काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ… Continue reading अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो
Category: डायस्पोरा
सभामुख घिमिरे आज कम्बोडिया जाने
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश… Continue reading सभामुख घिमिरे आज कम्बोडिया जाने
भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् ।… Continue reading भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान
भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा
काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए । अधिकारी नेपालको तर्फबाटसंयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार समेत हुन् । उनले… Continue reading भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा
नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च
काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यसमध्ये शिक्षामा ३२ अर्ब… Continue reading नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च
भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोगबारे अध्ययन गर्ने भएको छ । यस विषयमा अध्ययन गरी रोक्ने सम्बन्धमा मन्त्रालयले काम अगाडी बढाएको बताइएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको… Continue reading भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार
ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोगको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।ट्रम्पले… Continue reading ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै
नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?
काठमाडौं । सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न ‘साझा संकल्प’सहित नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ ।नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठक दुवै देश सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित सोमबार आठौँ सीमा सुरक्षा… Continue reading नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?
चार देशका राजदूतले लिए सपथ
काठमाडौं । विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सरकारको सिफारिस र संसदीय… Continue reading चार देशका राजदूतले लिए सपथ
परराष्ट्र मन्त्री चीन भम्रणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेको बताइएको छ । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका… Continue reading परराष्ट्र मन्त्री चीन भम्रणमा जाँदै
भारतीय सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको ५ दिने भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमण गर्नेछन् । भारतीय स्थल सेनाध्यक्ष जनरल नेपाली सेनाको मानार्थ महारथी दर्जाको सम्मान लिन आउन लागेका हुन् । उनलाई नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले… Continue reading भारतीय सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणमा आउँदै
बाकुमा उच्चस्तरीय भेटघाटमा व्यस्त राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरे । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप–२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार… Continue reading बाकुमा उच्चस्तरीय भेटघाटमा व्यस्त राष्ट्रपति
वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया जाने श्रमिक पठाउँदा लाग्ने लागत शुल्क निर्धारण तथा व्यवसायीको… Continue reading वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर
श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने
काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने… Continue reading श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने
अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले… Continue reading अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेका छन् । उनी अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप(२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ… Continue reading राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
राष्ट्रपति आज अजरबैजान प्रस्थान गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७… Continue reading राष्ट्रपति आज अजरबैजान प्रस्थान गर्ने
क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् । पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई… Continue reading क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए । राजधानी… Continue reading धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान
केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो
केप कड नेपाली समाजले आयोजना गरेको २०८१ को तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही नोभेम्बर महिनाको १ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्काद्वारा संचालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रीय गानका साथै स- साना नानीबावुहरूले दीप प्रज्वलन… Continue reading केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो
साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने
काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाले घरेलु श्रमिकको… Continue reading साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने
मलेसियाले सबै श्रमिकलाई सञ्चयकोष सुविधा दिने, नेपाली समेत लाभान्वित
काठमाडौं । मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति घोषणा गरेको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमा उल्लेख गरेको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२५ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका हुन् । उनले सबै… Continue reading मलेसियाले सबै श्रमिकलाई सञ्चयकोष सुविधा दिने, नेपाली समेत लाभान्वित
ट्रम्पको जितमा चीनले के भन्यो ?
काठमाडौं । पुनः एक पटक अमेरिकाको राष्ट्रपति बनेकोमा डोनाल्ड ट्रम्पलाई चीन सरकारले बधाई दिएको छ । चीनको विदेश मंत्रालयले आधिकारिक ‘एक्स’ अकाउन्टमा बुधवार एक पोस्ट राखेको छ । जसमा अमेरिकी जनताको छनोटको सम्मान गर्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएको उल्लेख छ । अमेरिकाबारे चीनको नीति निरन्तर रहने समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । आपसी सम्मान,… Continue reading ट्रम्पको जितमा चीनले के भन्यो ?
अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ : ट्रम्प
काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए। “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने। अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि… Continue reading अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ : ट्रम्प
अमेरिकी निर्वाचन : ट्रम्पको सुरुवाती अग्रता
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ… Continue reading अमेरिकी निर्वाचन : ट्रम्पको सुरुवाती अग्रता
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना कसरी हुन्छ ?
काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना कसरी हुन्छ ?
डीभी भर्ने समय दुई दिन थप
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो ।… Continue reading डीभी भर्ने समय दुई दिन थप
यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया
काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार… Continue reading यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया
भौतिक मन्त्री साउदी प्रस्थान
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् । सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ । मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल… Continue reading भौतिक मन्त्री साउदी प्रस्थान
अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न… Continue reading अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री