काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र… Continue reading आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा
Category: मनोरञ्जन
३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?
काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण… Continue reading ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?
ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व
काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले… Continue reading ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व
नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी
काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौं एयरपोर्टमा पनि सामान्य यात्रुजस्तै गरी प्रस्तुत भएका थिए । फ्यानहरुले उनलाई घेरेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाली फिल्म र मेकरको प्रशंसा गरेका छन् । अभिनेता… Continue reading नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी
आज गणेश चतुर्थी, यस्तो छ महत्व
काठमाडौं । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।… Continue reading आज गणेश चतुर्थी, यस्तो छ महत्व
आज तीज पर्व, देशभर मनाईदैं
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक… Continue reading आज तीज पर्व, देशभर मनाईदैं
हरितालिका तीज : आज दर खाने दिन
काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी… Continue reading हरितालिका तीज : आज दर खाने दिन
लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न
न्यूयोर्क । हरितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा लायन्स क्लब न्युयोर्कद्वारा आयोजना गरिएको “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” सम्पन्न भएको छ । गत अगस्ट ३१, शनिबार सॅाझ न्युयोर्कको क्विन्सस्थित सत्यनारायण मन्दिरको प्रांगणमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा भएको नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “तीज बिशेष कार्यक्रम… Continue reading लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न
नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?
काठमाडौं । नेटफ्लिक्समा स्ट्रिमिङ वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ विवादमा तानिएको छ । थ्रिलर सिरिजको चर्चा भारतसहित नेपालमा पनि भएको हो । भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ । यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । विजय बर्माको शीर्ष भूमिका… Continue reading नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै
काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने… Continue reading आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै
थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन
थाइल्यान्डको बैंककमा आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ट्राभल मार्ट २०२४ मा नेपाल प्रवर्द्धन गरिएको छ । नेपालबाट १८ निजी कम्पनीसहित पाटा नेपालले सहभागिता जनाएको थियो । पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधि सहभागि थिए । २४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१… Continue reading थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र… Continue reading चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त
लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने
न्युयोर्क । न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा क्लबले “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गर्दैछ । आगामी अगस्ट ३१, शनिबार सॅाझ ६ः३० बजेदेखि १२ः०० बजेसम्म क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महापर्व हरितालिका तिजको बिशेष अवसरमा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिताको आयोजना न्युयोर्कको… Continue reading लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने
पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने
काठमाडौं । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुँदैछन् । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती… Continue reading पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने
गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि… Continue reading गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै
मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?
काठमाडौं । पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् । भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हु ने पक्का भएको छ । नेपाल(अंग्रेज युद्धमा नुवाकोट जितगढीमा… Continue reading मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?
श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै
काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड… Continue reading श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै
एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने
हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ । हिमालयपुत्री पार्वतीले… Continue reading एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने
आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन… Continue reading आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा
आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग… Continue reading आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै
जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली
काठमाडौं\रासस । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८… Continue reading जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली
नेपथ्यको सुरमा झुल्दै अमेरिका
काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते… Continue reading नेपथ्यको सुरमा झुल्दै अमेरिका
आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन… Continue reading आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो
नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक
काठमाडौं । नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो झ्याइँ न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिएको छ । दुई ठूला स्क्रिन नास्दग र मिडटाउनबाट शनिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरियो । अमेरिकी प्रडक्सन कम्पनी ‘एटमुन’ले नेपाली कलाकार र बलिउडका चर्चित प्रोडक्सन टिमसँगको सहकार्यमा बनाएको म्युजिक भिडियो निर्माणमा करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । यो… Continue reading नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?
काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् । २०७७ सालमा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको थियो । निर्देशक, निर्माता… Continue reading प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?
आज नागपञ्चमी, के छ महत्व ?
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ… Continue reading आज नागपञ्चमी, के छ महत्व ?
यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई
काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन्… Continue reading यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई
सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल
काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो।१० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्।… Continue reading सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल
सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो बिदा काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुनेछ ।
जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…
काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार(साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलङ्काबाट… Continue reading जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…