काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक… Continue reading पाथिभरामा सुरु भयो हिमपात
Category: मनोरञ्जन
स्वस्थानी व्रत प्रारम्भ
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।… Continue reading स्वस्थानी व्रत प्रारम्भ
मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इण्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । बटम–थ्रीमा… Continue reading मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?
काठमाडौं । अयोध्यामा बनेको भव्य राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम आज (सोमवार)का लागि राखिएको छ यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको छ । प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरु अयोध्या पुग्न सुरु भइसकेको छ । जसमा प्रमुख सन्त,… Continue reading अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ। माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा… Continue reading अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक
कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर
काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिएका छन् । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात… Continue reading कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर
ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा
काठमाडौं । एसियाकै सबैभन्दा योग्य वरको उपमा पाएका ब्रुनाईका राजकुमार अब्दुल मतीन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको चर्चा विश्वभर भइरहेको छ । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण उनी प्रशंसामा रहने गर्छन् । राजकुमारको विवाह एक सर्वसाधारण महिलासँग भएसँगै उनको चर्चा अझ चुलिएको हो । उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको… Continue reading ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा
देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो… Continue reading देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सार्वजनिक बिदा
न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने
न्युयोर्क नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ ।“अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने “अब हाँस्छ न्युयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो । बिदेशमा कामको तनाव, समयको अभाव, सबै… Continue reading न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने
लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय
काठमाडौं । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणको… Continue reading लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय
पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई… Continue reading पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद
नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव
काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ । आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । गत… Continue reading नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव
‘महाजात्रा’को फष्टलुक्समा हरिवंशसँगै देखिए विपिन र दुई रवीन्द्र
काठमाडौं । आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार ‘जात्रा’ देखि नै फणीन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) देखिएका छन्। उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको देख्न सकिन्छ। ‘पोस्टरमा देखिएका पात्रले सिनेमाको कथासार झल्काउँछ । फिल्म… Continue reading ‘महाजात्रा’को फष्टलुक्समा हरिवंशसँगै देखिए विपिन र दुई रवीन्द्र
एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक
काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी… Continue reading एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक
आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले… Continue reading आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै
आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा
काठमाडौं । आज तमु ल्होसार, गुरुङ समुदायमा नयाँ वर्षका रुपमा मनाइंदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ,… Continue reading आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा
अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको… Continue reading अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई
काठमाडौं । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको घोषणा गरे । प्रतियोगितामा ३९३ नम्बरसहित… Continue reading हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई
हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै
काठमाडौं । चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले जानकारी दिए । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार… Continue reading हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै
उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै
काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा… Continue reading उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै
आज यःमरी पुन्हि मनाइंदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा… Continue reading आज यःमरी पुन्हि मनाइंदै
क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक… Continue reading क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना
क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान… Continue reading क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास
आज क्रिसमस डे, विश्वभर मनाइदैं
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका… Continue reading आज क्रिसमस डे, विश्वभर मनाइदैं
मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै
काठमाडौं । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा… Continue reading मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै
विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका
काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो । ‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक… Continue reading मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका
चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी
काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका… Continue reading चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही
काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी… Continue reading बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही
११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक
काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ… Continue reading ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक