Category: अमेरिका

  • एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

    एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

    काठमाडौं । नेपालमा एमसीसीमार्फत थप अनुदान दिन अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको बताएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताएका छन् । नयाँ परियोजनामा लगानी गर्न पनि अमेरिका तयार रहेको भेटपछि अर्थमन्त्री डा. महतले जानकारी दिए ।

    “आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ,” उनले भने, । भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा पनि छलफल भएको थियो । बुधबार नै एसियाली विकास बैङ्कको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोस्वासँग पनि भेट गर्दै अर्थमन्त्री महतले नेपालको विकासका लागि दातृ निकायबाट थप सहयोगको अपेक्षा राखेको बताएका थिए ।

  • ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो

    ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो

    काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    घटनामा अरु चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले विद्यालयमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन् । सान्ता क्याटारिनाका गभर्नरले घटनापछि स्थानीय क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन् ।

  • अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

    अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

    काठमाडौं । आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकाल्दै अमेरिकाले विश्वकप छनोटमा स्थान सुरक्षित गरेको छ । अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्यो । यससँगै उसको विश्वकप छनोटमा स्थान पक्का भएको हो ।

    अर्को खेलमा नामिबियाले क्यानडालाई १११ रनले हरायो । जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना प्रवल बनेको छ । क्यानडा पराजित भएसँगै युएईको एकदिवसीय मान्यता जोगिएको छ। नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा जारी छ ।


    अमेरिका सबै पाँच खेल खेल्दा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नामिबियाको ५ खेलबाट ६ अंक छ। चार खेल खेलेको युएई ६ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको क्यानडाको ४ खेलबाट ४ अंक र पाँचौ स्थानको जर्सीको २ अंक छ। पुछारको पपुवा न्युगिनीले चारै खेलमा हार बेहोरिसकेको छ। प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधानअनुसार अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको हो। अब नामिबिया, युएई र क्यानडा मध्ये एक टिमले विश्वकपमा स्थान बनाउनेछ।

    यस्तै नामिबिया र अमेरिकाले विश्वकप लिग-२ बाटै एकदिवसीय मान्यता कायम गरेको अवस्थामा युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनी मध्ये दुई टिमले एकदिवसीय मान्यता पाउने नियम छ। जसमा युएईले एकदिवसीय मान्यता जोगाउदा पपुवा न्युगिनीले गुमाइसकेको छ। अब क्यानडा र जर्सी मध्ये एक टिमले एकदिवसीय मान्यता प्राप्त गर्नेछन्। विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ। विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।


    विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान र अमेरिका गरी ८ टिमले खेल्ने पक्का भइसकेको छ। छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी २ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट एक टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रहरीको नियन्त्रणमा

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रहरीको नियन्त्रणमा

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले लेखेको छ । उनीमाथि ३४ आरोप छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति बनेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरिरहेका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएका थिए ।

    ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

    न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्‍याली निकाल्ने कोसिस गरेका थिए । ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।

    ७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनी मंगलबार दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर अदालत गएका थिए । उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेका छन् । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।

    अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए । अदालतबाट निस्किएर उनी फ्लोरिडा गएका छन् । त्यहाँ आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फेरि पनि उनले आफूले कुनै गल्ती नगरेको भन्दै घटनालाई राजनीतिकरण गरिएको जिकीर गरेका छन् ।

  • अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा

    अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा

    अमेरिका । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क पुगेका छन्। यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरेका छन्।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्।

  • डोनल्ड ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति

    डोनल्ड ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्।

    उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन। ती अभियोगहरू एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ। सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्याण्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि ड्यान्यल्सलाई पैसा दिइएको आरोप लगाइएको छ। ड्यान्यल्सले पूर्वराष्ट्रपतिसँग आफ्नो ‘व्यभिचारपूर्ण सम्बन्ध’ रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन्। ट्रम्प पुन: राष्ट्रपतिमा उठ्न खोजिरहँदा यी अभियोजनहरू चलाइएका हुन्।

    अदालती कारबाही कस्तो हुन्छ?

    म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन्। अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्वीर र डीएनएको नमूना लिइनेछ।

    त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन्। जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ। सुनुवाइका क्रममा यस मुद्दामा उनीविरूद्धका अभियोगहरू पढेर सुनाइनेछ जुन १० देखि १५ मिनेटसम्मको हुनेछ।

    त्यहाँ प्रदर्शनकारीहरू भेला हुनसक्ने अवस्थाका लागि न्यूयोर्क प्रहरीले सुरक्षा योजना बनाएको छ।अमेरिकामा बहालवाला तथा पूर्व राष्ट्रपतिहरूको सुरक्षाको लागि जिम्मेवार रहने सिक्रेट सर्भिसले अदालतमा हुने उपस्थितिमा सुरक्षाको मुख्य काम गर्नेछ।

    ट्रम्प के भन्छन्?

    ट्रम्पले स्टोर्मी ड्यान्यल्ससँग सम्बन्ध भएको कुरा अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा दोहोर्‍याएका छन्। उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन्।

    फ्लोरिडामा बस्ने पूर्वराष्ट्रपति आउँदो सोमबार न्यूयोर्क आउने र मङ्गलबार अदालतमा प्रस्तुत हुने अपेक्षा गरिएको यस विषयसँग जानकार दुई स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्।

    ट्रम्पका छोरा एरिकले यो ‘चुनावी वर्षमा राजनीतिक विपक्षीको अवसर हेरेर बनाइएको निशाना’ भनेका छन्। ट्रम्पका उपराष्ट्रपतिका रूपमा काम गरेका माइक पेन्सले ग्र्याण्ड जुरीको कदमलाई एउटा काण्ड बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा चुनावी अभियानको पैसाको विषयमा उठेको प्रश्न अभियोजनयोग्य नरहेको पेन्सले बताएका छन्। यस कदमले देशलाई थप विभाजित पार्न सघाउने उनले बताएका छन्।बीबीसी

  • अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

    अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

    काठमाडौं । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ। बीबीसीका अनुसार एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए। क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ।

    एफएसबीले भनेको छ, उसले गैरकानुनी गतिविधिलाई रोक लगाइदिएको छ। ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका थिए र राज्यका गोप्य सूचना सङ्कलन गरिरहेका थिए।

    केही घण्टापछि गुप्तचर सेवाले उनलाई मस्कोको लिफोर्टोभो जिल्ला अदालतमा लगएर औपचारिक रूपमा नै गिरफ्तार गरेको थियो। उनलाई अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ। उनका वकिलले आफूलाई अदालतको कक्षभित्र प्रवेश नदिइएको जनाएका छन्।

    तास समाचार संस्थाले ती पत्रकारले आरोप अस्वीकार गरेको जनाएको छ। उक्त अदालतमा त्यसअघि बमको जोखिम रहेको भन्दै आगन्तुक र कर्मचारीलाई बाहिर पठाइएको रुसको रीआ सरकारी न्यूज एजेन्सीले जनाएको छ।


    एफएसबीले एउटा विज्ञप्तिमा एभन गोस्कर्भीचसँग मस्कोभन्दा १,८०० किलोमिटर पूर्वमा काम गर्दै गर्दा विदेश मन्त्रालयको अनुमतिपत्र रहेको जनाएको छ। द वाल स्ट्रीट जर्नलको यसै साता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ।

    तर एफएसबीले उनले ‘अमेरिकी इशारामा काम गरिरहेको’ र ‘रुसको रक्षा उद्योगका बारेका राज्यका गोप्य गतिविधिबारे सूचना सङकलन गरेको’ जनाइएको छ। उसले एउटा फौजदारी जासुसी मुद्दा समेत अघि बढाइएको बताएको छ। द वाल स्ट्रीट जर्नलले आफ्ना संवदादता र उनको परिवारको पक्षमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ। उसले एभन गोर्स्कभीचलाई आफ्ना ‘विश्वसनीय र प्रतिबद्ध संवाददाता’ भन्दै तत्काल रिहाइको माग गरेको छ।

    क्रेम्लिनले पनि उक्त प्रकरणमा टिप्पणी गरेको छ। प्रवक्ता दिमित्री पेश्कोभले उक्त विषय एफएसबीको जिम्मेवारीमा पर्ने र उनीहरूले विज्ञप्ति जारी गरिसकेको बताएका छन्। “मैले भन्न सक्ने थप कुरा के मात्रै छ भने उनी रङ्गेहात पक्राउ परेका हुन्।” रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ। युक्रेनमा सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालिनुअघि नै रुसबाट समाचारहरू सम्प्रेषण गर्न कठिन बन्दै गएको थियो। स्वतन्त्र पत्रकारहरूलाई ‘विदेशी एजेन्ट’ को आरोप लगाउने गरिएको थियो भने बीबीसीकी रुस संवाददाता सेराह रेन्सफोर्डलाई देश निकाला गरिएको थियो।

    लडाइँ सुरु भएपछि रुसले ‘मिथ्या समाचार’ र ‘सेनालाई बदनाम गर्ने’ खबरको प्रकाशनलाई फौजदारी कारबाहीका रूपमा दण्डित गर्न सकिने कानुनी व्यवस्था गरेको थियो। त्यसअन्तर्गत दर्जनौँ रुसीलाई उक्त युद्धको आलोचना गरेकोमा दोषी ठहर गरिएको थियो। लगभग सबै स्वतन्त्र सञ्चारमाध्यमहरूको मुख थुनिएको छ वा तीनलाई बन्द गरिएको छ अथवा प्रसारणमा रोक लगाइएको छ।


    एभन गोर्स्कभीचले द वाल स्ट्रीट जर्नलका लागि एक वर्षभन्दा बढी समययता काम गरिरहेका छन्। विगतमा उनले त्यहाँ नै एएफपी समाचार संस्था र द मस्को टाइम्समा काम गरेका थिए। रुसकी राजनीतिकविज्ञ तात्याना स्टानभायाले उक्त गिरफ्तारी आश्चर्यमा पाको बताइन्। उनका विचारमा एफएसबीको दृष्टिकोणमा विज्ञहरूबाट प्रतिक्रिया लिनु मात्रै पनि ‘सूचना सङ्कलन’ पर्छ।

    आफ्ना सम्पादकहरूको निर्देशनमा काम गर्नुलाई ‘अमेरिकी निर्देशनमा’ काम गरेको ठहर गरिएको हुनसक्ने उनले बताइन्। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले द वाल स्ट्रीट जर्नलका पत्रकारले गरेको काम पत्रकारितासँग असम्बन्धित रहेको बताएकी छन्। उनले ‘विदेशी संवाददाताले पत्रकारिताको आवरणमा अन्य काम गरेको’ यो पहिलो घटना नभएको बताइन्। युक्रेनमाथिको रुसी युद्ध सुरू भएको १३ महिनामा क्रेम्लिन र पश्चिमा विश्वबीचको सम्बन्ध अझ तनावग्रस्त बनेको छ।

  • म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

    म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

    काठमाडौं । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्। सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्। एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको मौलिक प्रजातन्त्रलाई एउटा स्वरूप दिन सघाउनुपर्ने धारणा व्यक्त गरे। सन् २०२१ मा सेनाले देशको शासनसत्ता फेरि आफ्नो हातमा लिएपछि म्यान्मारमा गृहयुद्ध चर्किएको छ।

    गृहयुद्धमा दशौँ हजारको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। राजधानी नेप्यिडमा आयोजत वार्षिक सैन्य परेडका अवसरमा सम्बोधन गर्दै ६६ वर्षीय जेनरल मिन ओङ ह्लाइङले एउटा विशेष सन्देश दिए ः जस्तोसुकै क्षति भए पनि म्यान्मारको सेनाले आफ्नो शासनको विरोध गर्नेहरूविरुद्धको लडाइँ रोक्नेछैन। उनले “मानिसहरूको हित समाप्त गर्न खोज्ने आतङ्ककारीहरूविरुद्ध लड्न महत्त्वपूर्ण सहरहरूमा” सैन्य कानुन कडाइपूर्वक लागु गर्ने उद्घोष गरे।

    उनले देशमा निर्वाचन हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरे पनि म्यान्मारमा जारी द्वन्द्वका कारण कहिले चुनाव हुन्छ भन्ने निश्चित छैन। केही मानिसले सोमवार सैन्य शासकको विरोध गरेका थिए । जापानको आक्रमणविरुद्ध लड्न दोस्रो विश्वयुद्धताका स्थापना भएको म्यान्मारको राष्ट्रिय सेनाले स्थापनाको ७८ औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको परेडलाई ह्लाइङले सम्बोधन गरेका हुन्।

    पछिल्ला वर्षहरूमा म्यान्मारले आफ्नो सैन्य परेडलाई विशेष महत्त्व दिन थालेको छ। बाँकी विश्वबाट टाढिँदै गए पनि म्यान्मारको सैन्य शक्तिले विद्रोहीहरूविरुद्ध अझ बढी घातक कारबाही गरिरहेको छ। यद्यपि राजधानीभन्दा ५० किलोमिटर परका क्षेत्रहरूसम्म कतिपय विद्रोही समूह सक्रिय देखिन्छन्।

    विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि म्यान्मारले चीन र रुसबाट समर्थन पाइरहेको छ। सैन्य परेडमा ती दुवै देशका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। रुसी लडाकु विमान मी३५ सँगै चिनियाँ के८ विमान तथा हालै बेइजिङसँग खरिद गरिएको एफटीसी२००० जेट पनि म्यान्मारको सेनाले परेडका क्रममा प्रदर्शन गरेको थियो। सैन्य कूपछि विद्रोहीहरूको प्रभाव भएका क्षेत्रमा धेरै यस्ता अस्त्रहरू प्रयोग भएका छन् र तिनका कारण सर्वसाधारण नागरिक र बालबालिकाको पनि मृत्यु भएको छ।


    म्यन्मारमा निर्वाचित सरकार अपदस्थ गरेर उदाएका सैन्य नेतालाई सलामी दिने सैन्य एकाइहरूमा देशमा सर्वसाधारणको नरसंहार गरेकोसहित विभिन्न अत्याचार गरेको आरोप लागेका अधिकारीहरू पनि सहभागी थिए। तिनका कारण म्यान्मारले अन्तर्राष्ट्रिय प्रतिबन्ध र निन्दाको सामना गरिरहेको छ। गत शुक्रवार मात्रै संयुक्त राज्य अमेरिकाले म्यान्मारमाथि थप प्रतिबन्धहरूको घोषणा गरेको थियो।

    सर्वसाधारण मानिसहरूको बाक्लो बसोबास क्षेत्रमा हवाई आक्रमण गरिएको भन्दै नयाँ अमेरिकी प्रतिबन्ध जेट इन्धनको आपूर्तिलक्षित छन्। अन्य पश्चिमा देशहरूसँगै अमेरिकाले म्यान्मारको सैन्य सरकारका सदस्यहरूमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ। यहाँको सेनाको आर्थिक स्रोत कम गर्न भन्दै सेनाले सञ्चालन गरेका कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ। बीबीसी

  • अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

    अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् ।

    मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् । प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन

  • युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

    युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

    काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।

    गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन। बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ। युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ुयुक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउनेु बताएका थिए। सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, ‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।’

    तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो तत्परता देख्न नसकेको उनले बताए। रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए। उनले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन निष्पक्ष रहेको दाबी गरे।

    यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए। चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो, राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको उच्च स्तरीय व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने। यसअघि सीले चीन र रुसलाई महान् छिमेकी शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिएका थिए।

  • ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    काठमाडौं । आफ्नो यूट्यूब च्यानलबाट दुई वर्षसम्म गायब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप पुनः एक पटक यूट्यूबमा देखिएका छन् । उनले आफ्नो यूट्यूब च्यानलमा ११ सेकेण्डको भिडियो अपलोड गर्दै लेखेका छन्, आई एम ब्याक । यो भिडियो उनको एक चुनावी र्यालीको हो । जसमा उनले भनेका छन्, ‘तपाईलाई कुराएकोमा माफी चाहन्छु, यो एक जटिल मामला हो ।’


    सन् २०२० मा भएको राष्ट्रपति चुनावका हारेसँगै उनका समर्थकले वासिंटनस्थित क्यापिटल विल्डिङमा हंगामा मच्याएका थिए । त्यसछि उनका सामाजिक संजालहरु फ्रिज गरिएको थियो । उनले सामाजिक संजालका माध्यमबाट आफ्ना समर्थकलाई भड्काउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी पुनः एक पटक राष्ट्रपति चुनाव लड़ने तयारीमा छन् ।

  • अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।
    कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ । क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्।

    यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्। जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन्।

    अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले वास्तवमै महत्त्वपूर्ण क्षमता प्रदान गर्ने बताएका छन्। यस सम्झौताले देशलाई यथास्थितिबाट केही फरक अवस्थामा पुग्न मद्दत गर्ने र यसरी नै अस्ट्रेलियालाई सुरक्षित आफूहरू राख्न सक्षम भएको मन्त्रीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) लाई बताए।

  • टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

    टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

    एजेन्सी । अमेरिकाले टिकटकमाथि पुन: प्रतिबन्ध लगाउने प्रयास थालेको छ । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो। सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

    तर पछि अमेरिकी अदालतले सरकारको निर्णय खारेज गरिदिएको थियो। अहिलेको जोन बाइडनको कार्यकालमा पहिलो पटक टिकटकमाथि प्रतिबन्ध लगाउने खतरा देखिएको बताइएको छ।

    अमेरिकी सरकारले चीनका टिकटक मालिकले यो कम्पनीको सेयर नबेचेमा उसमाथि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। अमेरिकामा टिकटकका १० करोडभन्दा धेरै ग्राहक रहेका छन्।

    टिकटकले अमेरिकी उपभोक्ताको तथ्यांक चीन सरकारसँग सेयर गर्ने गरेको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ। यही विषयलाई लिएर टिकटक कम्पनी र अमेरिकी सरकारको सम्बन्ध यसअघि पनि तनावपूर्व रहँदै आएको छ।

  • रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    काठमाडौं\बीबीसी । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ। ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ। रुसले ड्रोनको आकस्मिक चालका कारण दुर्घटनाग्रस्त भएको बताएको छ। उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ।


    रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू–९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ। रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो। दुर्घटना मङ्गलवार मध्य युरोपेली समयअनुसार करिब सात बजेपछि भएको अमेरिकी सेनाले जनाएको छ। ‘हाम्रो एमक्यू–९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो’ एक विज्ञप्तिमा लेखिएको छ।


    ठोक्किनुअघि एसयू-२७ विमानहरूले ड्रोनमा लापरवाह, पर्यावरणीय हिसाबमा असुरक्षित र अव्यवसायिक ढङ्गमा इन्धन खसालेका थिए,’ लेखिएको छ। अमेरिकाले वाशिङ्टनस्थित रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर उक्त घटनाको विरोध गरेको थियो।

    बैठकपछि रुसी सरकारी सञ्चारमाध्यमले एन्टोनोभलाई उद्धृत गर्दै मस्कोले ड्रोन दुर्घटनालाई ‘उत्तेजना’को नतिजाका रूपमा व्याख्या गरेको बताएको छ। सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा समेटेयता ब्ल्याक सीमा तनाव बढेको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सधैँ उडान सञ्चालित भए पनि रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेपछि अमेरिका र यूकेले त्यस क्षेत्रमा जासुसी र निगरानी उडानहरू बढाएका छन्।

    अहिले मङ्गलवार रुसले अमेरिकी ड्रोन र त्यसको काममा बाधा पुर्‍याउने प्रयास गरेको थियो वा नियोजित रूपमा खसालेको थियो भन्ने प्रश्न सिर्जना भएको छ। अमेरिकाका अनुसार यस क्षेत्रमा सम्बद्ध विमानहरूसँग अन्तरक्रिया गर्ने रुसी विमान चालकहरूले जोखिमपूर्ण कार्यहरू दोहोराएका छन्। त्यसैले रुसी विमान चालकहरूको गल्तीका कारण ड्रोनको निकै नजिक पुगेको र दुर्घटना भएको हुनसक्ने सम्भावना छ। यदि यो नियोजित हमला हो भने यस घटनाले उत्तेजना बढाउने छ।

    त्यस्तो अवस्थामा यस आक्रमणलाई क्रेमलिनले संयुक्त राज्य अमेरिकाको प्रतिक्रिया जाँच गर्न गरेको प्रयासको रूपमा हेरिनेछ। पश्चिमा देशहरूले रुससँग प्रत्यक्ष टकराबमा उत्रिएर युक्रेन युद्ध रोक्न कडा प्रयास गरेका छन्। तर अब ब्ल्याक सीमा भएको यस घटनाबारे अमेरिकाले आफ्नो प्रतिक्रियाको मूल्याङ्कन गर्नु पर्नेछ। अमेरिकी सैन्य कमान्डरहरूले उनीहरूको विज्ञप्तिमा यसलाई “जोखिमपूर्ण कार्य” भन्दै चेतावनी दिएका छन्।

  • जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

    जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

    काठमाडौं\बीबीसी । कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ। कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्। तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल भएका छन्। जीवित दुई जना अहिले अमेरिका पुगिसकेको मेक्सिको र अमेरिकाका अधिकारीहरूले बताएका छन्।

    सीमावर्ती सहर माटामोरोस मेक्सिकोमा निकै खतरा भएका स्थानहरूमध्ये पर्छ। तमोलिपास राज्यको ठूलो क्षेत्र लागुऔषध तस्करहरूले नियन्त्रणमा छ। कतिपय अवस्थामा उनीहरू स्थानीय प्रशासनभन्दा बढी शक्तिशाली हुन्छन्। तर तिनै सहरहरू अमेरिकामा उपचार खर्च धान्न नसक्ने दशौँ हजार मानिसका लागि चिकित्सा पर्यटनका निम्ति राम्रो गन्तव्य पनि हुन्। यो क्षेत्रबारे जानकारी भएका सेवाग्राहीहरूले आवश्यक सावधानी अवलम्बन गर्न जानेका हुन्छन्।

    उनीहरू मेक्सिको प्रवेश गर्नासाथ आफ्नो गाडीमा स्थानीय नम्बर प्लेट प्रयोग गर्छन्। यस्तो उपायले अपहरणकारीको निसानामा पर्ने जोखिम कम हुन्छ।
    उनीहरू ती स्थानमा सकेसम्म कतै पनि पैदल जाँदैनन्। सस्तो उपचार खर्च र नजिकै पर्ने भएकाले मेक्सिको अमेरिकी नागरिकहरूका लागि प्रमुख स्वास्थ्योपचार गन्तव्य बनेको छ। “यो सबै अर्थतन्त्र हो,” टेक्सस विश्वविद्यालयस्थित समाजशास्त्रका प्राध्यापक तथा आप्रवासनविज्ञ नेस्टर रोड्रिगेजले भने।

    “मेक्सिकोमा विशेषतः दाँतको उपचार र सेवा सस्तो छ। अमेरिकामा हुने खर्चको एउटा अंशले त्यहाँ दाँत सफा गर्न र प्रत्यारोपण गर्न पाइन्छ।“ उनका अनुसार सेवाको स्तर पनि प्रायः अमेरिकामा पाइने जस्तै छ। तर अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम हेर्ने निकाय ९सीडीसी० ले भने मेक्सिकोमा लिइने चिकित्सासेवाबाट सङ्क्रमण सर्न सक्ने भन्दै सजग गराएको छ। प्रतिवर्ष १० लाख अमेरिकीहरू उपचारका लागि मेक्सिको जाने गरेको मेक्सिकोस्थित मेडिकल टूरिजम इन्डस्ट्री काउन्सिलले जनाएको छ।

    धेरै सीमावर्ती सहरहरूमा यो सबैभन्दा तीव्र विस्तार भइरहेको उद्योग हो। तमोलिपासकै माटामोरसभन्दा उत्तरपश्चिममा केही घण्टाको दूरीमा अर्को सहर नुएभो लारेडो छ। यहाँको प्रमुख अन्तर्राष्ट्रिय नाका हुँदै मेक्सिकोको मुख्यभूमितर्फ लाग्दा बाटोभरि दन्त उपचारसम्बन्धी कार्यालय र होटलहरू छन्। त्यहाँ औषधोपचारका लागि आउने यात्रुहरूले पालो कुरिरहेको पनि देखिन्छ। साउथ डिएगोबाट गाडी चलाएर तीन मिनेटमै पुग्न सकिने उत्तरपश्चिमी सहर टिह्वानामा गत नोभेम्बरमा एउटा अस्पताल पनि भएको ३३ तले भवन खुलेको थियो।

    “विश्वकै सबैभन्दा उत्कृष्ट चिकित्सा पर्यटन गन्तव्य” नाम दिइएको न्यू सिटी मेडिकल प्लाजामा कस्मेटिक शल्यक्रिया, होटल र किनमेलसहित विभिन्न ३० वटा विधामा विशेषज्ञता सेवा पाइन्छ। अमेरिकी विदेश मन्त्रालयले यात्रासम्बन्धी नयाँ निर्देशिकामा यात्रुवाहक बस र निजी सवारी साधनहरूलाई लक्ष्य बनाएर प्रायः अपहरण र अपराधका अन्य घटना हुने गरेको भन्दै तमोलिपास यात्रा नगर्न चेतावनी दिएको छ। मेक्सिकोका अन्य सीमावर्ती राज्यबारे पनि चेतावनी जारी गरिएको छ।

    अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी र शरण खोज्नेहरूका लागि कतिपय सीमावर्ती सहरहरूमा शत्रुतापूर्णता व्यवहार हुने गरे पनि अमेरिकी नागरिकहरूमाथि हुने आक्रमण निकै दुर्लभ हो। रोड्रिगेज चार अमेरिकी नागरिकको अपहरण र तीमध्ये दुई जनाको हत्या भएको घटना असामान्य भएको बताउँछन्। सीमा सुरक्षित नभएको विषय अपहरण र हत्याको घटनाले फेरि सम्झाएको भन्दै रोड्रिगेजले भने, “म चाहिँ जान छोडेँ।”

  • अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

    अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

    काठमाडौं । अमेरिकाबाट पठाइएको एक पार्सलमा गाँजा भेटिएपछि दुई जना प्रहरीको फन्दामा परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जनाएका छन् । उनका अनुसार पार्सलमार्फत आएको ६.९ किलो गाँजा बरामद भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्छ । त्यहीक्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आएको हो । जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो। उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो।

    पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिक (३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरिएको छ । उनीहरूबाट एउटा भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ। उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एक लाख ४० हजार भारू पनि बरामद गरेको छ। सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो। होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ।

    उक्त पार्सलबाट भने २।४ किलो गाँजा बरामद भएको हो। उक्त पार्सल लिन आएका गोरखा गण्डकी गाउँपालिका ४ का २३ वर्षीय रूपक अर्याललाई नागार्जुन १ खरीबोटबाट पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको थियो। ‘केही रकम दिने भनेर पार्सल रिसिभ गर्नलाई भनिएको देखिन्छ,’ उनले भने,‘ उक्त पार्सल फेरि अर्कै व्यक्तिहरूलाई दिने तयारी थियो।’

    ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको एसपी जोशीले बताए। तर नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्युरोले जनाएको छ।

  • दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

    दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

    काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

    दुई महिनाको अवधिमा कुल पर्यटक आगमन १ लाख २८ हजार ३२९ जना रहेको छ । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

    नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् । सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो । तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए ।

    सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन् । थाइल्याण्डबाट फेब्रुअरीमा ४ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ४ हजार ३४५ जना आएका छन् ।

    दक्षिण कोरियाबाट एक महिनाको अवधिमा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । यस महिनामा अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन् ।

  • अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि

    अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि

    काठमाडौं \बीबीसी । टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प आएपछि ट्विटरमा उक्त विपत्तिबारे अनेकौँ चर्चा भएका छन् अनि तस्बिर र भिडिओहरू प्रेषित भएका छन्। म्याग्निट्यूड ७.८ को उक्त भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण भवनहरू भत्किँदा दुई देशमा गरेर ४४,००० जनाभन्दा बढी मानिसको ज्यान गएको छ।

    उक्त भूकम्प अमेरिकाका कारण उत्पन्न भएको दाबी गरिएका लाखौँ पोस्टहरू सामाजिक सञ्जालमा देखा परेका छन्। धेरै चर्चित अर्थात् सामाजिक सञ्जालको भाषामा भाइरलु भएका केही सामग्रीमा अमेरिकाको अलास्का राज्यस्थित एउटा वैज्ञानिक परियोजना हार्पका कारण टर्कीमा भूकम्प उत्पन्न भएको भन्ने मिथ्या दाबी गरिएको छ।

    ुहार्प अमेरिकी सेनाको आर्थिक सहयोगमा सुरु भएको हाई फ्रिक्वन्सी एक्टिभ अरोरल रिसर्च प्रोग्र्याम (एचएएआरपी) को सङ्क्षिप्त रूप हो। अमेरिकी सेनाले सन् १९९० मा उक्त कार्यक्रम सुरु गरेको हो। सन् २०१४ देखि यूनिभर्सिटी अफ अलास्का फेअरब्याङ्क्सले हार्प सञ्चालन गर्दै आएको छ।

    हार्पमा प्रयोग हुने ट्रान्समिटरले पृथ्वीको वायुमण्डल र अन्तरिक्षको मिलन हुने क्षेत्र आयनमण्डलको अध्ययन गर्छ। टर्कीमा केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएपछि ट्विटरमा हार्पबारे लेख्ने नौला अकाउन्टहरूको सङ्ख्या ह्वात्तै बढ्यो। बीबीसीले गरेको अनुसन्धानमा ट्विटरमा साढे पाँच लाख पटकभन्दा बढी हार्प उल्लेख गरिएको पाइयो।

    एउटा पोस्टमा यस्तो लेखिएको छः टर्कीमा जे भयो, उनीहरूले जीओ(इन्जिनियरिङ मौसम परिवर्तन हार्प प्रयोग गरे । अर्का एक जनाले चराहरूको भिडिओ हाल्दै भूकम्प जानुअघि तिनले अनौठो व्यवहार देखाएको टिप्पणी गरेका छन्। उनको प्रश्न छः के टर्कीमा हार्पबाट आक्रमण भएको हो ? मानिसहरूले बादलको तस्बिर राख्दै भूकम्प जानुअघि टर्कीमा त्यस्ता बादलहरू देखा परेका र ती हार्पजनित भएको मिथ्या दाबी गरे।

    ूहार्प परियोजनास्थलमा भएको अनुसन्धानमूलक उपकरणले प्राकृतिक विपद्हरू उत्पन्न गराउने वा तिनलाई बढाउने काम गर्न सक्दैन, हार्पकी कार्यक्रम प्रबन्धक जेसिका म्याथ्यूजले बीबीसीलाई बताइन्। यूनिभर्सिटी अफ मिशिगनमा जलवायु र अन्तरिक्ष विज्ञानका प्राध्यापक आरोन रिड्ली पनि म्याथ्यूजको भनाइसँग सहमत छन्। हार्पले मौसममा प्रभाव पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन, उनले भने। प्राकृतिक विपद् उत्पन्न गराएको आरोप हार्पमाथि लागेको यो पहिलो पटक भने हैन।

    हार्प परियोजना कुनै गोप्य उद्देश्यका लागि सञ्चालित भएको मान्यता राख्नेहरूमाझ वर्षौँदेखि चर्चाको विषय बनेको छ। वैज्ञानिक र विज्ञहरूले मिथ्या भएको स्पष्ट पारेका छन् तर पनि हार्प धेरै प्राकृतिक प्रकोपहरूको कारक भएको चर्चा सधैँ हुँदै आइरहेको छ,ू बीबीसी डिस्इन्फर्मेशन टीमका शायान सेर्दारीजादेले बताए। हार्पले आयनमण्डलमा हुने अस्थिरताबारे अध्ययन गर्न खोजिरहेको छ । स्थापना गर्दा हार्पको उद्देश्य सैन्य र नागरिक सञ्चार तथा न्याभिगेशन प्रणालीमा आयनमण्डलले कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्नु थियो।

  • अमेरिकासँग नेपालको नाफाको व्यापार

    अमेरिकासँग नेपालको नाफाको व्यापार

    नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ ।

    अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहन पुगेको छ । भारतसँग ५ खर्ब ७० अर्बको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ । यसले सबैभन्दा ठूलो व्यापार घाटा पनि सोही मुलुकसँग छ । चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ ।


    नेपालले प्रतिमहिना सवा खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । नेपालले माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

    निर्यात भने मात्र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र हुँदा व्यापार घाटा उच्च हुन पुगेको हो । आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार नै खुम्चिन पुगेको छ । भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।

  • रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

    रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ। तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने बीबीसीले लेखेको छ । चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार भएको समाचारमा उल्लेख छ । चीनले सैन्य सामग्री उत्पादन गर्ने आफ्नो क्षमता बढाइरहेको छ।

    चीन अहिले विश्वको चौथो ठूलो अस्त्र निर्यातकर्ता हो। ‘चीनका अस्त्रहरू निकै उन्नत बनिरहेका छन्, स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका सिएमुन भेसेमानले भनेका छन् । चिनियाँ कम्पनीहरूले रुसलाई गैरघातक सहयोग उपलब्ध गराइसकेको र बेइजिङले घातक सहयोग पनि उपलब्ध गराउन सक्ने जानकारी आफूले पाएको अमेरिकाको दाबी छ। त्यसो भए चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी वाशिङ्टनले दिएको थियो ।


    इन्टर्न्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीजसँग आबद्ध तथा आर्थिक प्रतिबन्धहरूसँग सम्बन्धित विषयकी विज्ञ मारिया शगिनाका अनुसार चीनले देखिनेगरी रुसलाई हातहतियार उपलब्ध गराएको छैन तर उसले गोप्य रूपमा सैन्य प्रयोजन भएका उन्नत प्रविधियुक्त सामानहरू बेचिरहेको हुन सक्छ। ूसैन्य र गैरसैनिक उद्देश्यबीच विद्यमान अस्पष्ट क्षेत्रको फाइदा उठाउँदै केही चिनियाँ कम्पनीहरूले गैरसैनिक ड्रोन आपूर्ति गरिरहेको बताइएको छ ।

    अमेरिकास्थित सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजका अनुसार चिनियाँ कम्पनीहरूले रुसलाई विमानभेदक क्षेप्यास्त्रका रेडारका लागि आवश्यक विद्युतीय पार्टपुर्जा पठाइरहेको हुनसक्छन्।

    युक्रेनमा रुसको पक्षमा लडिरहेका भाडाका सैनिकहरूको समूहलाई स्याटलाइटबाट प्राप्त तस्बिरहरू उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले एउटा चिनियाँ कम्पनीविरुद्ध प्रतिबन्ध लगाएको छ। गत वर्ष रुसले युक्रेनमा धावा बोलेपछि पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाए। त्यसबाट रुसी तेलको आयात र उन्नत प्रविधि प्रयोग गरेर निर्माण गरिएका सामानहरूको निर्यात प्रभावित भएका थिए ।

    धेरै पश्चिमा कम्पनीहरूले रुससँगको सम्बन्ध विच्छेद गरे। रुसको संयुक्त राज्य अमेरिका, यूके र ईयूका राष्ट्रहरूसँगको व्यापार पनि खस्कियो। तर गत वर्ष चीनको रुससँगको व्यापार अहिलेसम्मको सर्वाधिक तहमा पुगेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतको वृद्धिसहित चीनले रुससँग १९० अर्ब डलरको व्यापार गरेको छ । रुसले सन् २०२२ मा चीनलाई अघिल्लो वर्षको तुलनामा दुई गुना एलपीजी निर्यात गरेको समेत तथ्यांक छ ।

  • युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    काठमाडौं\बीबीसी। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ, तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो’, उनले लेखेका छन्। पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।

    अघोषित किएभ भ्रमण गरेका बाइडन हाल त्यहाँबाट फर्किसकेको बताइएको छ। युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो। तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो। उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।

    युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन्। नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन्। किएभस्थित बीबीसी संवाददाता जेम्स वाटरहाउसले द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्त्वपूर्ण अनि साङ्केतिक रहेको जनाएका छन्। उनका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

    एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन्। ‘एक वर्षअघि रुसले आक्रमण सुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए। उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए। तर उनी पूर्ण रूपमा गलत थिए,’’ बाइडनले भने। विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ। किएभमा जेलेन्स्की र बाइडन साथमा रहेका बेला हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए। त्यसअघि वाशिङ्टनले किएभलाई ५० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहयोग उपलब्ध गराउने बाइडनले घोषणा गरेका थिए।

    केही साताअघि जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुगेका थिए। आफ्नो भ्रमणका बेला उनले रुससँग सङ्घर्ष गर्न युक्रेनलाई थप हातहतियार उपलब्ध गराउन अमेरिकाको कङ्ग्रेसलाई आग्रह गरेका थिए। अकस्मात् युक्रेन पुगेका अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तापछि जेलेन्स्कीले ‘‘लोकतान्त्रिक दुनियाँले’’ यो ‘’ऐतिहासिक युद्ध जित्नुपर्ने’’ बताएका छन्। ‘ुयो अमेरिका र युक्रेन सम्बन्धको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै प्राप्त गरिसकेको नतिजाहरूलाई प्रस्ट पारेको छ,’’ जेलेन्स्कीले भने। आजको हाम्रो छलफल निकै फलदायी रह्यो।’’

    उनले यस भ्रमणको नतिजा युद्धभूमिमा देखिने समेत बताएका छन्। ज्यानुअरी महिनाको सुरुमा युक्रेनलाई एब्राम्स ट्याङ्कहरू दिने अमेरिकाको निर्णयले युक्रेनको प्रतिरक्षालाई सुदृढ पार्न योगदान गरेको जेलेन्स्कीले बताएका छन्। उनले आफ्ना समकक्षीसँगको वार्तामा लामो दूरी प्रहार गर्न सकिने हातहतियारहरूबारे पनि कुराकानी भएको बताए। न्यूयोर्क टाइम्सका अनुसार बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगेका हुन्।

    व्यापक सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो। विरलै हुने घटनाक्रममा अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीले शनिवार राति एउटा रेस्टुराँमा खाना खाएका थिए। त्यसपछि बिनासूचना उनी वाशिङ्टनबाट बाहिरिएका थिए। पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए।

    न्यूयोर्क टाइम्स लेखेको छ, ‘वास्तवमै ह्वाइट हाउसले आइतवार राति सार्वजनिक गरेको सोमवारको तालिकाका अनुसार राष्ट्रपति अझै वाशिङ्टनमै थिए र साँझ वार्सा प्रस्थान गर्दै थिए। तर वास्तवमा उनले आधा संसार पार गरिसकेका थिए।’ अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले राष्ट्रपति बाइडनको किएभ भ्रमणबारे रुसलाई पहिले नै जानकारी गराइएको पुष्टि गरेका छन्।

    उक्त भ्रमणको तयारी केही महिना अघिदेखि गरिएको भए तापनि शुक्रवार मात्रै ‘‘जाने’’ निर्णय गरिएको बताइएको छ। किएभस्थित बीबीसी संवाददाता समान्था ग्रयानभीलका अनुसार बाइडनले यात्रा सुरु गर्नुभन्दा केही घण्टा अघि आइतवार बिहान ह्वाइटहाउसले रुसलाई उक्त भ्रमणबारे जानकारी गराएको थियो।

  • उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    काठमाडौं । उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।

    प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ। यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन्।

    प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन्।शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ(अनकी बहिनी किम यो(जङले पुनः यसलाई दोहोर्‍याएकी थिइन्। उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफहरू हुने बताइन्।

    उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन्। किम यो जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन्। शुक्रवार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए।

    नयाँ वर्षको दिनपछि शनिवार पहिलोपटक क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो जुन होकाइदोको पश्चिमपट्टि जापानको विशेष आर्थिक क्षेत्रमा साँझको ६ बजेर २७ मिनेटमा खसेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन्। त्यो जापानको तटभन्दा २०० नटिकल माइल पर हो।

    जापान सरकारका प्रवक्ताले टोक्योमा बताए अनुसार उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो। अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो। तर उत्तर कोरियाली क्षेप्यास्त्र उडेको अहिलेसम्मकै सर्वाधिक उचाइ भने होइन। नोभेम्बरमा एउटा आइसीबीएम ६,१०० किलोमिटरको उचाइमा पुगेको थियो।

    यसअघि सन् २०२२ को ज्यानुअरीमा उत्तर कोरियाले पृथ्वीका अभूतपूर्व तस्बिरहरू सार्वजनिक गर्दै ती २,००० किलोमिटर माथि पुगेको क्षेप्यास्त्र प्रहारका क्रममा खिचिएको जनाएको थियो।
    बीबीसी

  • ६ महिनामा नेपालबाट १९१ जना विदेशी निष्काशित, १२ जना अमेरिकी

    ६ महिनामा नेपालबाट १९१ जना विदेशी निष्काशित, १२ जना अमेरिकी

    काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् । नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी र बेलायती नागरिक छन् ।

    नेपालबाट १२–१२ जना बेलायती र अमेरिकी नागरिक यस अवधिमा निष्काशनमा परेको विभागको तथ्यांक छ । युक्रेन र रसियाका १र१ जना नागरिक समेत नेपालबाट निष्काशनमा परेको विभागको तथ्यांक छ । पाकिस्तानका १०, उज्जेकिस्तानका ९, कोरिया र श्रीलंकाका ६र६ जना नागरिक निष्काशनमा परेको विभागले जनाएको छ ।

    बंगलादेश, अष्ट्रेलिया, फ्रान्सका ४र४ जनालाई नेपालबाट निष्काशित गरिएको छ । यस अवधिमा रोमानिया, फिलिपिन्स, म्यानमार, नर्वे, केन्या, इटाली, इजरायल, इरान, इण्डोनेसिया, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, भुटानसहितका नागरिक निष्काशनमा परेको विभागको आंकडामा उल्लेख छ ।

  • चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

    चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

    काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा कुनै माफी नमाग्ने अडान दोहोर्‍याए। जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने जनायो। चीनले अमेरिकी आकाशमा भेटिएका बलुनहरू जासुसी नभएको दाबी गरिरहँदा अमेरिकाले आफ्नो आरोपलाई समर्थन गर्ने थप विवरणहरू खुलासा गरिरहेको छ।

    यस मामिलामा वासिङ्टन र बेइजिङले एकअर्काप्रति जनाएका प्रतिक्रियालाई अन्य देशहरूले भूराजनीतिक स्थिरता र राष्ट्रिय सुरक्षाको कसीमा नजिकबाट नियालिरहेको जनाएका छन्। दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका पर्यवेक्षकहरूले दुई देशबीचको सम्बन्धमा बढ्दै गएको खाडल कम गर्न चुनौती हुने बताएका छन्। कतिपयका लागि बलुन प्रकरणले धेरै देशहरूलाई चीनको निगरानी क्षमतालाई लिएर चिन्ता बढाएको छ।

    किनभने सरकारहरूले चीनले गर्ने निगरानीबारे आफूलाई थाहा नभएका विषयहरूको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ। अमेरिकाले चिनियाँ बलुन खसालिदिएपछि यसै साता अमेरिकाको एउटा प्रमुख सहयोगी देश जापानले समेत आफ्नो आकाशमा विगतमा देखिएका अज्ञान बस्तुको पुनः विश्लेषण गरिएको जनाएको छ।

    जसमध्ये तीनवटा चिनियाँ जासुसी बलुन रहेको आफूहरूलाई “बलियो आशङ्का” रहेको अधिकारीहरूले बताएका छन्। चीनले आफ्नो भूमि दाबी गर्दै आएको अर्को अमेरिकी साझेदार ताइवानको आकाशमा पनि विगतमा दर्जनौँ चिनियाँ सैन्य बलुनहरूले जासुसी गरिरहेको एकजना ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सिअल टाइम्सले जनाएको थियो। पछि ताइवानको रक्षा मन्त्रालयले आफ्नो भूभागमा चिनियाँ मौसम सम्बन्धी बलुनहरू मात्रै देखिएको प्रष्टीकरण दियो। यद्यपि ताइवानले आफ्नो हवाई क्षेत्रमा कुनै पनि शङ्कास्पद सैन्य वस्तुहरू देखिए गोली प्रहार गर्न कुनै हिचकिचाहट नहुने चेतावनी दिएको छ।

    “अरू देशले विगतमा के हुन्थ्यो भनेर थाहा पाएका थिइनन्। अब उनीहरूले थाहा पाए। यसले अरू देशहरूको हकमा बुझाइमा रहेको खाडल उजागर गरेको छ। र चीनले यो खाडलको फाइदा उठाएको कुरा नौलो होइन,” कार्नुगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता इयान चोङ भन्छन्। अमेरिकी दाबीमा विश्वास गर्नेहरूले चीनको निगरानी क्षमताको कम आकलन भइरहेको ठानेका छन्। “यसले के देखाउँछ भने चीनको जनमुक्ति सेनाले जुनसुकै प्रविधि र मिसन प्रयोग गरेर चीनको शक्ति प्रदर्शन गर्ने क्षमता देखाउन, निगरानी गर्न र अमेरिकालाई जोखिममा पार्न जे पनि गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी ड्रु थम्सनले भने।

    उनले चीनले आफ्नो प्रतिष्ठामा पर्न सक्ने प्रभाव, अन्तर्राष्ट्रिय कानुनको दायित्व लगायतका विषयहरूलाई प्राथमिकता नदिई यस्ता गतिविधि गरिरहेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए। कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

    चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन। बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन्। पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन्। यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ।

    अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन्। “एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको होरु” चोङको प्रश्न छ। यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन्।

    तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ। यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्। आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन्। बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन्। बीबीसी

  • भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै

    भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै

    काठमाडौं । रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरेका थिए । मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन् ।

    नयाँ पुस्ताको नेतृत्व लिने समय आएको भन्दै उनले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा आफ्नो प्राथमिकता हुने उनले बताइन् । हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो । हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुन् । उनको जन्म साउथ क्यारोलिनमा भएको हो र उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी हुन् ।

    हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गरेकी छिन् । सन् २००४ देखि राजनीतिमा पाइला टेक्नुभएकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र संघको राजदूत पद सम्हालेकी छिन् । सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उनले अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बनेकी थिइन् । नागरिक अधिकारका लागि संघर्षरत हेलीसँग विभिन्न वाणिज्य संघहरुमा रहेर काम गरेको लामो अनुभव छ ।

  • युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको छ।

    युएसएआइडीका अनुसार उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो। लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्ने भनिएको छ।

    नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धीहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने युएसएआइडीले जनाएको छ। साथै यसले मानव बेचबिखनविरूद्ध लड्न पनि सहयोग पुग्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

    उक्त लगानीमा प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म छुट्याएको छ। ‘उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

  • युएसआइडी प्रमुख आज नेपाल आउँदै

    युएसआइडी प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

    राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ ।

    पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटघाटमा । यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

    साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ । अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।

  • चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?

    चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?

    अमेरिकी आकासमा केही दिनयता देखिएको चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले खसालेको छ । अमेरिकाले स्पाई बलुनलाई खसालिएको छ, जसलाई उसले चिनियाँ जासुस बलुन भनेको थियो । अमेरिकी रक्षा मन्त्रालयले लड़ाकू विमानले चिनियाँ बलुनलाई अमेरिकाको समुद्री सीमा अटलान्टिक महासागरमा झारेको बताएको छ ।

    शनिवार अमेरिकी सेनाले यसका लापग अभियान चै चलाएको थियो । यस अभियानका दौरान तीन विमानस्थल र दक्षिणी केरोलिनास्थित एयरस्पेस नै बन्द गराएको थियो । आकासमा एक सानो विस्फोटपछि बेलन समुन्द्रमा गिरेको थियो । चीनको विदेश मन्त्रालयले यसमा कडा आपत्ति जनाएको छ । यो असैन्य काममा प्रयोग भएको मानवरहित बुलन भएको चीनको भनाई छ । चीनले यसलाई मौसमी उपकरण भनेको छ ।

  • एक बेलुनका कारण अमेरिका–चीन बहसमा

    एक बेलुनका कारण अमेरिका–चीन बहसमा

    काठमाडौं\बीबीसी । यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ। जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो।

    चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै खेद व्यक्त गरेको छ। यसअघि पेन्टागनका अधिकारीहरूले आफूहरू उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको बताएका थिए ।


    अमेरिकी सैनिक नेतृत्वले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको थियो। तर गोली हानेर खसाल्दा त्यसमा जडित उपकरणहरूको टुक्राबाट जमिनमा रहेका मानिसहरूलाई क्षति पुग्न सक्ने जोखिम औँल्याइएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ। ह्वाइट हाउसले उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ २२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिए।

    उक्त उड्डयन सामग्री बुधवार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखियो। त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ। पेन्टागनका अधिकारीहरूका अनुसार बुधवार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए। सैन्य कमान्डरहरूले बलुनविरुद्ध गति केन्द्रित कारबाही नगर्न सल्लाह दिए। त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ।


    त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएकाले अमेरिकी गुप्तचरविरुद्ध उल्लेखनीय रूपमा खतरा नभएको वरिष्ठ रक्षा अधिकारीले बताए।
    बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा धेरै माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए। अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए।

    हामीले यस मुद्दालाई गम्भीरताका साथ लिएको बारे उनीहरूलाई जानकारी गराएका छौँ,’ अधिकारीले भने। वासिङ्टन डिसीस्थित चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन। सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए। पेन्टागनमा बिहीवार भएको ब्रिफिङका क्रममा भने अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन्।

    उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरे। उनका अनुसार विगत केही वर्षहरूयता अमेरिकाको आकाशमा यस्तै बलुनहरू देखा परेका छन्। तर अहिले देखिएको बलुन लामो समयको लागि यताउता गरिरहेको देखिन्छ र अघिल्ला जासुसी उपकरणहरूभन्दा बढी दृढ रहेको छ।

  • अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द

    अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द

    काठमाडौं \ एजेन्सी । हिमआँधीका कारण सोमबार अमेरिकामा हवाई सेवा नराम्रोसँग प्रभावित भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मात्र १ हजार भन्दा बढी हवाई उडान रद्द भएका छन् । यसमा अत्यधिक उडान संखया साउथ वेस्ट एयरलाइन्सका छन् । सो कम्पनीले कुल रद्द भएका उडानमध्ये आधा भन्दा धेरै उडान रद्द गर्नु परेको बताएको छ ।

    फ्लाइट ट्रयाकिङ सर्भिसका अनुसार अमेरिकामा सोमबार साँझ ६ बजेसम्म १ हजार १९ वटा उडान रद्द भएका थिए । अमेरिकन एयरलाइन्स ग्रुपका २ सय उडान रद्द भए । मंगलबार समेत ७९७ उडान रद्द हुन सक्ने बताइएको छ । अमेरिकामा यो महिना भर नै मौसमले हवाई सेवामा निरन्तर चूनौति दिइरहेको छ । यस मौसममा यात्रुलाई आकर्षित गर्न वायुसेवा कम्पनीहरुले अमेरिकामा छूट अफर ल्याउने गर्छन् ।