Category: डायस्पोरा

  • विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु

    विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु

    काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।

    टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

    नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताए । चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ ।

    टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठक बताउँछन् ।

    “टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ”, उनले भने । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए ।

    “टोखा चाकुको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु”, उनले भने । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

    चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

    रासस

  • कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरे । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बिहीबार साँझ वरिष्ठ नेता पौडेलले ग्रहण गरेका हुन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

    वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानको कदरस्वरुप सम्मान दिइएको हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

    जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

  • निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं

    निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले भने । नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्ने देखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिवद्धता छ । उनका अनुसार निर्वाचन सम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद सुरु भए लगत्तै लैजाने आयोगको तयारी छ ।

  • बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

    बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

    काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ । उनले पोखरामा प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर समेत गर्ने भएका छन् ।

    त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्ने भएका छन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जाने र लुम्बिनी दर्शन गर्ने कार्यक्रम छ । बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ । उनी पहिलो पटक नेपाल आएका हुन् ।

  • काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत

    काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत

    काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् ।

    भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ । प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्। उनले यो यात्राको उद्देश्य भने खुलाएका छैनन् ।

  • अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

    अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

    न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धन गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी गराएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दूतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले खेल्ने भूमिकाका बारेमा जानकारी गराईएको थियो ।


    नेपाली महावाणिज्यदूतावासका कार्यवाहाक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ वृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, अमेरिकी नागरिक, पर्यटक तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने बताए ।

    उनले विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने धारणा राखे । उनले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए ।


    गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरसंगको सहकार्य आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवद्र्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीले प्रस्तुतिकरण गरेका थिए ।

    प्रस्तुतिकरणमा नेपालको प्रवद्र्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखि अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको उनीहरुको धारणा थियो ।


    कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको भन्दै नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवद्र्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा वाणिज्य दुत गणेश अधिकारीले सहभागिहरुले उठाएको सवालहरुको जवाफ दिंदै नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नेपालबाट अमेरिकामा मुख्य रुपमा कार्पेट, पश्मिना, ऊनी सल, स्कार्फ, मफलर, चाँदीका गहना एवं सामाग्री, चित्रकला, हातले निर्माण गरिएका सामाग्रीहरु, घरेलु जनावरका लागि दाना, छुर्पी, पनीर, पास्ता, चिया, दाल र चाउचाउ आयात हुने गरेको छ ।

  • फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

    फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

    काठमाडौं । नेपालले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान लिने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने १९५ मिलियन नर्वेजियन क्रोनर (करिब २ अर्ब ५७ करोड रुपैयाँ) अनुदान समेत स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

  • ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

    ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र एभरेस्ट म्यानले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कजाकस्तानको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो । वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र बाट पुरस्कृत भएको हो ।

    ‘सबैतिरबाट माया र सम्मान पाएकोमा हामी आभारी छौं, निर्देशक विनोद अधिकारीले भनेका छन्, ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु ।’ पछिल्लो समय नेपाली सामग्रीहरुको अन्तराष्ट्रिय स्तरमा राम्रो पहुँच तथा प्रचार भइरहेको छ ।

  • पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

    पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए। त्यसबापत १२ लाख रुपैयाँ लाग्ने बताएका थिए।

    पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने फ्रुटकिपिङको काम लगाइदिने भनेर विश्वासमा लिएको एसपी रेग्मीले बताए। त्यसरी प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागमा उजुरी परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो। प्रहरीले उनलाई पक्राउ गरी विभागको कार्यालयमा पठाएको छ।

  • किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा

    किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा

    काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउने भएका छन् । महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ ।

    काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर २२ देखि २६ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाइएको छ । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छ । यस पटकको संस्करणमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछ ।

    किम्फ–२०२२ को शुभारम्भ ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको चलचित्र ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । चलचित्रले जाजरकोटका बासिन्दाले गर्ने मह सिकारको कथा पेस गर्छ । फेस्टिभलको समापन पोलियो उन्मूलनका लागि अपाङ्गता भएका एक अस्ट्रेलियाली व्यक्तिले सगरमाथा चढ्न गरेको प्रयासबारे बनेको चलचित्र ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ ।

  • नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

    अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ सङ्केत भएको बताए ।

    नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

    नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, सञ्चारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

    कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ ।

  • महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र पठाउने तयारी रहेको जनाइएको छ ।

    गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न भनेको छ ।

    दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । सो क्रममा मानिसहरु घाइते भएका छन् । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको हो ।

  • नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो।

    ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए। सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए। सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

    छलफलमा दार्चुलाका प्रजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए। छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए। भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो।

    भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए। भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए। स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन्।

  • काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु

    काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान भएको छ । प्रहरीका अनुसार सो क्रममा घाइते एक जनाको ज्यान गएको छ । काठमाडौंको इन्द्रचोकमा यस्तो घटना भएको हो । आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका २५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो। उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। यता चुआनको पनि पेटमा गहिरो चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार जारी छ।

    प्रहरीका अनुसार उनीहरूबीच इन्द्रचोकको बाटोमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको बताइएको छ । उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको समेत प्रहरीले जनाएको छ। प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ।

  • अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

    अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे मेयर बालेन र एमाले नेता भीम रावलबीच सवाल जवाफ भएको छ । मेयरको राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावलले आशंकासहित प्रश्न उठाएका थिए । बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्।

    त्यसअघि उनीसँगको भेट अनुमती बीना भएको भन्दै रावलले प्रश्न उठाएका थिए । ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन ? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै रावलले स्टाटस राखेका थिए।

    उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका छन् । ‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौं,’ उनले लेखेका छन्, ‘त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौं।’

    बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो। ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं,’ बालेनले लेखेका छन्, ‘थप एमसिसी मार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौ ।’

  • आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै

    आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिता नाििबयामा हुँदैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

    नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालले लिग टुमा पहिलो शृंखला खेल्दैछ । विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैंछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो । त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेल हारेको हो ।

    नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ । २० खेलबाट नेपाल १७ अंक सहित छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ । लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखलामा अधिकतम जित निकाल्नु पर्छ ।

  • भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने

    भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने

    काठमाडौं । दोहार र क्लावालाम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले आगामी १९ नोभेम्बर (४ पुस)देखि यी दुई गन्तब्यबाट सिधा उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एक उडान हुनेछ ।

    नेपाल एयरलाइन्सको अर्को जहाजले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने छ । दोहाबाट भैरहवा साताको दुई (आइतबार र मंगलबार) र क्वालालाम्पुरबाट भैरहवा एउटा गरी सातामा तीन वटा उडान हुनेछ । प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको छ । यो नेवानिको भैरहवाबाट पहिलो उडान हुने छ ।

  • अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने

    अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने

    काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे परीक्षण गरेको थियो । त्यसपछि आएको सूचीमा नेपाल निरन्तर परेसँगै यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो राखेको थियो ।

    ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् । यो टीमले मूख्यतया कर्मचारी नियमावलीमा प्राधिकरणले गरेको नीतिगत परिवर्तन र त्यसको कार्यान्वयनको अवस्थाबारे स्थलगत रुपमा परीक्षण गर्न चाहेको छ ।

    प्राधिकरणले कर्मचारीले नियमावलीमा संशोधन गर्दै नियामककारी भूमिका र सञ्चालनकारी भूमिकामा रहेका कर्मचारीहरु एक अर्को भूमिकामा सरुवा हुन नसक्ने गरी प्रावधान ल्याएको छ । यसअघि ईयूले एक टोली गत अक्टोबरमा नेपाल पठाएको थियो । यो टोलीले ६ देखि ८ अक्टोबरमा नेपालमा हवाई सुरक्षाबारे अडिट गरेको थियो । यो टोलीले १०–११ नोभेम्बरमा आफ्नो प्रतिवेदन ईयू एयर सेफ्टी कमिटीमा बुझाएको थियो । तर, त्यसपछि ईयूले नयाँ एयर सेफ्टी लिस्ट निकालेको थियो ।

  • कोरियन भाषा परीक्षाको आवेदन खुला

    कोरियन भाषा परीक्षाको आवेदन खुला

    काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।

    इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ। भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ। दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ। सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ।

  • इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

    इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।
    २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए ।

    ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।

  • हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

    हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

    सान्फ्रान्सिस्को । साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ। भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको हो। यो सोली डोलीमा साँढे तीन हजार हाइकु छन्।

    लायन्स क्लव अफ बर्कली लाली गुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताए। उहाँले कर्खा, उखानटुक्का र गाथामा पनि हाइकु मिल्ने भएकोले यसलाई जापानी शैली मात्रै हो भनेर बुझ्न उपयुक्त नहुने बताए। पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस् भन्ने उद्देश्यले पर्वमा विभक्त गरिएर रचना प्रकाशित समेत उनले जानकारी दिए।

    नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग स्मरण गर्दै भट्टले आफूलाई लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोकसाहित्यसँग मिल्ने भएकोले यसमा सकृयता देखाएको उल्लेख गरे ।

    सोली डोली कृतिमाथी टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा टिका लम्सालले हाइकुलाई नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए। अहिले हामीले रचना पढन सजिलो छ तर ‘यो अरुको विधालाई हाम्रो शैलीमा ढालेर लेख्न पक्कै सजिलो थिएन, जुन काम साहित्यकार भट्टले गरिदिनु भएको छ’, डा लम्सालले भने। पुस्तकलाई विभिन्न पर्वमा विभाजन गरेकोले पाठकलाई छनौटमा सजिलो भएको र यसमा समावेश विषयवस्तु समेत बुझ्न कठिन नभएकोले सोली डोली सबै खालका पाठकका लागि उपयुक्त रहेको पनि उनले बताए।

    वर्तमान नेपालको समाज र आप्रवासी नेपालीहरु रहेको अमेरिकाका सहरहरुसम्मका विषयहरु यो पुस्तकका समेटिएको उनको भनाइ थियो ।

    कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लव अफ बर्कली लाली गुराँसका राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराईलगायतले सम्मान गरेका थिए। 

  • राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो।

    घटना बुधबारको हो। त्यसमा गान्धीले माइकमार्फत राष्ट्रिय गान बजाउन भन्छन्, मन्चमा उपस्थित नेताहरू पनि उभिन्छन्। तर प्राविधिक टोलीले भारतको राष्ट्रिय गान नबजाइ नेपालको बजाउँछन्। गीत बजेको केही सेकेन्ड बितेपछि मात्रै नेताहरूले नेपालको राष्ट्रिय गान बजेको पत्तो पाउँछन् ।

  • विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब

    विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब

    काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै तीन महिनामा १८ अर्ब रुपैयाँ पूँजी समेत विदेशिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब १८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउनदेखि असोजसम्म नेपालको खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा छ ।

    अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ११०।४ प्रतिशतले बढेर ११ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ अर्ब ४२ करोड रहेको थियो ।

    समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले बढेर २६ अर्ब ४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब ४ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

    काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए ।

    फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै मेयर साहले भने, ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दीगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’

    फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगित, शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए ।

  • वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

    वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

    काठमाडौं । वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलागे भएको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झार्दै यसमा गैरआवासीय नेपालीलाई भने त्यो सीमा नलाग्ने निर्णय गरेको हो । २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो । अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो ।

    इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैरआवासिय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ । १५ जेठ २०७६ देखि सरकारले प्रत्यक्ष विदेशी लगानीको सीमा बढाएर ५ करोड पुर्‍याएको थियो । साना विदेशी लगानीलाई आर्कषित गर्न लगानीको न्यूनतम सीमा घटाउने निर्णय गरिएको सरकारको दावी छ ।

  • गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

    गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

    काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।

    उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस समेत स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।

  • आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् ।

    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्। भ्रमणका क्रममा उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा विशेष सम्बोधनसमेत गरिन्। सोही कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो।

  • नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् ।

    त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक हुन् । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता भने नेपाल र भारतमध्ये एक ठाउँमा हुने सम्भावना रहेको समेत बताइएको छ । त्यसको मिती उल्लेख छैन । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो । अव भने गुरुङ परिवार त्यसको हिस्सामा आएका छन् ।

  • राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

    राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लूपीएल०को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गेकी हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरे ।


    राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी छिन् । उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेकी छिन् । अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् । उनी कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

  • विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

    विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनामा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

    यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न विमानमार्फत नेपाल आएकाहरुले यस अवधिमा कुल ५ हजार ५७५ ग्राम अवैध सुन बाकेर आएको बताइएको छ । सुन मंगलबार राष्ट्र बैंकलाई बुझाइएको छ ।

    यस अवधिमा भन्सारले कडाइकासाथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएकाहरुलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैंकमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपयाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।