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ। रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्ने गरेका… Continue reading चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ
अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
वासिङ्टन, १६ जेठ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन् । ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी… Continue reading अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
वासिङ्टन, १७ जेठ (रासस–एएफपी) । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् । गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । सामाजिक सञ्जाल एक्सको… Continue reading अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नासाको चन्द्र आधार योजना अघि बढ्यो
केप क्यानभेरल (फ्लोरिडा), १४ जेठ (रासस–एपी) । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर,… Continue reading नासाको चन्द्र आधार योजना अघि बढ्यो
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
सियोल, १३ जेठ (रासस–एपी) । उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको संक्षिप्त सूचनामा प्रक्षेपणको विस्तृत विवरण भने दिइएको छैन । प्रक्षेपणको… Continue reading उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा
दोहा, १२ जेठ (रासस–एएफपी) । शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्थ स्रोतले एएफपीलाई जानकारी गराएको छ । “द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सोमबार दोहा आइपुग्नुभएको छ,”… Continue reading इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा
अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड
वासिङ्टन, १२ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबीच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् । इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उनले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो… Continue reading अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
न्युयोर्क, १२ जेठ (रासस–एपी) । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो । जुलाई महिनामा आपूर्ति हुने… Continue reading मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह
मस्को, १२ जेठ (रासस–एएफपी) । रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए । आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि… Continue reading किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
नयाँदिल्ली, ११ जेठ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन् । आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा… Continue reading रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
ह्वाइट हाउस नजिक गोलीकाण्डबारे अहिलेसम्म के थाहा छ ?
वासिङ्टन, ११ जेठ (रासस–एएफपी) । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उनी सुरक्षित रहन सफल रहे । युएस सेक्रेट सर्भिसका सञ्चार… Continue reading ह्वाइट हाउस नजिक गोलीकाण्डबारे अहिलेसम्म के थाहा छ ?
इरान सम्झौता घोषणा सम्भावना
नयाँदिल्ली, ११ जेठ (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन् । नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । आफ्नो पहिलो भारत भ्रमणमा रहनुभएका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति… Continue reading इरान सम्झौता घोषणा सम्भावना
अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते
न्यूयोर्क, ११ जेठ (रासस–सिन्हवा) । अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो।… Continue reading अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते
अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत
तेहरान, १० जेठ (रासस–एएफपी) । इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन्, “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ ।” इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम… Continue reading अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत
अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबीच टेलिफोन वार्ता
दोहा, ९ जेठ (रासस–सिन्ह्वा) । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय विकासक्रमबारे छलफल गर्नुभएको अमिरको प्रशासनिक कार्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। टेलिफोन वार्ताको क्रममा उनीहरुबीच यस क्षेत्रमा थप तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको समर्थनमा केन्द्रित भएको विज्ञप्तिमा भनिएको छ।… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबीच टेलिफोन वार्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
कोलकाता, १० जेठ (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका छन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहा उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय… Continue reading अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित
लस एन्जलस (अमेरिका), १० जेठ (रासस–एएफपी) । अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका… Continue reading क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
लस एन्जलस (अमेरिका), ९ जेठ (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू (ग्रीन कार्ड धारकहरू) लगायत अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ । विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमको पालना… Continue reading इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित
८ जेठ, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए… Continue reading विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित
पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय
बेइजिङ, ८ जेठ (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्… Continue reading पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय
स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी
न्युयोर्क, ८ जेठ (रासस–एपी) । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ । फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ… Continue reading स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी
इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी
तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् । नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।” स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको… Continue reading इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी
इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह
तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी… Continue reading इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह
अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन
दुबई, ६ जेठ (रासस–एपी) । इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ । एक सामूहिक विवाह समारोहमा इजरायलमाथि क्लस्टर बम प्रहार गर्न प्रयोग गरिएको जस्तै ब्यालिस्टिक क्षेप्यास्त्रसमेत मञ्चमा… Continue reading अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
सिमी भ्याली (क्यालिफोर्निया), ६ जेठ (रासस–एपी) । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको… Continue reading क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाद्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ, ६ जेठः आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल… Continue reading अमेरिकाद्वारा स्कटल्याण्ड पराजित
ट्रम्पपछि बेइजिङमा पुटिन
बेइजिङ, ६ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रुस धुरीतर्फ केन्द्रित भएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग… Continue reading ट्रम्पपछि बेइजिङमा पुटिन