काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ । यो खोप २८ असारमा काठमाडौं… Continue reading अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र
Category: अमेरिका
कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन
अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना
लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ । अमेरिकाले यस्तो प्रणाली… Continue reading अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना
ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने
टेक्सस नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीहरुको लागी निबन्ध प्रतियोगिता गर्ने भएको छ। उक्त कार्यक्रममा किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।ऐशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको… Continue reading ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने
एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न
हरिप्रसाद जोशी,कनेक्टिकट गैरआवासीय नेपाली संघ, अमेरिका कनेक्टिकट च्याप्टरको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीको कार्यकालमा निम्न कार्यहरु सम्पादन गरिएका थिए ।विवरणहरु : १) कार्य समिति तथा सल्लाहकार समितिको पूर्णता ।२) आर्थिक गतिविधीहरुको पारदर्शिताको लागि बैंक खाता खोलि कार्यक्रम गरिएको ।३) दुई वर्षको वार्षिक कार्ययोजना पारित गरि संस्थाको… Continue reading एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न
नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन
धन लामा, कनेक्टिकट नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो । अमेरिकाको कनेक्टिकट… Continue reading नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन
अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैन्य फौज फिर्ता भएसँगै अधिकांश भूभाग तालिवानले कब्जा गरिरहेको छ । यस अवस्थामा अमेरिकी र नेटो सुरक्षा फौजलाई भाषाको अनुवादमा सहयोग गरेका अफगान दोभासेमाथि समेत जोखिम बढेको छ । सोहीकारण उनीहरूको अमेरिकाले उद्धार गर्ने भएको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले… Continue reading अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै
अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो
काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख… Continue reading अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो
अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान… Continue reading अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान
काठमाडौं । जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको भिडन्तमा कोलम्बिया विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुलाई ३२ गोलले हराउँदै कोलम्बियाले तेस्रो स्थान कब्जा गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरे । पेरु सेमिफाइनलमा ब्राजिल र कोलम्बिया अर्जेण्टिनासँग पराजित भएका थिए… Continue reading कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान
रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी साइवर हमलाकर्तामाथि कारवाही हुने बताएका छन् । ह्वाइट हाउसका तर्फबाट जारी एक बयानमा उनले रूसका राष्ट्रपतिलाई अमेरिकामाथि साइवर हमला रोक्न आग्रह गरेका छन् । रुसले नरोके अमेरिका आफैले कारवाही गर्ने उनको चेतावनी छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटीन र बाइडेनबीचको फोनवार्तापछि ह्वाइट हाउसले यस्तो वयान जारी गरेको… Continue reading रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन
अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने
काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ… Continue reading अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने
अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ
काठमाडौं । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै उक्त मुलुकमा अतिवादी समूहहरुको सक्रियता बढेको छ । तालिवानले देशका महत्वपूर्ण भूभागहरु कब्जा गरेको भनेको छ । उता, राष्ट्रपति जो बाइडेन भने आफ्नो प्रशासनको यो कामप्रति सन्तुष्ट छन् । बीबीसीका अनुसार उनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका हुन्… Continue reading अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ
चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?
काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप खपत भएको छ । राससले समाचार एएफपीलाई उदृत गर्दै जनाए अनुसार यस्तो खोप चीनमा मात्र एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज खपत भइसकेको छ । चीन सर्वाधिक खोप लगाउने मुलुक हो । दोस्रो स्थानमा भारत छ ।… Continue reading चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?
फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले कम्पनीका सीईओलाई लक्षित गरि फ्लोरिडा राज्यको दक्षिणी जिल्ला मियामीको जिल्ला अदालतमा सो मुद्दा दर्ता गराएका हुन् । सीईओ मार्क जुरकवर्ग सहित तीनै कम्पनीका ज्याक डोर्से र सुन्दर पीचाइलाई केन्द्रित गर्दै ट्रम्पले मुद्दा हालेका हुन् । करिब ६ महिना अघि… Continue reading फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा
कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
काठमाडौं । जारी कोपा अमेरिकामा अर्जेण्टिना उपाधी नजिक पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै अर्जेण्टिना फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा अग्रता भने अर्जेण्टिनाले मार्टिनेजको गोलमार्फत ६ औं मिनेटमै लिएको थियो । कप्तान लियोनल मेसीको सटिक… Continue reading कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण
कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव… Continue reading नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण
कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अहिले ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमै आयोजना भइरहेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १, ० गोलले हराएको ब्राजिल फाइनल पुगेको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना… Continue reading कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य
सुपेन्द्र बस्नेत, बोष्टन आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले… Continue reading एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य
कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
काठमाडौं । इक्वेडरविरुद्ध रवाफिलो जित दर्ता गर्दै अर्जेण्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल पुगेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा अर्जेण्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । आजको खेलमा क्याप्टेन मेसी पुनः एक पटक चम्किए । उनले एक उत्कृष्ट फ्रिकिक गोल गरे । दुई गोलका लागि भने असिष्ट गरे । उनले ९३ औं मिनेटमा… Continue reading कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र
भर्जिनिया अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् । उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७… Continue reading नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र
एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न
बिष्णु सिंह (बैजु) – आजीवन सदस्य एनआरएन अमेरिका २०२१-२३ पदाधिकारी कार्यकालका लागि केन्द्र र राज्य निकायहरुको चुनावपूर्व नै सदस्यता दर्ता र नविकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढी सदस्यहरु संगठीत भए । आफुपनि स्वतस्फुर्त रुपमा सदस्य बनाउन लागि परेकोले खुसी र गर्व लाग्छ। तर चुनाव हुदैगर्दा… Continue reading एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न
दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका
काठमाडौं-एजेन्सी । अमेरिकामा एक साथ दुई सय कम्पनीमाथि साइवर हमला भएको छ । एक साइबर सुरक्षा फर्मलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले यसको जानकारी गराएका छन् । यहाँ करीव २ सय कम्पनी हमलाबाट प्रभावित भएका छन् । हन्ट्रेस ल्याव्सले सफ्टवेयरका माध्यमबाट आफ्नो कम्पनीलाई निसाना बनाएको पुष्टी गरेको छ । यससँगै २ सय हाराहारी आइटी कम्पनीलाई निसाना… Continue reading दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका
अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक
काबुल । अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडाबाट अमेरिकी तथा नेटोका सैनिकहरु बाहिरिएका छन् । यहाँको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिक बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त सैन्य अखडा उग्रवादी विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र थियो। बीबीसीका अनुसार त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य… Continue reading अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक
संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौं । आयोजक ब्राजिल चिलीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १० गोल अन्तरले हरायो । ब्राजिल ४८ मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । टोलीका गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । उनले चिलीका डिफेन्डर मेनामाथि फाउल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित… Continue reading संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना
टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित डिस्ट्रिक्ट २ एक्स -१ अन्तर्गतको क्लब डलास एभरेस्ट लायन्स क्लबमा युवा ब्यवसायी तथा समाजसेवी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समितिले आफ्नो पद भार ग्रहण गरेको छ । सन २००३ मा स्वर्गिय अजय छोचोङ्को नेत्रित्वमा स्थापित डलास एभरेस्ट लायन्स क्लबको लायन्स बर्ष २०२१ र २०२२ का लागि लायन तिमल्सिना नेत्रित्वको लागि चुनिएका… Continue reading अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना
अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो
काठमाडौं\एजेन्सी । क्यानडा यतिबेला इतिहासमै मापन भएको मध्ये सबैभन्दा उच्च तापक्रमबाट गुज्रिरहेको छ । यहाँ पछिल्लो ५ दिनमा ४८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँको एउटा गाउँमा जङ्गली डढेलोले ९० प्रतिशत भूभाग जलाइसकेको संचारमाध्यमले जनाएका छन् । बीबीसीले स्थानीय सांसद् ब्राड भिसलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर… Continue reading अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो
कोही नहुनेको भगवान आफ्नो हुन्छ
अच्युत सिग्देल, न्युयोर्क अमेरिकाको दक्षिणी राज्य आलावामालाई टोर्नेडो र हरिकेनले वर्षेनि दु:ख दिन्छ । हरेक वर्ष मानिसहरू सुरक्षित ठाउँमा घरवार सार्न वाध्य हुन्छन । यो वर्ष क्याथी लगायत धेरैको घर पनि हरिकेनले तहसनहस पार्यो। क्याथी बचेखुचेको सामान लिएर उनीहरू सर्दै थिए। नसकेपछि मुभिङ कम्पनीलाई सामान सार्न बोलाए ।क्याथीले बोलाएको मुभिङ कम्पनीले कामदार माग गरेको थियो।… Continue reading कोही नहुनेको भगवान आफ्नो हुन्छ
अमेरिका र बेलायत युद्ध गर्न उक्साइरहेका छन् : पुटीन
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटीनले बेलायत र अमेरिकाले युद्ध गर्न उक्साइरहेको आरोप लगाएका छन् । उनको यस्तो आरोप बेलायतको युद्धपोत ‘एचएमएस डिफेंडर’ रुसको नियन्त्रणमा रहेको क्रीमियाको सागर किनारको नजिकैबाट गएसँगै आएको हो । उनले यो कदमलाई पश्चिमा मुलुकले यूक्रेन नजिक मिलिट्री बेस स्थापित गर्ने प्रयास भएको समेत बताएका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति… Continue reading अमेरिका र बेलायत युद्ध गर्न उक्साइरहेका छन् : पुटीन
क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु
बर्नेबी\क्यानडा । अमेरिकी मुलुक क्यानडामा अत्यधिक तापक्रमका कारण मानिसहरुको हताहती बढेको छ । दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरु मरेको बीबीसीले लेखेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको उल्लेख गरेको छ । मर्नेमा ज्येष्ठ नागरिक धेरै छन्। सो क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको हो । ब्रिटिश… Continue reading क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु