मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

ओहायो ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले… Continue reading मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

न्युयोर्क       संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ ? भन्ने होडबाजी चलेको छ – विश्वमा ।  चलचित्र निर्माता र निर्देशक बीच नौला नौला… Continue reading टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

न्युयोर्क अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट् … Continue reading अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

न्युयोर्क विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन क्लिनल ट्रायलको क्रममा छन् । ति आठ मध्ये अमेरिकास्थित नेशनल ईन्स्टिचुट अफ हेल्थले गत मार्चमा… Continue reading कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

न्युयोर्क       गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ ।  महामारीको समयमा अमेरिकास्थित समुदायमा… Continue reading अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

मिचिगन अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क… Continue reading कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें”… Continue reading चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ । आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार… Continue reading नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् । कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए । यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने… Continue reading कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

न्युयोर्क न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो ।   कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले… Continue reading न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

न्युयोर्क संचालमा आए यता कहिलै बन्द नगरिएको न्युयोर्कस्थित रेल सेवा अर्को सुचना जारी नभएसम्मका लागि हरेक रात १ बजेदेखि ५ बजेसम्म ४ घण्टा बन्द हुने भएको छ । १ सय १६ बर्षको ईतिहास बोकेको न्युयोर्क रेल सेवा अन्तर्गत संचालित सबै रेलका प्रत्येक डब्बाको सर सफाईका लागि राती ४ घण्टा बन्द गरिने गभर्नर एन्ड्रु कुमोले बिहीवार… Continue reading न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

न्युयोर्क       कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि… Continue reading न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)

अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ ।

सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् । खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम… Continue reading सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

न्युयोर्क       अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्‍यु भएका लास पोको पार्ने थप एक लाख  थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो  अर्डर गरेको अधिकारीहरुले बताएका छन् ।   फिमाले अप्रिल २१ तारिखका दिन… Continue reading फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

न्युयोर्क कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ ।  कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो… Continue reading कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

न्युयोर्क कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ ।  गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने… Continue reading न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

काठमाडौं । पछिल्लो केही दिनयता थामिएको कोरोना कहरका कारण मंगलबार भने एकै दिन २५ सय मानिसको ज्यान गएको छ । तथ्यांक अनुसार मंगलबार २४ घण्टामा २४ सय ५६ जनामा मानिसको अमेरिकामा ज्यान गएको हो । आइतबार र सोमबार १३ सय मात्र मानिसको ज्यान गएको थियो । तर, साताको तेस्रो दिन मृतकको संख्या उल्लेख्य बढेको हो… Continue reading अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले  कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार… Continue reading अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

न्यूयोर्क/ सन् १९९१ मा बंगलादेशबाट अमेरिका बसाइँ सरेपछि मोहम्मद जाफोरले बसोबासका लागि रोजेको ठाउँ थियो न्यूयोर्कको ज्याक्सन हाइट्स। ज्याक्सन् हाइट्स जससँग लाखौँ आप्रवासीहरूको अमेरिका कथा जोडिन्छ । कैयन् आए कैयन् छोडेर हिँडे तर ज्याक्सन हाइट्सले आप्रवासीलाई कहिल्यै भो भनेको छैन । बरु कैयन् पटक ह्वाइट हाउस र क्यापिटोललाई प्रतिवाद गरेको छ ज्याक्सन हाइट्सले मौन रुपमा… Continue reading एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

न्यूयोर्क अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको आँकडा अनुसार शुक्रबार बिहान ज्यान गुमाउनेको संख्या आधा लाखबाट उकालो लागेको हो । शुक्रबार अपरान्हसम्ममा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ८० हजार पुगेको छ । संक्रमणको दैनिक बृद्धिदरका आधारमा यो संख्या साँझसम्ममा नौ लाख नाघ्ने देखिन्छ ।… Continue reading अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

न्युयोर्क       लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए । ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि)… Continue reading राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ । संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । यो राहत साना ब्यापारी र अस्पताललाई लक्षित गर्दै ल्याइएको हो । यसले राहत र परीक्षणमा सहयोग… Continue reading अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर… Continue reading कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन… Continue reading अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क       विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण