काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?
Category: डायस्पोरा
बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा बनाएको छ । मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी छ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो । मन्त्रालयले… Continue reading बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?
एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण… Continue reading एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने
सिड्नी\एजेन्सी । अस्ट्रेलियामा कोभिड महामारीका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्न सक्ने अधिकार घटेको छ । यससँगै अब काम गर्न पाउने समय कम हुने भएको छ । जसका कारण त्यहाँ रहेका हजारौं नेपाली समेत प्रभावित हुनेछन् । गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने भनेको छ । अस्ट्रेलियामा… Continue reading अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने
वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने
काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत… Continue reading वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आएका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही… Continue reading नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा… Continue reading अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा… Continue reading अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट
युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान
काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा नेपालले मतदात गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरे । नेपालले यस प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय… Continue reading युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान
अमेरिकाका लागि डिभीको आवेदन खुला
काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट समेत अनिवार्य गरिएको छैन ।
अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार… Continue reading अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने
काठमाडौं । कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने भएको छ । दोहास्थित दूतावासले कतारमा रहेका नेपालीलाई दूतावासमा टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम राखेको दूतावासले जनाएको छ । ऐन खालिदा दोहामा १९ असोज ९बुधबार०का दिन टीका–प्रसाद वितरण गर्नेछ । टिका ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार साढे १० बजेबाट १२ बजेसम्म चल्ने दूतावासको भनाइ छ ।
अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको… Continue reading अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार
फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्। अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप… Continue reading फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार… Continue reading विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व
सुपेन्द्र बस्नेत, बोष्टन ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ। स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै… Continue reading ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व
वन मन्त्री यादव अमेरिका प्रस्थान
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव गतराति अमेरिका प्रस्थान गरेका हुन्। अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास… Continue reading वन मन्त्री यादव अमेरिका प्रस्थान
गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ । राष्ट्रपति विद्या देवी भण्डारीले संसद्को दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोकेपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न… Continue reading गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह
अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु
काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन… Continue reading अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु
अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा हुने कार्यक्रममा सहभागी भएर प्रतियोगीले कविता वाचन… Continue reading अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने
गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी… Continue reading गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
अमेरिकी एनआरएनएमा तेश्रो धार
बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित… Continue reading अमेरिकी एनआरएनएमा तेश्रो धार
वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास… Continue reading वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित… Continue reading नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान
बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का लण्डन पुगेका छन् । उनले बेलायत पुगेर महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बेलायतको वेष्टमिनिस्टर हलमा पुगेर उनले महारानी एलिबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले साँझ नेपाल सरकारको प्रतिनिधित्व गर्दै लानक्यास्टर हाउसमा रहेको समवेदना किताबमा हस्ताक्षर समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्का शनिबार… Continue reading बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने
काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।
जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि… Continue reading जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो
न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने
न्यूयोर्क । आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल चुनाबमा नेपाली चेली सराहाना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन् । यसबारे एक कार्यक्रम आयोजना गरी नेपाली समाजमा अबगत गराइएको छ । ड्रम सङ्गठनको भगिनी इकाई ज्याक्सन हाईटस्थित ड्रम बिट्सले अघिल्लो साता सराहाना श्रेष्ठसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।ड्रम… Continue reading न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने
एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स
काठमाडौं । विदेशमा रहेका नेपालीले एक महिनाको अवधिमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स स्वदेश पठाएका छन् । साउनमा विप्रेषण आप्रवाह बढेको पाइएको हो । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा विपे्रषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह… Continue reading एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स
आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान
रसुवा । गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ। कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो।रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो… Continue reading आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान