कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु… Continue reading कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

राष्ट्रपति भण्डारी आज ढाका जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका… Continue reading राष्ट्रपति भण्डारी आज ढाका जाँदै

बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके,… Continue reading बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

कुवेतमा एक नेपालीको मृत्यु

कुवेत । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा ज्यान गएको हो । उनी उच्च रक्तचापका कारण पिडित थिए । उनको शुक्रबार मृत्यु भएको हो । ७ वर्षदेखि कुवेतमा कार्यरत उनी कुन कम्पनीमा थिए भन्ने चाँही खुलेको… Continue reading कुवेतमा एक नेपालीको मृत्यु

कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

कुवेत । कोरोना महामारी फैलिएपछि कुवेतले मुलुक प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । यसले नेपाली कामदार समेत लाभान्विन हुने भएका छन् । नेपालसहित ८ मुलुकका नागरिकले कुवेतले अझै प्रवेश अनुमति दिएको थिएन । प्रतिबन्ध फुकुवा भएपछि आगामी मार्च २५ तारिखबाट नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतबाट विदेशी श्रमिक कुवेत जान सक्ने… Continue reading कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७… Continue reading ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भइसकेको छ । गैरआवासीय नेपाली… Continue reading यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु

साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने

दमाम । साउदी अरबमा वैदेशिक रोजगारीमा गएका कामदारले अब काम छाड्न चाहेमा मालिकको अनुमति चाहिने छैन । विदेशी कामदारलाई सहज हुने गरी साउदीले प्रणालीमा सुधार गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा यस्तो कानूनको घोषणा गरेको थियो । यसको कार्यान्वयन भने आजबाट सुरु भएको छ ।… Continue reading साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने

दक्षिण कोरियामा दुर्घटनाका कारण एक नेपालीको मृत्यु

सोल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनाका कारण एक नेपालीको मृत्यु भएको छ । नेपालमा बागलुङको गलकोट नगरपालिका–११ घर भएका ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। उनी कोरियाको थेगु शहरको एक राइसमिलमा काम गर्दै आएका थिए । नेपाल मगर संघ दक्षिण कोरियाले यसको पुष्टी गरेको हो । दुई वर्षअघि… Continue reading दक्षिण कोरियामा दुर्घटनाका कारण एक नेपालीको मृत्यु

मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर… Continue reading मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

न्यू ह्यामसर छत्रकुमारी गुरुङ हुक्सेट टाउनको बजेट कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् । मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले सर्वाधिक मत प्राप्त गरिन् । टाउनको बजेट कमिटीमा नौ जना बोर्ड सदस्य रहेका छन् । उनीहरुमध्ये तीन जनाको पदावधि सकिएपछि मंगलबार निर्वाचन भएको… Continue reading हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

न्यूयोर्क न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ । चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति… Continue reading न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा

न्युयोर्क गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट ८ ओटा उपाधि प्राप्त गरेका नेपाली खेलाडी उज्ज्वल ठकुरीले भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलको नाममा रहेको उपाधि छिनेका छन् । उज्ज्वलले ६ केजी वजन खुट्टामा बाँधेर ४ फिट उचाईमा ३ मिनेटमा १४३ पटक किक प्रहार गरेपछि पटेलको नाममा रहेको रेकर्ड हात पारेका हुन् । गत महिना मात्रै खेलकुदको… Continue reading भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा

विदेशमा कोरोनाबाट थप दुई नेपालीको मृत्यु

File

काठमाडौं । गतसाता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई नेपालीको मृत्यु भएको हो । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएको… Continue reading विदेशमा कोरोनाबाट थप दुई नेपालीको मृत्यु

भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु

सांकेतिक तस्वीर : source from DNA

दैलेख । भारतको नोयडामा सडक दुर्घटनामा परी चार जना नेपालीको ज्यान गएको छ । भारतबाट रोजगारी गरी नेपाल घर फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा निधन भएको हो । दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको नेपाली संचारमाध्यमले लेखेका छन् । रोजगारीको शिलशिलामा… Continue reading भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु

नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

सौल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर य​ही मार्च ७ तारिख नेपाली स​मय​ साँझ​ ६ ब​जेदेखि भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गर्दै आएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्ने भएको छ । जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न गरिने सो कार्य​क्र​म​मा… Continue reading नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न

धन लामा , कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले आफ्नो समुदायका सदस्यहरुको हितलाई मध्यनजर गर्दै फेब्रुवरी २८ आईतवारको दिन कर दाखिला सम्बन्धि चेतनामूलक कार्यशाला जुम भर्चुअल सेसन मार्फत सम्पन्न गर्यो । नेपाली समुदायकै सिपिएद्वय विजय अधिकारी र मधु अर्यालद्वारा सहजीकरण गरिएको सो कार्यशालामा, कोभिड – १९ ले ल्याएको नयाँ परिवेशमा व्यक्तिगत तर्फ संघीय सहायता… Continue reading नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न

चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

काठमाडौं । नेपालका चार महिला फुटबल खेलाडीले पाकिस्तानमा व्यवसायिक फुटबल खेल्ने भएका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कष्ट प्रदर्शन गरेका सरु लिम्बु, एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने निश्चित भएको हो । चारै जना खेलाडी नेपालका राष्ट्रिय टीमका सदस्य समेत हुन् । एन्जिला गोलकिपर हुन… Continue reading चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

अष्ट्रेलियामा संचारकर्मी कार्की मृत फेला

सिड्नी । अष्ट्रेलियामा बसेर पत्रकारिता गरिरहेका संचारकर्मी टीका कार्की मृत फेला परेका छन् । नेपालको बागलुङका स्थायी बासिन्दा कार्की विगत दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा पत्रकारितामा सक्रिय थिए । उनी अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समुदायलाई सुसूचित गर्दै आएको हो । उनलाई नजिकका आफन्तले आफ्नै… Continue reading अष्ट्रेलियामा संचारकर्मी कार्की मृत फेला

यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको… Continue reading यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१… Continue reading एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुलाई सरकारको सिफारिसमा राजदुत पदमा नियुक्त गरिएको हो । रेग्मी पूर्वमूख्य सचिव हुन् । कार्यक्रममा परराष्ट्र मन्त्री… Continue reading बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

Photo : THOMAS KIENZLE/AFP VIA GETTY IMAGES

जर्मनी । यूरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । तेस्रो लहरका रुपमा आएको भाइरसको संक्रमणले जोखिम बढाएको जर्मन चान्सलर एन्गेला मर्केलले बताएकी छिन् । उनले कन्जरभेटिभ पार्टीका सांसदलाई यसबारे ब्रिफ्रिंग गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार जर्मनीमा कोरोनाको तेस्रो लहर प्रारम्भ भएको छ । रोयटर्सका अनुसार जर्मनीले लकडाउन केही खुकुलो… Continue reading जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु

जर्सी नम्बर ५० मा प्रकाश

नयाँ दिल्ली । नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले भारतको ए डिभिजन लिग फुटबल प्रतियोगिता आइलिगमा डेब्यू गरेका छन्। आज उनी मणिपुरस्थित नेरोका एफसीको पहिलो रोजाईको खेलाडीका रुपमा मैदानमा उत्रिए । उनले ५२ मिनेट खेल्ने अवसर पाए । त्यसपछि भने उनी बाहिरिए । उनले बुधबार चर्चिल ब्रदर्श गोवाविरुद्ध डेब्युको अवसर पाएका हुन् । नेरोकाले ५२ औं मिनेटमा… Continue reading नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु

एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको सेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्। उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। जनवरीको शुरुवातको तुलनामा टेस्लाको सेयरमा २० प्रतिशतले गिरावट आएको छ।… Continue reading एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि

भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

महाराष्ट्र । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । कोरोना संक्रमणको लहरलाई रोक्न भारतको महाराष्ट्र सरकारले सोमबारबाट लागु हुने गरी सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । यता नेपाल र भारतबीच अब निर्वाध आवतजावतको ढोका करीव खुलिसकेको अवस्थामा नेपालमा समेत… Continue reading भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

मिथिला महोत्सव अमेरिका २०२१ हुने

न्युयोर्क मिथिला कला र संस्कृतिको प्रवर्द्धन एवम् मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका हुने भएको छ ।महोत्सव आगामी अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिने छ । यस वर्षको मिथिला महोत्सवको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला… Continue reading मिथिला महोत्सव अमेरिका २०२१ हुने

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यस साता थप १ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको मृत्यु भएको हो । यससहित २१ देशमा कोरोना सङ्क्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ । गैरआवासीय… Continue reading कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

बहराइन । अब बहराइन छिर्दा तीन पटकसम्म पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । यो नियम बैदेशिक रोजगारीमा जाने नेपालीको हकमा पनि लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर बहराइन सरकारले आफ्नो मुलुक प्रवेश गर्नेलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाएको नेपाली दूतावासले उल्लेख गरेको छ । यो नियम २२ फेब्रुअरीबाट लागू… Continue reading बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने