काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।… Continue reading राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
Category: डायस्पोरा
कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ
काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका ४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव… Continue reading कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ
प्रधानमन्त्री ओली चीन जाने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री ओली चीन जाने तयारी
एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि
काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारका मन्त्रीज्यूहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । साधारणसभामा सहभागी… Continue reading एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि
जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम
बिष्णु सिंह, न्युयोर्क जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरले अक्टोबर २४ अपरान्ह ज्याक्सन हाईटस्थित आफनै कार्यालय प्राङ्गणमा २०८१ दशैँ र दिपावलीको नेपालीबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बिभिन्न तह र तप्काका नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न वक्ताहरुले नेपालमा हालै भएको बाढी पहिरो प्रकोपबाट पिडित आफ्ना नेपाली देशबासीहरु प्रति गहिरो समबेदना प्रकट गरेका थिए।… Continue reading जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम
एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो… Continue reading एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन… Continue reading अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस
इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने
काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको… Continue reading इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने
युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?
काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन । वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र… Continue reading युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?
चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो
काठमाडौं । चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको… Continue reading चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो
राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी
काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा… Continue reading राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी
अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा… Continue reading अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल
अमेरिका पुगे अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै… Continue reading अमेरिका पुगे अर्थमन्त्री पौडेल
केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न
म्यासाच्युसेट्स केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण,… Continue reading केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न
जापानमा नेपालीको जनसंख्या २ लाख माथि
काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन्… Continue reading जापानमा नेपालीको जनसंख्या २ लाख माथि
मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । ‘सरकारले सधैं… Continue reading मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव
टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन
काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले १२ रनमा २ विकेट गुमाइसकेको छ । यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो । नेपालका कप्तान रोहित पौडेलले… Continue reading टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन
चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली
काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले… Continue reading चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली
नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने
काठमाडौं । अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै… Continue reading नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो
काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १८ असोजमा मन्त्रिपरिषद्ले वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो
विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाले सम्बन्धन, परीक्षा लगायत शुल्क भुक्तानीका लागि २५ हजार अमेरिकी डलरसम्म सटही सुविधा बैंकबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि १२ हजार डलरसम्म बैंक र त्यसभन्दा बढीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो… Continue reading विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने
झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण एक दशकपछि भएको हो । संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं समिटमा भाग लिन जयशंकर इस्लामावाद पुगेका हुन् । एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ ।… Continue reading झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा
नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा… Continue reading नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल… Continue reading चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा
काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत… Continue reading लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा
लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…
काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि… Continue reading लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…
बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित
काठमाडौं । बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन् । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् । दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ । स्वायत्त र… Continue reading बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित
क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला
काठमाडौं । क्यानडामा बसोबास गर्न चाहने विदेशीहरूका सरकारले स्थायी बसोबासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो । अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन… Continue reading क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला
कृषि मन्त्री इटाली प्रस्थान
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए । मञ्चको बैठक सोमबार… Continue reading कृषि मन्त्री इटाली प्रस्थान
विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?
काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा हुने बसोबास गर्ने… Continue reading विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?