न्युजर्सी न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने… Continue reading न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए
Category: अमेरिका
एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार
एरिजोनास्थित टक्सनमा एक ब्यक्तीले कोरोना भाइरस जाँच गर्ने किट चोरी गरेर भागेका छन् । प्रहरीका अनुसार टक्सनस्थित एल रियो हेल्थ सेन्टरबाट भाइरस जाँच गर्ने २९ वटा किट चोरी भएको हो । सेन्टर बेलुका ८ बजे बन्द गर्ने तयारीमा थियो । सेन्टरका कर्मचारीहरु सामान थन्क्याउँदै थिए, एक जना ब्यक्ती डेलिभरी ड्राईभरको नक्कली भेसमा सेन्टर भित्र प्रबेश… Continue reading एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार
कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना
न्यूयोर्क सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना… Continue reading कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना
दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन
टेक्सस कोरोना भाइरसको संक्रमण अमेरिकाभर फैंलदै जाँदा अमेरिकास्थित नेपाली काँग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सस च्याप्टर भने नेपाली समुदायको सहयोगमा जुटेको छ । अमेरिकाभर संक्रमण फैलिए पछि बिशेषगरी दक्षिण पूर्बी एसियाका दैनिक उपभोग्य बस्तुहरुको अभाव बढेपछि वेष्ट टेक्सस च्याप्टरले समुदाय भित्रका विद्यार्थी तथा अन्य समुदाय सदश्यहरुलाई सामग्री बितरण सुरु गरेको हो । … Continue reading दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन
कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ
न्युयोर्क चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न… Continue reading कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ
कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने
न्यूयोर्क अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ । यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन… Continue reading कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने
अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा
न्यूयोर्क युएस फुड एन्ड ड्रग (एफ.डि.ए) ले विश्वभर फैलिदै गएको कोरोना संक्रमणको प्रयोगशाला परिक्षणको नतिजा ४५ मिनेट भित्रै दिने परिक्षण पद्दतिलाई मान्यता दिएको जनाइएको छ । कोरोना संक्रमणको परिक्षणको नतिजा प्राप्त गर्न ३ दिनसम्म कुर्नुपर्ने अप्ठेरो परिस्थितीमा अब जाँच गरेको ४५ मिनेट भित्रै नतिजा प्राप्त हुने नयाँ प्रयोगले रोकथाम र उपचारमा सजिलो हुने अपेक्षा गरिएको… Continue reading अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा
कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित
कल्पना घिमिरे न्युयोर्क/अमेरिका यो समाचार तयार पार्दै गर्दा अमेरिकामा कोभिड १९ (कोरोनाभाइरस)बाट १८ हजार ८ सय ३९ संक्रमित भएका छन् । आज मात्रै ४ हजार ४ सय ८८ संक्रमित भएका हुन् । जसमध्ये २ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ सय २५ जना उपचार पछि घर फर्किएका छन् ।… Continue reading कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित
एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने
काठमाडौं मानव अधिकारको लागि महिला एकल महिला समूहले आवश्यक परेमा सरकारलाई छहारी भवन उपलब्ध गराउने भएको छ । एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उaपलब्ध गराउने जानकारी दिएका हुन् । रक्षामन्त्री पोख्रेल कोभिड–१९ संक्रमण, रोकथाम तथा… Continue reading एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने
कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म
न्यूयोर्क अमेरिकी सरकारले कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटसँग जुध्न नागरिकहरुलाई नगद राहत दिने मापदण्ड पारित भएको छ । सिनेट रिपब्लिकनहरुले बिहीबार साँझ पारित गरेको मापदण्ड अनुसार एक जनाले एक हजार दुई सय डलरसम्म प्राप्त गर्नेछन् । बार्षिक ७५ हजार अमेरिकी डलरसम्म आय भएको व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई प्रतिव्यक्ति १२… Continue reading कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म
आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ । यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो
न्युयोर्क अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ । हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ… Continue reading कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो
ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
न्यूयोर्क संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ । महामारीको यो अवस्थामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले… Continue reading ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित
न्यूयोर्क कोरोना भाइरसको त्रासबीच मंगलबार सम्पन्न तीन अमेरिकी राज्यको डेमोक्रेटिक राष्ट्रपतिय प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । फ्लोरिडा, इलाइनोइस र एरिजोनामा सम्पन्न निर्वाचनमा सिनेटर बर्नी स्यान्डर्सलाई ठूलो मतान्तरले बाइडेनले पराजित गरेका हुन् । यससँगै बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा दलको टिकट हत्याउने निश्चित प्रायः भएको छ । स्यान्डर्स… Continue reading कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित
महासंकटमा अमेरिका, सुरु भयो आर्थिक मन्दीको चिन्ता
प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अमेरिका कहालीलाग्दो संकटको चरणमा प्रवेश गरेको छ । सुरुमा भाइरसलाई खासै मतलव नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली कमजोर बन्दै जाँदा नागरिकमा त्रासको मात्रा आकाशिएको हो । अमेरिकामा जनवरी तेस्रो साता पहिलो कोरोना भाइसर संक्रमित व्यक्ति फेला परेका थिए । त्यसपछि धेरैले अब गम्भिर बन्ने बेला आएको सुझाव… Continue reading महासंकटमा अमेरिका, सुरु भयो आर्थिक मन्दीको चिन्ता
कोरोनाको कहरबीच तीन अमेरिकी राज्यमा मंगलबार प्राइमरी चुनाव, संसयबीच ओहायो स्थगन
न्यूयोर्क कोरोना भाइरसको त्रासबीम मंगलबार तीन अमेरिकी राज्यमा राष्ट्रपतिय प्राइमरी निर्वाचन हुन गइ रहेको छ । चार ठूला राज्यमा प्राइमरी मतदान तय भए पनि ओहायो गभर्नर माइक डेवाइनले अन्तिम समयमा स्थगनको निर्णय लिएसँगै एरिजोना, फ्लोरिडा र इलाइनोइसमा पुर्व तयारी अनुरुप चुनाव हुन लागेको हो । कोरोना भाइरस फैलन सक्ने त्रासका कारण बुथमा उपस्थित भएर भोट… Continue reading कोरोनाको कहरबीच तीन अमेरिकी राज्यमा मंगलबार प्राइमरी चुनाव, संसयबीच ओहायो स्थगन
ज्याक माले अमेरिकामा पठाए सहायता सामग्री
सांघाई । चिनियाँ अर्बपति तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग पठाएका छन् । अलिबाबाका संस्थापक माले सोमबार एक टुइटमार्फत उक्त जानकारी गराएका छन् । उनका अनुसार सोमबार बिहान चीनको सांघाईबाट ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमार्फत अमेरिका पठाइएको हो । उनले मास्क र कोरोना… Continue reading ज्याक माले अमेरिकामा पठाए सहायता सामग्री
कोरानाको कारण नेजाको अबिधेशन स्थगित
न्यूयोर्क/अमेरिका आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा केही समयका लागि स्थगित गरिएको छ । पछिल्लो समय अमेरिकामा फैलिएको कोरोनो भाइरसका कारण दैनिक जनजीबन नै अस्तब्यस्त बन्न थालेपछि यस्तो अवस्थामा अधिवेशन गर्न नसकिने निर्णय गर्दै केही समयलाई स्थगित गरिएको हो । नेजाको… Continue reading कोरानाको कारण नेजाको अबिधेशन स्थगित
राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
न्यूयोर्क कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ । गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक… Continue reading राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
न्यूयोर्क चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार… Continue reading कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन्… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको… Continue reading कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो
न्युयोर्क/अमेरिका कोरोना भाईरसको प्रकोपले संसारभर त्रास फैलाईरहँदा अमेरिकाको बाल्टिमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाको उपचारमा नयाँ आशा ब्यक्त गरेका छन् । विश्वभर ५ हजार ८ सय ८८ को ज्यान लिइसकेको र ८० हजार मानिस मृत्युसँग पौठाजोरी खेल्न वाध्य पारेको कोरोना संक्रमणको उपचारमा सताप्दी पहिला प्रयोग गरिएको उपचार बिधी अपनाउदा बिरामीलाई बचाउन सकिने बिचार ब्यक्त… Continue reading ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो
जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने
पिट्सबर्ग । कोरोना भाइरसले संसारभर यात्रा कठिन बनाएपछि यस अवधिमा निर्धारित महत्वपूर्ण बैठकहरुसमेत प्रभावित भएका छन् । अमेरिकाको पिट्सबर्गमा यसै महिना आयोजना गरिएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकमा अब मन्त्रीहरु आफै सहभागी नहुने भएका छन् । त्यसका लागि अत्याधुनिक प्रविधिको प्रयाग गरी मन्त्रीहरु भिडियो कन्फ्रेन्समा बस्ने भएका छन् । बैठक मार्च २४ र २५ तारिखमा आयोजना… Continue reading जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने
अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला
वासिंटन । अमेरिकाले यूरोपबाट अमेरिका छिर्न प्रतिवन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । यो प्रतिवन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई हो । कोरोना भाइरस संक्रमण रोक्न यूरोपेली देशका नागरिकलाई अमेरिका छिर्न प्रतिवेन्ध लगाउनु परेको ट्रम्पको घोषणा छ । राष्ट्रपति ट्रम्पका अनुसार यो प्रतिवन्ध एक महिना कायम रहनेछ । उनले… Continue reading अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला
११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न
काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क,… Continue reading ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न
निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित
प्रभात भट्टराई/अमेरिका सिनेटर बर्नी स्यान्डर्सका लागि ‘गर या मर’ रहेको मंगलबारको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै स्यान्डर्सले मंगलबार राती कुनै पनि प्रतिकृया दिन अश्विकार गरे । ‘सुपर ट्युज्डे– २’ भनेर मिडियाहरुले चर्चा गरेको मंगलबार छ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । त्यसमध्ये तीनवटा बाइडेनले… Continue reading निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित
डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब
प्रभात भट्टराई/अमेरिका गत साताको ‘सुपर ट्युज्डे प्राइमरी’ निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि सिनेटर बर्नी स्यान्डर्सले नयाँ गन्तव्य तय गरेका थिए मिसिसिपी । मार्च १० मा प्राइमरी चुनाव हुने ‘सुपर ट्युज्डे– २’ मा मिसिसिपी पनि सामेल थियो । ३६ डेलिगेट रहेको मिसिसिपीमा शुक्रबार चुनावी सभा गर्ने स्यान्डर्स क्याम्पेनको तयारी थियो । तर, उनले बिहीबार एकाएक यात्रा स्थगथ… Continue reading डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब
कोरोनाले अमेरिकामा २६ को निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४ हजार पार गरेको छ । त्यसमध्ये अमेरिकामा मात्र २६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । चीनबाट शुरु भएको यस रोगबाट सोमबारसम्म २६ जनाले अमेरिकामा ज्यान गुमाएको तथ्यांक छ । सोमबारसम्म कूल संख्या ४ हजार २५ ले विश्वभर ज्यान गएको छ । चीनमा… Continue reading कोरोनाले अमेरिकामा २६ को निधन
प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका प्रवासी नेपाली एकता मञ्चले अमेरिकामा बसोबास गरिरहेका सबै नेपालीले आफ्नो संस्थाको सदस्यता लिन पाउने जनाएको छ । यो संस्था कुनै पनि पार्टीको भातृ संगठन नभएकाले अमेरिकी नेपाली समाजका सबैले यसमा सहभागी हुन पाउने बताइएको हो । ११ महिना अघि अमेरिकी कानुन अनुसार दर्ता गरिएको सामाजिक संस्था भएकाले बिना कुनै पुर्वाग्रह संस्थाको सदस्यता… Continue reading प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने