माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

२८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे । प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य,… Continue reading माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । मन्त्री चौहानले नेपाल र भारतबीचको… Continue reading प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् । यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ… Continue reading नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ । ‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय… Continue reading अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?

२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र… Continue reading संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?

न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।… Continue reading न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री

माल्टामा नेपाल महोत्सव आयोजना हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा मे १४ मा नेपाल महोत्सव हुने भएको छ । नेपाली नव वर्ष २०८२ को अवसर पारेर गर्न लागिएको नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नेपाललाई विश्व सामु चिनाऔुं भन्ने अभियानका साथ कला, संस्कृति, पर्यटन प्रवर्द्धन अनि नेपाल र माल्टा बीचको संस्कति… Continue reading माल्टामा नेपाल महोत्सव आयोजना हुँदै

अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु

WILSON CITY, MISSOURI - APRIL 05: Water surrounds a home on April 05, 2025 in Wilson City, Missouri. Between 6 and 9 inches of rain have fallen around southeastern Missouri, southern Illinois and western Kentucky, causing flooding of rivers, creeks, streams, and other low-lying and flood-prone locations. Scott Olson/Getty Images/AFP (Photo by SCOTT OLSON / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको छ । सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी… Continue reading अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु

सगरमाथा संवादमा मोदी नआउने निश्चित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने स्वयमःले जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई… Continue reading सगरमाथा संवादमा मोदी नआउने निश्चित

नेपाल र तिब्बतलाई अमेरिकी सहायता जारी राख्न सिनेटरहरुको माग

बिष्णु सिंह, न्युयोर्क ट्रम्प प्रशासनले हालै नेपाल र तिब्बतलाई दशकौंदेखि युएसएड मार्फत दिदै आएको अमेरिकी आर्थिक सहायता अकस्मात बन्द गर्दै युएसएड कार्यालय नै बन्द गरिदिनाले यी मुलुकको आर्थिकस्थिति तहसनहस हुन् पुगेकोबारे अमेरिकी सिनेटरहरु लगायत बिभिन्न नेपाली र तिब्बती संघ संस्थाहरुको ध्यानाकर्षण भएको छ। गत सन् २०२४ मा नेपाललाई १२३.८ मिलियन अमेरिकी डलर सहायता दिने निर्धारण… Continue reading नेपाल र तिब्बतलाई अमेरिकी सहायता जारी राख्न सिनेटरहरुको माग

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्,… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे । नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका… Continue reading थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो

बिमस्टेक शिखर सम्मेलन आज

काठमाडौं । आज (शुक्रबार) बाट बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदैछ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) बंगालको खाडी क्षेत्रसँग जोडिएका सात राष्ट्रहरूको क्षेत्रीय संगठन हो। सन् १९९७ मा स्थापना भएको यस समूहमा बंगलादेश, नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान सदस्य छन्। यसले सदस्य राष्ट्रहरूबीच बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यलाई प्रोत्साहन… Continue reading बिमस्टेक शिखर सम्मेलन आज

प्रधानमन्त्री ओली साइडलाइन वार्तामा व्यस्त, को को सँग भयो भेट ?

काठमाडौं । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर साइडलाइन वार्तामा व्यस्त भए । उनी थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका हुन् । उनले बिहीबार साँझ ५ः३० देखि ६ः२० सम्म म्यानमारका राज्य प्रशासन परिषद्का अध्यक्ष (प्रधानमन्त्री) मिन आङ ह्लाइङसँग भेट गरे । त्यसअघि आजै साँझ ५ः१० मा ओलीले भूटानका… Continue reading प्रधानमन्त्री ओली साइडलाइन वार्तामा व्यस्त, को को सँग भयो भेट ?

थाइल्याण्डमा बिम्स्टेक राष्ट्रप्रमुखलाई रात्रिभोज

काठमाडौं । थाइल्यान्डको बैंककमा सुरु भएको बिम्स्टेक छैटौं शिखर सम्मेलनमा सहभागी सदस्य मुलुकका सरकार प्रमुखहरूलाई थाई प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले रात्रिभोज आयोजना गरेकी छन् । बैंककको सांग्रिला होटेलमा साँझ ७ बजे शुरु भएको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन् । सो रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद… Continue reading थाइल्याण्डमा बिम्स्टेक राष्ट्रप्रमुखलाई रात्रिभोज

प्रधानमन्त्रीको औपचारिक भ्रमणमा थाइल्याण्डसँग के के भए सम्झौता ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका हुन् । सरकारी स्तरबाट दुई एवम् गैरसरकारी तथा निजी स्तरबाट ६ वटा सम्झौता–समझदारीमा हस्ताक्षर भएको हो… Continue reading प्रधानमन्त्रीको औपचारिक भ्रमणमा थाइल्याण्डसँग के के भए सम्झौता ?

थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायत क्षेत्रमा सहकार्य अभिवृद्धि हुने… Continue reading थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर… Continue reading महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर

प्रधानमन्त्री ओली र थाईल्याण्डका समकक्षीबीच भेटवार्ता

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । त्यसअघि थाइल्याण्डको सरकारी… Continue reading प्रधानमन्त्री ओली र थाईल्याण्डका समकक्षीबीच भेटवार्ता

युएईमा विभिन्न सजाय भोगिरहेका १६६ नेपालीले पाए आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न सजाय भोगिरहेका १६६ जना नेपाली कैदीले आममाफी पाएका छन्। उनीहरूलाई त्यहाँको सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आममाफीका लागि नेपाल सरकारले युएई सरकारलाई धन्यबाद दिएको छ। ‘मानवीय आधारमा दिइएको आममाफीलाई मन्त्रालय नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धमा… Continue reading युएईमा विभिन्न सजाय भोगिरहेका १६६ नेपालीले पाए आममाफी

थाइल्याण्डकी समकक्षीसँग भेट्दै प्रधानमन्त्री ओली

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पेतोङत्रान सिनावात्राबीच आज भेटवार्ता हुँदैछ ।थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार… Continue reading थाइल्याण्डकी समकक्षीसँग भेट्दै प्रधानमन्त्री ओली

गुजरातमा पटाका गोदाममा विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

file

काठमाडौं । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिस फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए। प्रहरीका अनुसार, सुरुमा छजनाको… Continue reading गुजरातमा पटाका गोदाममा विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

प्रधानमन्त्री ओली थाइल्याण्डमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ बैंकक पुगेका हुन् । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती, संस्कृति तथा… Continue reading प्रधानमन्त्री ओली थाइल्याण्डमा

औपचारिक विभाजनको संघारमा एनआरएनए-सरकारका दुई रुप, एनआरएनएका दुई गुट

योगेश आदीन्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा बसोबास गर्ने नेपालीहरुलाई संगठित गरी नेपालको विकास र विदेशमा बस्ने नेपालीको हितमा योगदान पु¥याउने उद्देश्यले स्थापना भएको संस्था हो । पछिल्लो समय यस संस्थामा उत्पन्न भएका आन्तरिक विवाद, नेतृत्वगत द्वन्द्व र कानूनी जटिलताले संस्थालाई गम्भीर संकटमा पारेको छ । यसले गर्दा एनआरएनएको एकताको महाधिवेशन आयोजना गर्ने प्रक्रिया… Continue reading औपचारिक विभाजनको संघारमा एनआरएनए-सरकारका दुई रुप, एनआरएनएका दुई गुट

गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलन सुरू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। युरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताए। ‘नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न कोणबाट विषय… Continue reading गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलन सुरू

गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने

काठमाडौं । गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा फाउन्डेसनले शनिबार सम्मेलन आयोजना गर्न लागेको हो । ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता, उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल… Continue reading गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने

अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसावाहक नेपालीलाई अमेरिकी कानुन र आप्रवासन नियम उल्लंघन गरेको पाइए देशबाटै निकाल्ने चेतावनी दिएको छ। दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाटै निष्कासन गर्ने चेतावनी दिएको हो। नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन।… Continue reading अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद भएको छ । रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । बुधबार भएको टेलिफोन संवादमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएर पहल गर्ने आश्वासन… Continue reading प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

परराष्ट्र मन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणासँग विदेशमन्त्री जयशंकरको भेटवार्ता भएको हो । भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको राणाले बताएकी छिन् ।

जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन… Continue reading जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी